बाजुराः त्रिबेणीमा बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुको बुधबार उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–४ ढोगदेना गाउँ पछाडी झाडीमा बेवारिसे अवस्थामा फेला पारेको नवजात शिशुको उपचार गर्दागर्दै तीनदिनपछि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बेवारिसे अवस्थामा नवजात शिशु फालेको प्रहरीलाई खवर गरेपछि सोमबार प्रहरी र स्थानीय समाजसेवी तथा नेपाली काँग्रेस बाजुरा जिल्ला कार्य समिति सदस्य करिष्मा ऐडीले उद्धार गरेर अछाममा उपचार गराउदा गराउदै शिशुको मृत्यु भएको प्रहरी नायव निरिक्षक दानसिंह भण्डारीले जानकारी दिएका छन् ।उनले दिएको जानकारी अनुसार शिशु बालकलाई अस्पतालका चिकित्सकहरुले बचाउने प्रयास गर्दा पनि मंगलबारबाट शिशुको अवस्था सुधार नभएपछि बुधबार मृत्यु भएको बताइएको छ ।
बेवारिसे अवस्थामा नवजात शिशु झाडीमा फाल्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । जिउदै अवस्थामा नवजात शिशु फाल्ने आमा र बुवाको खोजी कार्यमा प्रहरी लागेको प्रहरी निरिक्षक भण्डारीको भनाई रहेको छ ।