बाजुरा- बाजुराका प्रतिनिधि सभा र प्रदेश सभा ‘क’ का नव निर्वाचित उम्मेद्बारी प्रदेश क्षेत्रीय ‘क’ कोल्टीमा मतदातालाई धन्यवाद कार्यक्रम गरिने बताउनु भएको छ।
मङ्सिर २२ गते बिहीबार ठिक बिहान ११ बजे लाेकतान्त्रिक तथा वाम गठबन्धनकाे प्रदेश क्षेत्रीय ‘क’ कोल्टीमा मतदातालाई धन्यवाद कार्यक्रम गरिने भएको छ। उक्त कार्यक्रम नेपाली काङ्ग्रेस केन्द्रिय सह महामन्त्री तथा प्रतिनिधि सभा सदस्य नव निर्वाचित बर्दी प्रसाद पाण्डे, नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य नव निर्वाचित विजेता नरेश कुमार शाही, नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा पुर्व भुमि सुधार सहायक मन्त्री जनक राज गिरी लगायत जिल्ला भर नेताकार्यकर्ता सहभागिता कार्यक्रम रहने नेपाली काङ्ग्रेस बाजुरा प्रदेश क्षेत्रीय ‘क’ कार्य समिति सचीव रवीन्द्र रोकायाले जानकारी दिनुभएको छ।
बाजुरा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य विजय भएको टोलि आउदो बिहीबार लाेकतान्त्रिक तथा वाम गठबन्धनका साझा उम्मेद्बारी मतदाता धन्यवाद कार्यक्रम कोल्टीमा गरिने भएको बताएको छ। जनताले दिएको अमुल्य मतपत्र कदर गर्दै मतदातालाई धन्यवाद आभारीका साथमा रहेर विजयी टोलि आजभोलि भेटघाट कार्यक्रम व्यस्तता रहेको सचीव रोकायाले बताएको छ्न।