बाजुरा- जिल्लाको गौमुल गाँउपालिका वडा न. ३ नेकपा एमालेले डाडागिरि देखाउदै आएको नेपाली कांग्रेस कार्यकर्ताहरुले गुनासो गरेका छन् । आसन्न स्थानिय निर्वाचन नजिकिदै गर्दा गााँउपालिका आफुहरु बलियो पार्टीका रुपमा रहेको दावी गर्दै कांग्रेस कार्यकर्ताहरुलाई दवाव र धम्कि दिदै आइरहेको नेपाली कांग्रेसका एक नेताले बताएका छन् । चुनापी प्रचार प्रसारका क्रममा पनि नेकपा एमालेका नेता कार्यकर्ताहरु अराजक सैलिमा अहमता देखाउदै प्रचार प्रसारमा सरिक भइरहेको पनि नेपाली कांग्रेसको एक श्रोतले जनाएको छ ।
नेकपा एमालेले गर्ने गरेको प्रवुति प्रति नेपाली कांग्रेसकोे घोर आपसत्ति रहेको गौमुल गाँउपालिका वडा न. ३ वडा कार्य समितिले जनाएको छ । यसैविच आज स्वही वडाको बेहरी टोलमा नेपाली कांग्रेस वडा कार्य समितिका उपसभापति राम बहादुर रोकाया र वडा कार्य समिति सचिव गणेश रोकायाको घरमा नेपाली कांग्रेको गाडेको झण्डा उखेलेर आफ्नो पार्टीको झन्डा गाडेको नेपाली कांग्रेसका नेता राजेन्द्र रोकायाले बताएका छन् । उनका अनुसार नेकपा एमालेका कार्यकर्ताले कांग्रेसको झण्डा उखेलेर आफ्नो पार्टीको भलण्डा मात्र गाडेनन् या संगै कसैले नेपाली कांग्रेस हुन नहुने धम्कि समेत दिएको बताइएको छ । यसरि डाडागिरि सैलिमा त्रास देखाउदै आफ्नो पार्टीको प्रचार प्रसारमा सरिक हुनु निर्वाचन आचार संहिताको उल्घन गरेको कांग्रेस वडा कार्य समितिको ठहर छ ।उक्त टिममा वडा देखि लिएर केन्द्रिय स्तरको नेताहरुको समेत सहभागिता रहेको पाइएको छ । वडा देखि लिएर केन्द्रिय स्तरको नेताहरुको समेत सहभागिता रहेको समुहले अर्को राजनिति दलप्रति आको्रस पोख्दै यस्तो निन्दसनिय कार्य गर्नु साच्चिकै निन्दनिय कार्य मात्र नभइ लज्जासपद विषाय पनि हो ।