बाजुरा- जिल्लाको उत्तरी भेग हिमाली गाउँपालिका वडा नम्बर ३ मा रहेको रानीसैन पर्यटकको पर्खाइमा रहेकोे छ।
रानीसैन बाजुरा जिल्लाको हिमाली गाँउपालिको पर्यटक सम्भावना बोकेको ठाउँ पर्छ। बाजुरा र हुम्ला जिल्लाको सिमानामा बीचमा रहेकोे छ। बाह्र मैना बगिरहेको हिमताल कवाडी खोला हुदै हुम्ला कर्णाली नदीमा मिसिएर जोडिने गरिएको छ। रानीशैन अर्थात् त्यो ठाउँमा पुग्दा अति नै सुन्दरताले भरिएको रानीसैन एक सुन्दर मनमोहक दृश्यको रूपमा रहेकोे पाइन्छ। सोही ठाउँ हेर्दा स्वर्गजस्तै सुन्दर हिमाल र हिमतालहरू भएकाले रानीसैन भनेर चिनिने गरेको स्थान रहेको छ। रानीशैन बाजुरा जिल्ला संगै हुम्ला र बझाङ जिल्लाको सिमानाले जोडिएको छ। समुद्री सतहबाट ३ हजार ५ सय ७८ मिटरको उचाइमा रहेको विभिन्न प्रजाति र रंग भएका चौंरीको वास स्थान साथै घोडा, भेडा बाख्राहरुले बन नै ढाकिने सेता काला बथानले गर्दा आनन्द दिने गर्दछ।
प्रकृतिले पाटन र हिमताल साथै झरनाहरु अवलोकन गर्न रमाउन महत्त्वपूर्ण स्थान रहेकोे छ। जुन ठाउँमा हिमाल र पहाडका बीचमा सम्म परेर वर्षा याममा हरियो र हिउँद याममा सेतो कार्पेट प्रकृतिले ओछ्याए जस्तो सुन्दर हुने गर्दछ। त्यहाँ पाइने हरेक जीवजन्तु, पशुपंछी, बोटविरुवाले त्यत्ति नै लोभ्याउने किसिमको सुगन्ध र रमणीय उर्जा बनाउन गरेको छ। पश्चिममा अपि सैपाल हिमालको हिउँले ढाकेको छ। रानिसैन फेदीमा ३ हजार ५ सय ७८ मिटरको उचाइमा हिमताल रहेको छ। दिउँसो सैपाल हिमालबाट खस्ने हिउँ पहिरोको गड्याङ गुडुङ आवाजले रक स्टारले बजाएको गीतको धुन जस्तै सुन्न महसुस गर्न पनि सकिन्छ।
हिमाल नजिकै ठाउँको आसपासमा जडिबुटीको भण्डार, बुकी, घाँस र फुलै फुलले टम्म परेको रंगिन फाँट आँखाले नभ्याउन्जेल सम्म हेर्नको लागि अति नै राम्रो सुन्दर रमणीय छ। जटामसी, गुच्चीच्याउ, पदमचाल, पाँच औँले, सेतो चिनी, विष, यार्सागुम्बा लगायतका सयौं जातिका जडीबुटी पाइने रानिसैन ताल हुँदै बग्ने कुवाडीको कर्णाली नदीमा जोडिने गरिन्छ। पर्यटकीय पदमार्ग र पर्यटकीय सडक साथै होमस्टे र इकोभिलेजको बिकास गर्न सकिने हो भने हिमाली भेग पर्न गाउँको जनजीवन परिवर्तन हुनसक्ने सम्भावना रहेकोे छ।