हेटौडाः नेपाल प्रेस यूनियनको नवौं केन्द्रीय महाअधिबेशनको एक कार्यक्रमका साथ उद्घाटन सम्पन्न भएको छ । नवौ महाधिबेशनको उद्घाटन नेपाली काँग्रेसका सभापति एबम नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवाले गर्नु भएको छ ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा कार्यक्रमको समुद्घाटन सम्पन्न भएको छ । समुद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका उप सभापति पुर्ण बहादुर खड्का, नेपाल सरकारका मम्न्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाली काँग्रेसका नेता प्रकाश शरण महत, महा मन्त्री द्धोय बिश्व प्रकास शर्मा र गगन थापा, सह महामन्त्री जिवन बहादुर परियार र बद्री पाण्डे बिशिष्ट अतिथी रहनु भएको थियो ।
नेपाल प्रेस युनियनको नवौँ महहाधिबेशन श्रावण ६ गते समुद्घाटन सम्पन्न भई बन्द सस्त्रमा गएको छ । श्रावण ७ गते सम्पन्न हुने भनिएको भएता पनि महाधिबेशनको माओल चुनावी प्रकृया तिर जाने सम्भावना रहेको छ ।
उद्घाटन अगााबै संस्थापन पक्षबाट अनिता विन्दु र इतर पक्षबाट शिव लम्साद अध्यक्षमा उम्मेद्वारी घोषण गरि सकेका छन । केन्द्रीय समितिमा वरिष्ट उपाध्यक्ष, उपाध्यक्ष, सचिव, उप महासचिव, महासचिव र केन्द्रीय सदस्य गरी ५० जना बढीको समिति हुन्छ । खुल्ला सत्र समापन पश्चात बन्दसस्त्र सूरु हुने भएको छ ।
उद्घाटन कार्यक्रममा युनियन साप्ताहिकको पनि प्रमुख अतिथीबाट लाकार्पण गरिएको थियो । नेपाली काँग्रेसको चौधौं महाधिबेशनबाट नेपाल प्रेस युनियनका निवर्तमान महासचिव अजयबाबु सिवाकोटीलाई प्रमाण पत्र प्रदान गरिएको थियो । नेपाल प्रेस युनियन जिल्ला साखा मकवानपुरले उद्घाटन कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री शेर बहादुर देउवालाई मायाको चिनो समेत प्रदन गरिएको थियो ।