बाजुरा- जिल्लाको हिमाली गाउँपालिका कार्यालय धुलाचौरले २०७९ कार्तिक २८ गते बाट सेवा प्रवाह स्थगन गर्ने भएको छ ।
आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यालयमा कार्यरत कर्मचारीहरु मतदान केन्द्रमा खटि जानुपर्ने भएको हुँदा जनशक्ति अभाव हुने भएकाले हिमाली गाउँपालिका कार्यालय बाट प्रवाह हुने नियमित सेवाहरु २०७९ कार्तिक २०७९ मङ्सिर ५ गतेसम्म सम्मका लागि सेवा स्थगित गरिएको हिमाली गाउँपालिका कार्यालय धुलाचौरले बताएको छ।