बाजुरा– जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ को सिराडीमा रहेको श्री पञ्चलक्ष्मी आधारभुत बिद्यालयमा गणित नेपाली र बिज्ञान बिषय पढाउन शिक्षक नभएको पाइएको छ । कक्षा १ देखि कक्षा ८ सम्म पढाइ हुन्छ तर त्यो बिद्यालयमा अलग अलग बिषय पढाउने शिक्षक नहुदा बिद्यार्थीको पढाईमा अबरुद्ध भएको बिद्यार्थीरहरुको गुनासो रहेको छ ।
बिद्यार्थी पाउनु पर्ने शिक्षा नपाएको अनि गणित बिज्ञान त अहिले सम्म पाना पनि नहेरको हुदा यो बर्षको परिक्षामा हामी बिद्यार्थीले के लेखेर पास भएर अर्को बिद्यालय जाने हो चिन्ता मात्र लाग्न थालेको श्री पंञ्चलक्ष्मी आधारभुत बिद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा मनरुपा बोहराले बताएकी छिन ।
यहि हो पढ्न समयमा शिक्षक नहुनुमा बिद्यार्थीको पढाइमा प्रभावित भएको हो यो बिषयमा अभिभावक प्रधानाध्यापक वि.ब्य.स अध्यक्षले चासो राख्नु पर्ने हो त्यो बिषय कसैले साँचो नदेखाएको हुदा अहिले सम्म गणितको पाना समेत नहेरेकोले बिद्यार्थी परिक्षामा के लेख्न के गर्ने हाम्रो पढाइ पनि नहुने बिद्यार्थीको जिवनमा खेलबाड गरेरको श्री पंञ्लक्ष्मी आधाभुतमा अध्ययनरत छात्र खेम राज बिकले बताएका छन ।
बिद्यार्थीको पढाइ समेत अस्तब्यस्त भएको पाइन्छ बिद्यालय सबै बिषय पढाउने शिक्षक नहुदा बिद्यार्थी जिवनमा ठूलो असर पुगेको विद्यालय ब्यबस्थापन समितिको पनि शिक्षक राख्नु पर्छ भन्ने कुराको अहिले सम्म कुनै सल्लाह नभएकोले गर्दा बिद्यार्थीको पढाइमा समस्या भएको बिद्यालयमा बिद्यार्थी आएर जुन पढाइ हुने बिषय हो अहिले सम्म नभएको श्री पंञ्च लक्ष्मी आधारभुत बिद्यालयका प्रधानाध्यापक मदन राज पाध्यायले बताउनु भएको छ ।