बाजुरा – बाजुरामा महिलाहरु Womenkind को आर्थिक सहयोगमा टेवा नेपाल र महिला विकास मंचको साझेदारीमा पेभ कार्यक्रमको सहयोगमा ब्यावसायिक बन्ने प्रयत्न गरिरहेकी छ्न् । पेभ कार्यक्रम बाजुराका पालिका त्रिवेणी नगरपालिका, खप्तड छेडेदह, र बडिमालिकामामा लागू छ ।पेभ कार्यक्रम लागू भएपछि सो नगरपालिकाका सीमान्तकृत बर्गका महिलाहरूमा क्षमताको बिकास हुँदै गएको छ । समय समय पेभ कार्यक्रमका तालिमहरुमा सहभागी हुँदै गर्दा र सो कार्यक्रमबाट आर्थिक सहयोग समेत पाएपछि महिलाहरु आत्मनिर्भरता समेत बढेको पाइएको छ । यस्तै पेभ कार्यक्रमकै सहयोगमा आफ्नो पनि थप क्षमता बिकास भएको र महिलाहरु आफै पनि आत्मनिर्भर कसरी बन्न सक्छन् भन्ने कुराहरु सिकेको त्रीवेणी नगरपालिका वडा न . ४ तोली स्थायी घर भएकी भागी देवी साँउद बताउन्छीन्। सो नगरपालिकामा पेभ कार्यक्रम लागू छ ।
पेभ कार्यक्रम लागू भएपछि आफुमा थप क्षमतामा विकास भएको उनले बताइन् । पेभ कार्यक्रम बाट उनले आर्थिक सहयोग भने पाइनन् । तर पटकपटक विभिन्न तालिमहरुमा सहभागी हुने अवसर उनलाई मिल्यो । पटकपटक पटक तालिममा सहभागी हुने अवसर पाएकी उनको तालीमबाटै थप क्षमता भएको उनको भनाई छ ।आफुले सहयोग नै नपाए पनि आफु जस्तै अन्य समुदायका महिलाहरुले सहयोग पाएको उनले बताइन् । उनले भनिन् मेरो मात्र होइन पेभ कार्यक्रम लागू भईसकेपछी म संगकै अन्य महिलाहरूमा पनि क्षमता विकास भएको छ । यति मात्र होइन हामी महिलाहरू स्वभावलम्बी र आत्मनिर्भर बन्न सफल भएका छौँ । हामी महिलाहरूले एउटा क्षमता विकास मात्र गरेकी छैनन् पेभ कार्यक्रमकै सहयोगमा विभिन्न सिपमुलक तालिम पाएपछि रोजगारी तर्फ उन्मुख भएर व्यवसायिक बन्ने प्रयत्न समेत गरिरहेका छौँ ।
त्रिवेणी नगरपालिकाका सामाजिक परिचालक बिक्रम साँउदका अनुसार साँउद एक अपांगता भएकी महिका हुन् । उनी नेपालका सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता कार्यक्रम अन्तर्गत त्रिवेणी नगरपालिका वडा नं.४ तोलीमा गठित परिवर्तनशिल महिला समुहको सदस्य समेत हुन् । उहाँको कम्मरको ढाड टुटेर खुट्टा पनि राम्रोसँग चल्दैनन । विगत ७ वर्ष पहिले नेपालमा उपचार सम्भव नभएर भारतमा गएर पित्तथैली समेत झिकेर फालेको साउदले बताइन् । उनले बिहे गरेको १ वर्ष पनि बित्न नपाउँदै उहाँ रुखबाट लडेको उनी बताउन्छिन्र । उनले थपिन उपचारका लागि भारतमा ८/९ लाख खर्च गर्दा पनि निको भएन । अलिअलि मात्रै सुधार भयो । आफू अशक्त भएपछि श्रीमानको राम्रो सहयोग र धेरै माया पाएर सिलाईकटाई सम्बन्धि २/३ महिना तालिम लिएर आफ्नै घरमा खुद्रा पसल सँगसँगै सिलाईकटाई गर्दै आइरहेको उनले बताइन् ।
साउदले चोली, कुर्ता सुरुवाल, पेटिकोट, म्याक्सी र स्कुल ड्रेस सिलाउदै आइरहेको बताइन् । सिलाईकटाई सँगसँगै साथमा खुद्रा पसल भएकोले आम्दानी पनि राम्रो हुन थालेको उनको भनाई छ । उनका श्रीमान नरबहादुर साँउदले पनि श्रीमतीको राम्रो हेरचाह संगसंगै च्याउ खेती व्यवसाय र कुटानी पिसानी मिल संचालनमा ल्याएकाछन् । श्रीमानको सो व्यवसायबाट पनि धेरै राम्रो आम्दानी भइरहेको उनले बताएकी छन् ।उनका श्रीमानले घरपरिवारको हेरचाह र व्यवसायमा सजिलैसँग समय दिन सकेका छन् । आफुले गरेको व्यवसायबाट घरखर्च समेत बहिनीलाई कृषि जेटियो र छोरालाई बन विज्ञान फरेष्टिङ्मा पढाइ रहेको पनि साउदले बताइन् । यति मात्र होइन समुदायमा अप्ठ्यारो परेका दुःखी बिरामी तथा असहाय टुहुरा बालबालिकाहरुलाई पनि सहयोग गर्दै आइरहेको पनि साँउद बताउन्छिन । आफू अपाङ्ग भएको हुँदा समुदायमा अपाङ्गता भएका व्यक्तिहरुलाई समुदाय भित्रका सपाङ्ग मान्छेहरुले हेर्ने नराम्रो दृष्टिकोण फरक रहेको उनको बुझाई छ ।
यसरी समुदायमा कोहि व्यक्ति अशक्त वा अपाङ्ग छ भने उसलाई समान दृस्ठिकोणले हेर्नुपर्ने र सक्दो सहयोग गर्नुपर्ने साउदोको धारणा छ । साउदका श्रीमान श्रीमती दुवै एक अर्कालाई अतेन्तै सहयोग गर्छन् । सारिरिक अशक्तत भएता भएतापनी हरेक श्रीमानले श्रीमतीलाई र हरेक श्रीमतीले श्रीमानलाई यसरी नै सहयोग र माया दिन सकेमा अपांगता भएकाहरुले पनि सपाङ्गता सरह काम गर्न सक्छन् भन्ने कुराको पाठ यो दम्पतीले समुदायमा सिकाउन सफल भएको छ ।
पछिल्लो समयमा पेभ कार्यक्रमको सहयोगमा विभिन्न कार्यक्रममा सहभागी हुन पाउँदा आफुले थप धेरै कुरा जान्ने अवसर पाएको साँउद बताउन्छिन् ।यो दम्पतीको एक अर्का प्रतिको सहयोग र सद्भावनाले सो समुदायका अन्य दम्पतीहरुका लागि सिकाईको बिषय रहेको त्यहाँका बुद्धिजीवीहरु बताउन्छन् । यो दम्पतिले गरेका कार्यको त्यो समुदायका अन्य दम्पतीहरुले प्रसंसा समेत गर्ने गरेको पेभ कार्यक्रमका त्रीवेणी नगरपालिकाका सामाजिक परिचालक बिक्रम साँउदले बताए । उनले भने ब्यक्ति राम्रो भयो भए परिवार बदलिन्छ र एउटा परिवार राम्रो भयो भने पुरै समुदाय बदलिन्छ । त्यसैले उक्त दम्पती त्यो समुदायकै लागि एउटा पहिचान र सिकाइ हो ।
उनका अनुसार समुदायका धेरै सीमान्तकृत बर्गका महिलाहरुले पेभ कार्यक्रमको सहयोगमा धेरै सिपमुलक तालिमहरु समेत सिकेका छन् । यतिमात्र होइन व्यावसाय संचालन गर्नका लागि आर्थिक सहयोग समेत पाएकि छन् । जुन सहयोगले महिलाहरुलाई व्यावसायिक बन्न र रोजगारी तर्फ उनमुख हुन सहयोग पुर्याइरेको छ । समुदायका अन्य महिलाहरू पनि ती व्यावसायि महिलाहरूबाट महिलाहरु पनि आफैमा आत्मनिर्भर बन्न सक्छन् भन्ने कुराको प्रेणा पाइरहेकि छन् ।
यसरी पेभ कार्यक्रमले महिलाहरूलाई स्वभावलम्वी आत्मनिर्भर र व्यवसायिक बन्न मात्र सहयोग पुर्याइरहेको छैन । महिलाहरूलाई समय समयमा क्षमता विकासका लागि विभिन्न तालिमहरु प्रदानगरि महिलाहरूमा नेतृत्व गर्ने क्षमताको विकास गर्न सफल भएको छ । महिलाहरु कम्तीमा आफै आफ्नो परिवार पाल्न मात्र सकुन भनेर दिएको तालिम र गरेको सहयोगले आज पुरै समाजको नेतृत्व गर्ने नेताका रुपमा स्थापित गर्न सफल भएको पाइएको छ । पवीजस्तै अन्य महिलाहरु पनि प्रयत्न गरिरहेकीछन ।