बाजुराका होनहार मुक्तककार बिक्रम शाँउद संञ्जोग पछिल्लो समय देश बिदेशमा चिरपरिचित हुँदै आएका छन । बाजुराको त्रिबेणी नगरपालिकामा जन्मेका शाँउदले पछिल्लो समय मुक्तक बिधामा धेरै कलम चलाउदै आउनुभएको छ । साहित्य जिवनको साधना हो । साहित्यले मान्छेलाई सदा सदा अमर अजर बनाइराख्छ । साहित्यले जिवनको मार्ग दर्शन गराउदछ भन्ने उदेश्यले मुक्तक बिधामा कलम चलाएको मुक्तककार संञ्जोग बताउनुहुन्छ । बाजुरा जस्तो बिकट ठाँउमा झन साहित्यलाई उजागर गर्नु हाम्रो दायित्व रहेको उहाँको भनाई रहेको छ । आफु कठोर परिस्थितिमा जन्मेता पनि साहित्यलाई सदा अँगालेर हिड्ने उहाँको सोच रहेको छ । बाजुरालाई साहित्यमा लैजाने हो भने यहाँ हजारौ मात्रामा कला प्रतिभा भएका मान्छेहरु उत्पन्न हुने उहाँको भनाई रहेको छ ।
सुदुरको बिकट धर्तिमा जन्मेर पनि आफुले ययि बस्तिमा साहित्यको दियालो छर्न पाए मनमा शान्ति छाउने उनको शोच रहेको छ । जब अवचेतन मनले खेल्ने मैदान प्राप्त गर्दछ, अनि खेलाडी खेल मैदानमा उत्रन्छ त्यसैगरी मेरो अवचेतन मनले सृजनाको संगालो संगालेर बाजुरलाई माला लगाइदिने उहाँको भनाई रहेको छ । उहाँका अनुसार शाहित्य समाज रुपान्त्ररणको ऐना हो,मानव आधारशिलाको प्रतिबिम्ब हो, साहित्यमा जे कुरा पनि जाहेज छ , मनका सबै पिडा बेदना संगालेर बहाफ पोख्न पाइने आधारशिला ठान्दछन शाहित्यलाई संञ्जोग ।
उहाँले मिठम मिठम मुक्तक रचना गरेर हरेक सामाजिक संञ्जालमा अपलोड गरेका हुन्छन आर्थिक अधावका कारण बजारमा किताब ल्याउन नसकेतापनि शाँउदको कला देश भरी प्रख्यात रहेको छ । शाँउद सिंगो बाजुराको मात्रै नभई नेपाल राष्ट्कै उज्जवल तारा हुन । उहाँका केहि मुक्तकहरु तल उल्लेख गरीएका छन ।
१ थाप्लोमा साहुको ऋण आँखामा पानी बोकेर ।
बुढा बाआमा छोडेर बाध्यताको कहानी बोकेर ।
देशमा डिग्रीका सर्टिफिकेट काम नलागेपछि,
छोरो हिडेको हो खाडी हातमा राहदानी बोकेर ।
२ पाइला अन्त मोड्यौ गोजी रित्तो हुँदा ।
भएको नाता तोड्यौ गोजी रित्तो हुँदा ।
मलाई मेरा आफ्नाले त छोडे छोडे,
तिमीले पनि छोड्यौ गोजी रित्तो हुँदा ।
३ कसैको लोभ लालचमा पर्नु छैन मलाई ।
र केही नगरी अकालमै मर्नु छैन मलाई ।
बरु सबैलाई बिझ्ने, काँडा बन्न तयार छु,
फूल बनेर बोटमै ओइली झर्नु छैन मलाई ।
४ तिमी आत्तिनु हुन्न आँसु बगाउनु हुन्न ।
केहीगरी जीवन दाउमा लगाउनु हुन्न ।
तिम्रो सहारा तिम्रो दाजु छँदैछ नानु,
तिमी अलिकति पनि डगमगाउनु हुन्न ।
५ आफ्नो काम गर्नकै लागि हात जोड्नेहरु भेटिए ।
आखिर काम बन्नासाथ पाइला मोड्नेहरु भेटिए ।
भेट्न त भेटिएका हुन यो जिन्दगीमा जति पनि,
तर बिच बाटोमै अलपत्र पारेर छोड्नेहरु भेटिए ।
६ भ्रममा पार्दै देखाएर ठूलाठूला आस के गर्नु भयो ।
जनताका आँखामा छारो हालेर खास के गर्नुभयो ।
बरु तपाईंकै विकास भएको छ विकासका बजेटले,
जवाफ दिनुस् जनताका लागि विकास के गर्नु भयो ।
७ दिक्क लागिसक्यो देखेर व्यवहार पनि ।
अब, कति सहनु यसरी अत्याचार पनि ।
केही गर्नै नदिने, जहिले नि बाधक बन्ने,
फोहोर राजनीतिजस्तै छ यो प्यार पनि ।
८ कोही(कोही त यति हदसम्म पनि जाने रहेछन् ।
यतिसम्मकि राम्रोलाई पनि गलततिर लाने रहेछन् ।
आफुले गरेका अनेक हर्कत लुकाउनका लागि,
भगवान समान बाआमाको कसम खाने रहेनछन् ।
९ नपाउने चिजको आशगरी गल्ती गरियो ।
कसैको पछि लागेर खासगरी गल्ती गरियो ।
ठूलाठूला सपनाको आश देखाएकै भरमा,
व्यर्थैमा कसैलाई विश्वासगरी गल्ती गरियो ।
१० कहिल्यै माटोजस्तो कहिल्यै पत्थरजस्तो ।
हेर्दा, दुरुस्तै देखिन्छ भत्केको घरजस्तो ।
लाखौं कोशिश गर्दा पनि मिल्दै नमिल्ने,
यो जिन्दगी न नदिजस्तो न बगरजस्तो ।
११ कसैको खुट्टामा, कसैको हत्केलामा पर्नुहुन्न छोरा ।
अब यसरी दिनदिनै अरुको हेलामा पर्नुहुन्न छोरा ।
आफ्नो होस् गर्नु, टाढै बस्नु यस्तै भन्नुहुन्छ आमा,
तिमीले फोहोरी राजनीति झमेलामा पर्नुहुन्न छोरा
शाहित्य जिवको साधना हो,समाज रुपान्तरणको ऐना हो, सधै साहित्यलाई माया गरेर हिडिराखौ