बाजुरा– जिल्लाको दक्षिणी भेगमा पर्ने त्रिवेणी नगरपालिकाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा एक भेलाको सूरु गरेको छ । शनिबार त्रिवेणी नगरपालिका वडा नं. ९ को पैमामा रहेको पार्वति माद्यामिक बिद्यालयमा सचेतनामुलक भेला सूरु गरेको छ ।
भेलाले नगरपालिका भित्रका सबै वडाहरुमा घरेलु मधिरा, जुवातास, घरेलु हिंसा, , वाल बिबाह,महिला हिंसा, छुवाछुत जस्ता बिकृति बिसंगतीलाई न्युनिकरण र नियन्त्रण गर्न लागेको त्रिवेणी नगरपालिकाकानगर प्रमुख कर्ण बहादुर थापाले जोड दिनु भएको छ ।
नगरप्रमुख कर्ण बहादुर थापाको अध्यक्षतामा सूरुभएको भेला आइतबार सम्पन्न हुने भएको छ । नगरपालिकालाई समृद्ध र विभेद मुक्त गरी नमुनाको रुपमा पहिचान दिनु पर्ने भेलामा उपस्थित हरुको भनाई रहेको थियो । कार्यक्रममा प्र्रहरी निरिक्षक मिट्टु बोहरा लगायतको उपस्थिति रहेको जानकारी हाम्रा सम्बाददाता बल बहादुर बोहराले जानकारी दिनु भएको छ ।