बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको सुइजिउलामा नुन बिक्री केन्द स्थापना संचालन गरिएको छम।
नुन बिक्री केन्द्रको उद्घाटन गाँउपालिका अध्यक्ष भरत रोकायाले गरेका छन । सोही उद्घाटन कार्यक्रममा गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत अमर रोकायात र वडा नम्बर ४ का वडाका अध्यक्ष सिहँ धामी वडा नम्बर १ का वडा अध्यक्ष अजय बिक लगायत वडा सदस्य नन्दलाल धामी गाउँपालिका कर्मचारीहरु र स्थानियहरुको उपस्थिति रहेको थियो ।
स्वामिकार्तिक खापर गाउँपालिकाले नेपाल साल्ट ट्रेडिङको नुन डिपो कोल्टी बाट १ लाख २० हजार रुपैयाको आयोडिन युक्त १ सय क्वीन्टल नुन खरिद गरेर स्वामिकार्तिक खापर गाउँपालिकामा नुन बिक्री केन्द्र स्थापना गरेको गाउँपालिका प्रवक्ता सिहँ धामिले बताएका छन। स्वामिकार्तिक खापर गाउँपालिकाका ५ वटै वडाका स्थानियहरुले बुढिनन्दा नगरपालिकाको कोल्टी बजारबाट दैनिकरुपमा उपभोग हुने १०० रुपैयाको १० किलो नुन लिनको लागि आवत जावत गर्दा १ हजार रुपैया खर्चिनु पर्ने बाध्यता हटाउनको लागि गाउँपालिकामा नुन बिक्रि केन्द्र स्थापना गरिएको गाउपालिका अध्यक्ष रोकायाले बताए ।
फागुन २९ गते सोमबार बाट गाउँपालिकाको नुन बिक्रि केन्द्र बाट १ सय जना स्थानियले ६ सय ४१ किलो नुन प्रति प्याकेट १२ रुपैयाका दरले किनेर लिएको वडा सदस्य नन्दलाल धामीले बताएका छन। आफ्नै गाउँपालिकामा नुन बिक्री केन्द्र स्थापना हुँदा स्वामिकार्तिक खापर गाउँपालिका स्थानिय बासिन्दाहरु खुसी भएका छन।