बाजुराः असन्न मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावका लागि समानुपातिक तर्फबाट बाजुराका महा नेपालीको नाम बन्द सूचिमा सिफरिस भएको छ । बाजुरा जिल्लाका दलितहरुको प्रतिनिधित्व गर्दै आँउनु भएका नेता नेपालीको नाम नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक बन्द सुचिमा सिफारिस भएको हो ।
नेपाली काँग्रेसमा लामो समय देखि बाजुरेली जनताको पक्षमा ओकलत गर्दै आँउनु भएका नेता नेपाली दलितहरुको पक्षमा वकालत गर्दै आएका छन । नेता नेपाली २०६४ सालको संविधान सभा सदस्यमा पनि समानुपातिकको तर्फबाट संविधान सभा सदस्य भएका थिए । त्यस्तै नेपाल महिला संघकी केन्द्रीय सदस्य जुना कुमारी दानी पनि महिलाबाट प्रदेश सभा सदस्यमा सिफारिस भएकी छन ।
यस अघि बाजुराकी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य बिद्या तिमल्सेना पनि प्रतिनिधी सभा सदस्यको लागि समानुपातिक तर्फबाट बन्द सूचिमा सिफारिस भएकी थिन् तर पाटीले हेरफेर गर्दा सँघमा नेपाली र प्रदेशमा दानीलाई सिफारिस गरेकाे छ ।