बाजुरा- जिल्लाकाे स्वामीकार्तिक गाउँपालिका वडा नं. ०१ मुक्तिकाेटकी पवित्रा कठारालाई प्रुसति वेथा लागे पछि सुर्खेत रेफर गरिएकाे छ । साेही गाँउपालिका स्थायी घर भएका रमित कामीकी १८ बर्षिया श्रीमति पवित्रा कडारालाई प्रसुति सम्बन्धि जटिलता आए पछि नेपाली सेनाकाे हेलिकप्टर मार्फत सुर्खेत पठाएकाे जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ । स्वामिकार्तिक खापर गाँउपालिकाका अध्यक्ष भरत बहादुर राेकायाकाे समन्वयमा जिल्ला प्रशासन कार्यालय बाजुराले नेपाली सेनाकाे हेलिकप्टर बाेलाई उनकाे रिफर गरिएकाे काेल्टीबाट केशब भण्डारीले बताए ।
जिल्ला प्रशासन कार्यालय बाजुराकाे पहलमा निजलाई सुर्खेत पठाईएकाे हाे । प्रसुतिमा आएकाे समस्याका कारण स्थानीय सामुदायिक स्वास्थ्य इकाइमा उपचार सम्भव नभए पछि निजलाई नेपाली सेनाको हेलिद्वारा हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पताल सुर्खेत तर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।