बाजुरा– जिल्लाको हिमाली गाउँपालिका ३ युनाका दिल बहादुर रोकाया उपचार गर्ने खर्च नहुदा ५ बर्ष देखी मृत्यसंग लिडरहेका छन । उमेरले ३२ बर्ष पुगेका रोकायाको हात र खुट्टामा क्यान्सर जस्तै देखीने रोग देखा परेपछी खर्च नहुदा मृत्युलाई कुरेर बसीरहेका छन । बोली प्रष्ट भएपनि बर्षौदेखि हातखुट्टामा घाउ भएपछि चलाउन दिल बहादुरलाई मुस्किल परेको छ । मान्छे भएर बाँच्न पाउने सामान्य अधिकार पनि उनले पाएका छैनन् । उपचार त के उनले दैनिक पेटभर खान समेत पाउने गरेका छैनन् ।
उनि सानै हुँदा उनका बुवा रुख बाट लडेर मृत्यु भएको र आमाको सर्पले टोकेर मृत्यू भएपछि उनि एक जना भोटेका भेडा चराउने काम गरेर गुजारा गर्दै आएको उनका आफन्त अर्जुन रोकायाले बताएका छन । हात र खुट्टाका औँलाहरुमा घाउ भएपछि उनलाइ कुष्टरोगी भनेर गाउँमा बस्न पनि नदिने गरेको उनले बताएका छन ।
जव उनि क्यान्सर पिडीत भएर काम गर्न नसक्ने अवस्था आयो गाउँमा आफन्तले केही सहयोग गरे नेपाल र भारतका बिभिन्न अस्पतालमा उपचार गरे तर समयमै कुन रोग हो भन्ने पत्ता लागेन जव रोग पत्ता लाग्यो पैशा सबै सकिसकेको थियो आजभोली उपचारको लागी एकपनि पैहा नौ नभएको रोकायाले बताएका छन । उपचारको लागी कुनै संस्था तथा निकायबाट सहयोग गरीदिन पनि पिडित रोकायाले आग्रह गरेका छन ।