बाजुराः शुदुरपश्चिम सरकार प्रदेश प्रमुख देवराज जोशीद्घारा शुक्रबार जेरामा रहेको खानीखोला साना जलबिद्युतको रिवन काटेर उदेघाटन गर्नु भएको छ । प्रदेश प्रमुख जोशीको एकसाता लामो गृह जिल्ला बाजुराको भ्रमणका क्रममा शुक्रबार जेरामा स्थापना गरिएको उक्त जलबिद्युतको मेसिन चलाएर उद्घाटन गरिएको हो ।
प्रदेश प्रमुख जोशी बिहिबार नै जिल्ला सदरमुकाम मार्तडीबाट कोल्टीका लागि प्रस्थान गर्नु भएकोा थियो । शुक्रबार नै प्रदेश प्रमुख जोशीले बुढीनन्दा नगरपालिका वडा नं. १ मा रहेको पादुका मन्दिरको दर्शन गर्नु भएको थियो । प्रदेश प्रमुख जोशीको शुक्रबार नै हिमाली गाँउपालिकाको धुलाचौरमा भेटघाट कार्यक्रम रहेको प्रदेश प्रमुखका निजी सोकिए सचिब अफिलाल जोशीले सजानकारी दिएका छन ।
प्रदेश प्रमुखको साता ब्यापी भमण फाल्गण १२ गते देखि शुरु भएको थयो । भ्रमणमा प्रमुख जिल्ला अधिकारी, प्रहरी निरिक्षक तथा उच्च पदस्थ व्यक्तित्वहरुको समेत सहभागीता रहेको छ । कर्णली नदीको पारीको स्वामिकार्तिक गाँउपालिकाको जेरामा प्रदेश प्रमुख जोशीलाई भब्य स्वागत समेत गरिएको हो ।
प्रदेश प्रमुखको भ्रमणमा नेपाली काँग्रेस शुदुरपश्चिम प्रदेश समिति सदस्य धनराज पण्डित, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि कमल बुढा, नेपाली काँग्रेस जिल्ला कार्य समिति उपसभापति नारायण पाध्याय, हिमाली गाँउपालिकाका अध्यक्ष गोबिन्द मल्ल, बुढीगंगा नगरपालिकाकी उप प्रमुख तारा खाती, नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव भरत बहादुर रोकाया, नेपाली काँग्रेस पुर्व पाटी सचिब रनसिंह बहादुर अएडी, नेपाली काँग्रेसकी नेत्री तारा खाती, उमा रोकाया, नेपाली काँग्रेस गौमुल गाँउकार्य समिति सभापति राज बहादु धामी, लगायतको टोली रहेको छ । स्वामिकार्तिक खापर गाँउपालिका वडा नं. ५ जेरामा प्रदेश प्रमुखलाई एक कार्यक्रमका साथ भब्य स्वागत पनि गरिएको छ । स्वागत कार्यक्रममा गाँउपालिकाका अध्यक्ष चिरञ्जीवी शाही लगायत स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।
128 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs