युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
3,437 पटक पढिएको

बाजुरा- जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका ३ का ७० वर्ष उमेर नाघिसकेका दया खड्काले गत वर्ष मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गरि करिब १५ बढी नेताहरुलाई मतदान गरे, जति जोगी आएपनी कानै चिरेका भन्ने उखान आफुले हरेक चुनाबमा नेताहरु भोट माग्न आउँदा सुनाउने गरेको खड्का बताउन्छन् । सुरु सुरुमा उनलाई लाग्थ्यो, एक दलले काम नगरेपनि अर्कोलाई रोज्दा त गर्लान् नी भन्ने । खड्का सुनाउन्छन् “कांग्रेसलाई भोट हाल्यौ,केही गरेनन्, अब एमालेलाई रोजौ भने एमालेलाई पनि भोट दियौं चुनाब जिते तर त्यसपछि आएका छैनन्,माओवादीलाई पनि दियौं, कसैले केही गरेनन् , भोट माग्ने बेला मात्रै हो, राम्रा कुरा गर्ने, अघिपछि बिर्सिन्छन्, नेताहरूलाई भोट गर्दा गर्दै बुदेसकाल भैगयो”

प्रदेश हुँदाको समय बाहेक सबै निर्वाचनमा मतदान गरेको खड्काको भनाई छ । कसैले चित्त बुझ्दो काम नगरेको उनको गुनासो छ । यतिमात्र होइन नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई रोज्ने योजनामा समेत खड्का छन्। खड्काले थपे, “ यो भन्दा अगाडि अरुलाई दियौं अब स्वतन्त्रलाई पनि हेर्ने बिचार छ, गर्न त कोही केही गर्ने होइनन् हामी गरिब जनताको दुःख जो छन् छदाई छन् तर म एक भोटर हुँ न त नेता न त कार्यकर्ता अब स्वतन्त्र मत मतदान गर्ने मन छ” तर स्वतन्त्र पार्टीले पनि सबै काम गर्छ भन्ने कुरामा खड्का बिश्वस्त छैनन् तर एक पटक बिचार गर्ने तयारीमा छन् ।

खड्कालाई मात्रै होईन यस अघि भोट माग्ने नेताहरुले गरेका कामहरूबाट प्राय कोही सन्तुष्ट छैनन् । बडीमालिका ९ कि साइली विकलाई पनि नेताहरु भोट माग्न आएको मात्रै देख्दा दिक्क लागेको छ । अहिले पनि साइली सधै जसो आफ्नै काममा व्यस्त हुन्छन् तर नेताहरु आएर बोलाउन्छन् कुरा गर्छन् , उनले भनिन् “ तर मैले भने कुरा सबैका सुन्ने तर भोट कसैलाई नदिने निर्णय लिएकी छु,भनेको काम नगर्ने तर चुनाबका बेला मात्रै एकपटक हामीलाई फेरि जिताउनुस भनेर आएका नेताहरुला कुरा सुन्ने पक्षमा समेत उनी छैनन् । उनले भनिन् जिताएकै हुन सबैलाई, कोही केही गर्ने होइनन् ,अझै पन तिनै नेताहरुलाई जिताउनु र नजिताउनु एउटै हो, हामिलाई विकास चाहिने हो विकास भन्या जसो कोही गर्दैनन् । नयाँ कोही राम्रो गर्नेहरू आए मात्रै मतदान गर्ने विकको योजना छ ।

खप्तड छेडेदह ३ का खड्का र बडीमालिका ९ की साइली विक एक प्रतिनिधि पात्र मात्रै हुन् । यस अघि भएका हरेक निर्वाचनमा विभिन्न दलका नेताहरुलाई जिताएर संसदमा पठाउदा पनि जनअपेक्षा अनुसारको काम गर्न नसकेको गुनासो सबै बाजुराली जनताको छ ।बडीमालिका ८ का दल बहादुर थापा उमेरले ८६ वर्षका भए । बाजुराका नेता जनकराज गीरी, देवराज जोशी कर्ण थापा लगायतलाई मतदान गरेका सम्झना आइरहन्छ, मतदान गरेको मात्रै सम्झना छैन । भोट माग्न आउदा गरेको प्रतिबद्धता पनि थहाहा छ तर भने अनुसारको काम भने कसैले नगरेको उनको दुखेसो छ। मतदान गर्ने बेला त घरमै आएर पिठ्यँमा बोकेर मतदान गर्नलने गरेको थापा बताउन्छन् ।

पार्टी सुदृढीकरण अभियानमा सक्रिय दलका नेताहरुस्जनताको भने दलप्रतिको बढ्दो बितृष्णा

यतिबेला बाजुरामा सक्रिय राजनीति दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्रले आ– आफ्नै पार्टी सुदृढीकरण अभियानमा सक्रिय देखिएका छन् । नेकपा माओवादीले घरघरमा माओवादी जनजनमा माओवादी अभियानका क्रममा छ । नेपाली कांग्रेसले पनि घरघरमा कांग्रेस अभियान संगै पार्टी सुदृढीकरणको अभियानमा जुटेको छ । यस्तै नेकपा एमाले पनि सच्चिदै सिक्दै अगाडी बढ्नका लागि अहिले देखि नै मिसन ८४ को अभियान लिएर गाउँ घर जाने जनता संग साक्षात्कार गर्ने योजना सहित नेताहरु गाउँ केन्द्रित छन् । नेताहरुलाई काहीँ कतै हामीबाट कमजोरी पक्कै भए भन्ने आत्मआलोचना गरेर गाउँ केन्द्रित भएका देखिन्छन् ।

८४ मा हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बढी चर्चाः

तीन दलका नेताहरु गाउँ केन्दित भएपनि आगामी ८४ मा हुने निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार उठाउनुपर्ने आवाज उठिरहेका छन् । यतिमात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टीले बाजुरामा संगठन बिस्तारको अभियान समेत सुरु गरिसकेको छ । युवा पुस्ताको आकर्षण राष्ट्रिय स्वतन्त्र पार्टी प्रति बढ्दो छ । यसकारण पनि पुराना दललाई धक्का पुग्ने देखिन्छ । बाजुरामा चुनाव नजितिएला तर अन्य दललाई कमजोर भने बनाउने मनस्थिति जनताले बनाइसकेका छन् । एक राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध एक नेताले भने, उसो त बाजुरामा चर्चा बढी पुराना दलको भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीको छ ।

चुनाब आउनु भन्दा चार वर्ष अगाडि नै सुरु गरेपछि यी पार्टी सुदृढीकरणको बिषयलाई लिएर किन जनताको घरदैलोमा सरिक भए त रु भन्ने जिज्ञासा् धेरैले गरिरहेका छन् ।यो भन्दा अगाडी पाँच वर्षको एक पटक गाउँ केन्दित भोट माग्नका लागि मात्रै केन्द्रित हुने नेताहरुको यो दौडधुपको विषयलाई लिएर विभिन्न टिकातिप्पणी हुन थालेका छन् । देशभरका जनताले फरक विकल्प खोजिरहेको स्थितिमा बाजुरामा पनि त्यो स्थिति सिर्जना हुने र आफ्ना पार्टीहरु कमजोर हुँदै जाने चिन्ता सहित जनता रिझाउन नेताहरु गाउँ केन्द्रित भएको एक स्वतन्त्र युवा विद्यार्थीले टिप्पणी गरेका छन् ।

बाजुराका पनि एमाले र कांग्रेस दुई ठुला दलका लागि पनि सच्चिने कि सक्किने भन्ने यी दुई विकल्प अन्तिम रहेको ती विद्यार्थीको दाबी छ । बाजुराली जनताले पनि अब फरक विकल्प रोजिरहेकाले यी दुई ठुला दलको पनि उज्ज्वल भविष्य संकटमा रहेको दलकै कार्यकर्ताहरुले बताउने गरेका छन् । विगतमा पार्टीको लागि लामो समय सम्म हरेक गतिविधिमा सक्रिय हुने कार्यकर्ताहरुले पार्टी प्रतिको लगाब घट्दै गएको छ ।फरक विकल्प रोज्नुको अर्को विकल्प नरहेको आवाज दलभित्रकै कार्यकर्ताबाट उठिरहेका छन् । यसकारण पनि बाजुरामा सक्रिय राजनीति दलको भविष्य अन्योल देखिएको छ । सोही चिन्ता सहित संगठन बलियो बनाउने, र जनतामाझ गएर विगतमा भएका कमजोरीहरु सच्याउदै अगाडी बढ्ने प्रण गर्ने उदेश्यले गाउँ केन्द्रित भएका देखिन्छन् ।

तर जनता भने पत्याउन र बिश्वास गरिहाल्ने पक्षमा देखिदैनन् । बाजुराको विकास, बाजुराली जनताको निकास, बाजुराको समृद्धि यी पुराना दलका नेताहरुबाट सम्भव नहुने युवा पुस्ताको आवाज छ । जनअपेक्षा अनुसारको काम गर्न नसकेको, राजनीतिकरणमा बढी केन्द्रित हुने, पार्टी राजनीतिलाई बढी प्रस्चय दिने तर जनताका जनजीबिकाका सवालमा गैरजिम्मेवार बन्ने, जनताका समस्या समाधान, बाजुराको बिकास बढी चिन्ता पार्टी र कार्यकर्ताको गर्ने गरेको लगायतका आरोप बाजुराली जनताले खुल्याम लगाउदै आएका छन् । तर पार्टी फरक रोज्दैमा परिवर्तन भैहाल्छ भन्ने भ्रमबाट मुक्त हुन दलका नेताहरुको छ । “एक दलका नेता भन्छन् ।पार्टी कोही नराम्रा हुँदैनन्, नराम्रा हुने बरु व्यक्ति हुन्, त्यसकारण फरक पार्टी रोजेर परिवर्तन हुँदैन, मानसिक्ता बदल्न जरुरी छ, त्यसकारण फरक पार्टीले कायापलट गर्छन भन्ने भ्रम छ भने त्या भ्रम बाट मुक्त भएकै राम्रो”

बाजुराका नेताहरु प्रती जनताको बितृषणा छाउदै गएको र आफुहरु सच्चिन जरुरी रहेको नेताहरु स्वीकार गर्दै आएका छन् । तर सक्किने चिन्ताले गाउँ केन्द्रित भए, सकिन्छन् की रु भन्ने कुरा भने स्विकार्न तयार छैनन् । बाजुराले जनताले कांग्रेस एमालेको साथ छोड्दैनन् भन्ने कुरामा नेताहरु ढुक्क देखिन्छन्, खुल्याम भन्दै समेत आएका छन् । नेताहरुले यस्तो बताएपनी मनभित्र चिसो भने अवस्य पसेको देखिन्छ । ए स्थानीउले भने, अहिले जिल्लामा भैरहेकोका पार्टी सुदृढीकरणको विषयलाई लिएर नकारात्मक टिकाटिप्पणी भैरहेको प्रती नेताहरुको आपत्ति छ ।

आफुहरु जहिले जनता माझ रहेको बताउदै एमाले पार्टी सचीव भरत थापाले अहिले सुरु गरेको मिसन ८४ सकिन्ने भएपछि सुरु गरेको पार्टी सुदृढीकरण अभियान नभएको दाबी गरेका छन् । गलत भाष्य प्रयोग गरेर गलत भ्रम फैलाउन आवस्यक नरहेको नेताहरुको आग्रह छ । राष्ट्रिय स्वतन्त्र पार्टी आइहाल्छ की रु चुनाब जितिदैन कि भन्ने चिन्ताले गाउँ घर गए नेताहरु भन्ने कुरा भ्रम मात्रै हो नेताहरु भन्छन् । विगतका जनताको प्रत्यक्ष सम्पकैबाट टाढा भएरगल्ती स्विकानर गर्दै जनतालाई माओवादी सरकारले गरेका कामहरु बारे जानकारी गराउन गाँउ केन्द्रित भएको माओवादीनिकट नेताहरुको भनाई छ।

बाजुराली जनताले पटकपटक दिएको मतको गणणा गर्दा पनि सोही अनुरुपको काम गर्न नसकेको जनगुनासो छ । त्यसकारण पनि बाजुरामा जनताहरु अब फरक विकल्पको खोजिमा रहेको संकेट देखापरेका छन् । सुर्य बाहेक अरु, अर्थात रुख बाहेक अरुनचाहने पबाँनी बसेजस्तै भइसकेका कार्यकर्ता पनि वाक्क दिक्क छन् । देशभर स्वतन्त्रको लहर चलिरहेको छ। बिदेशमा बस्ने छोराहरुले घरमा भएकालाई ८४ मा स्वतन्त्र पार्टीमा मतदान गर्न भनिरहेका छन् । यसरी सबैको आकर्षण स्वतन्त्र पार्टी प्रति बढ्दो छ।

बाजुरामा जनताको समस्या बुझ्नका लागि पुगेका हेमराज थापा काठमान्डौँबाट भन्छन् “बाजुरामा अब जनगुनासो मात्रै मात्रै गरेर बस्ने पक्षमा छैनन् , फरक बाजुरामा सक्रिय राजनीति दलको साथ छोड्ने पक्षमा छन् , यी दलहरूका चुनावी भाषण र घोषणपत्र र झुटा आश्वासनले जनता वाक्क दिक्क भैसकेका छन्, यदी बाजुराका सक्रिय राजनीति दल एमाले कांग्रेस र माओवादीलाई बाजुराली जनताले हामीलाई भोट दिहाल्छन् भन्ने भ्रम छ भने त्यो भ्रमलाई बाजुराली जनताले २०८४ को निर्वाचनमा चिर्नेछन् ”

थापा भन्छन् “ भोट मात्रै माग्ने, काम केही नगर्नेलाई अब जनताले भोट दिदैनन् , बाजुराको सुन्दर भविष्यका लागी जनता अब सचेत भैसकेका छन् ८४ को निर्वाचनमा हेर्नुहोला विगतको भन्दा कति फरक हुन्छ, जनताले विकास गर भनेर पठाएका नेताहरु तलब भत्ता पचाएर बस्छन् अनि ती नेताहरुलाई नै जनताले फेरि जिताउन्छन् भन्ने लाग्छ भनेर थापाले बाजुरा पुगेका बेला सञ्चारकर्मी संगको अन्तरवार्तामा प्रश्न गरेका थिए । काठमान्ठौँ र धरानको जस्तै स्थिति बाजुरामा पनि सिर्जना हुने बताएर थापा काठमान्डौँ फर्किएका थिए ।

पुराना दलहरु पार्टी भित्रकै आन्तरिक बिबाद मिलाउन सक्दैनन्ः

उसो त पार्टी भित्रै पनि युवा पुस्ता र शीर्ष तहका नेताहरु बिच अन्तर संघर्ष छ । युवा पुस्ताको आकांक्षा एकातिर छ भने दलका शिर्ष नेताहरुको आकाक्षा एकातिर छ । युवा नेताहरु र शिर्ष नेताहरु बिच पनि अन्तरदन्द चलिरहेको छ । युवा नेताहरु नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा देखिन्छन् भने शीर्ष नेताहरू नेतृत्व हस्तान्तरण गर्न तयार छैनन् । त्यसकारण पनि पार्टी भित्र बिद्रोह गर्ने स्थितिमा युवा नेताहरु तयार देखिन्छन् ।
नेतृत्व परिवर्तनको मात्रै समस्या दलहरु भित्र छैन । सच्चा, इमान्दार र लामो समय देखि पार्टी संगठन निर्माणका लागि लामो त्याग तपस्या र योगदान गरेका व्यक्तिको मुल्यांकन नहुने, पार्टीको नेतृत्व चयन सर्वसहमतीको नाममा ठुला नेताहरुको निर्देशनमा टिके पर्थाबाट नेतृत्व चयन गरिदै आएको प्रती पनि पार्टी भित्रकै सक्रिय कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । यो देशभरकै समस्या बाजुरामा अझ बढी छ ।

जसले नेताको पाँउ मल्न सक्यो, अर्थात नजिक भयो, नेताको जसले बढी चाकडी गर्यो उसलाई जिम्मेवारी सुम्पिने हो भने पार्टी पार्टी नरहन सक्छन् भन्दै पार्टी भित्रकै सक्रिय नेता कार्यकर्ताले पनि नेताहरुलाई कडा चेतावनी दिदै आएका छन् । यस्तै कयौं कमजोरी र व्यापक असन्तुष्टिहरु दलहरू भित्र देखिन्छन् । यतिमात्रै होइन पार्टी भित्रकै शिर्ष नेताहरु समेत एक ठाँउमा छैनन् । छुट्टाछुट्टै समुहमा बिभाजित भएका देखिन्छन् । मल मिलेका देखिएपनि मन मिलेका देखिदैनन् दलकै कार्यकताृहरु बताउन्छन् ।

पार्टी समेत मिलाएर लजाने नसक्नेहरु देश बनाउने सपना देख्छन् , बाजुराको विकास र समृद्धिका लागि चिल्ला भाषण गर्छन्, यो दिवा सपना जस्तै हो एक स्थानीयले भने, भाषणले मात्रै पुग्थ्यो भने बाजुरामा धेरै अगाडि परिवर्तन र विकास भैसथ्यो, बाजुराका “नेताले भाषणमा अन्तरवार्तामा भन्छन् हामीले धेरै ग¥यौ भनेर के के गरे रु धेरैले गरेर नै होला बाजुरा आज पनि मानव विकास सूचकांकलो ७७ औं स्थानमा नै रहेको हामी जहाँ थियौँ त्यहीँ छौँ, विकासको नाममा जनताको आँखामा छारो हाल्ने मात्रै काम भएको छ” बुढीगंगा नगरपालिका वडा ३ का युवा विद्यार्थी शम्भु जोशीले भने,

बाजुरामा दलहरुकै कारण धेरै कुरा भएको नेताहरुको दावीस्

उसो त जनताले अपेक्षा गरे अनुसारको काम हुन नसकेपनी थुप्रै कुराहरु परिवर्तन भएको नेताहरुको दावी छ । केही भएन भनेर आलोचना मात्रै गरेर बस्नेहरुक प्रति नेताहरुको आपत्ति छ । नेपाली कांग्रेस बाजुराका निवर्तमान पार्टी सभापति कबिराज पण्डित भन्छन्, “बाजुराको शिक्षा क्षेत्रको सुधार भएको छ, सडक बिस्तार भएका छन् । बिजुली बत्ती थिएनन् आज प्राय बाजुराका गाउँ गाउँमा बिजुली बलेका छन् ,वडा वडामा स्वास्थ चौकीहरु छन् ,सञ्चारको सुबिधा केही ठाउँमा कम होला तर अधिका‌‌‌‌श ठाउँमा सञ्चार सुबिधा छ , गाडी चढ्न साँफे जानुपर्थ्यो, एउटा पनि क्याम्पस थिएन अहिले तीन वटा क्याम्पस छन् , के हो नेताहरुको पहल बिना भएको हो रु के अहिलेका बिरोध र आलोचना गर्नेले गरेका हुन् त रु बरु पहल जुनसुकै राजनीति दलले गरेपनि त्यो बाजुराकै नेताले गरेका होइनन् र ”रु पण्डितले प्रस्न समेत गरेका छन् ।

जति कामहरु भए मात्रै गुणस्तर बनाउन नसक्नु कमजोरीको पाटो रहेको नेपाली कांग्रेस निवर्तमान पार्टी सभापति कबिराज पण्डितले बताएका छन् । जनतालाई गाउँमा गएर भोट माग्दा गरेका सबै प्रतिबद्धता पूरा गर्न नसकेको र जन अपेक्षा अनुसार काम गर्न नसकेको स्विकार्नु पर्ने पण्डितको भनाई छ । तर केही भएनभनेर आलोचना गर्ने छुट कसैलाई नभएको उनले बताए ।जनताले अपेक्षा विगतमा भएका कमिकमजोरीहरु सच्याएर अगाडि बढ्ने पनि नेताहरुको प्रतिबद्धता छ ।

बाजुराको विकासका लागि एक ठाँउमा दलहरु उभिन तयारस्

पुर्वाधार विकासमा फड्को मार्नुमा सबै राजनीति दलको उत्तिकै महत्वपूर्ण भुमिका रहेको कुरामा सबै राजनीति दलका नेताहरुको एकमत छ । यतिमात्र होइन बाजुराको विकासका लागि सबै राजनीति दलहरू एक ठाउँमा उभिनुको अर्को विकल्प नरहेको पनि नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिब भरत थापाले बताएका छन् ।

विगतमा पनि बाजुराका थुप्रै साझा सवालमा एकिबद्धता जनाएर थुप्रै कामहरु भएको भन्दै थापाले फेरिपनि बाजुराको विकास र बाजुराली जनताको सुखका लागि आपसी सहकार्य, समन्वय, र एकताका माध्यमबाट अगाडि बढ्न तयार रहेको बताएका छन् । निर्वाचनका बेला फरक फरक दलबाट प्रतिस्पर्धा गरेतापनि बाँकी समयमा संगै हिड्न सकेमा मात्रा बाजुराको विकास सम्भव हुने थापाको भनाई छ । त्यसको नेतृत्व नेकपा एमाले बाजुरा गर्न तयार रहेको र एमालेबाट सुरुवात गर्ने तयारीमा आफुहरु रहेको बताए । यो कुरामा बाजुराका सबै राजनीति दलको एकिबद्धता छ । जनताले पनि यहीँ वर्तमान आवस्यकता रहेको बताउदै आएका छन् ।

कसले कसले जिते त रु चुनाब २०५६ सामलयता बाजुरामा

उसो त बाजुराली जनताले पटकपटक हुने निर्वाचनमा हरेक निर्वाचनमा फरक राजनीति दललाई परिक्षणक रुपमा चुन्ने गरेको इतिहास साच्ची रहेको दलकै नेताहरु बताउन्छन् । जनताले कहिले एमालेलाई त कहिले कांग्रेसलाई जिताउन गरेको देखिन्छ । लामो समय सम्म एउटै पार्टीले चुनाव जितेको इतिहास छैन ।२०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट जनकराज गिरीले चुनाव जितेका थिए । यस्तै २०६४ सालको सालको संबिधान सभाको निर्वाचन देवराज जोशि–नेपाली कांग्रेसबाट चुनाब जिते २०७० सालको दोस्रो संबिधान सभाको निर्वाचनमा एमालेको तर्फबाट कर्ण थापा, २०७४ सालको प्रतिनिधि सभा सदस्यमा ९तत्कालीन बाम गठबन्धनबाट ० एमालेकै लाल बहादुर थापा बिजयी भए । प्रदेश ९क० तर्फ बलदेव रेग्मी प्रदेश सभा सदस्य प्रदेश ९ख० तर्फ प्रकाश शाह प्रदेश सभा सदस्य भए ।

२०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसको तर्फबाट बर्दि प्रशाद पाण्डे प्रदेश ९क० नेकपा एकिकृत समाजबादीका नरेश शाही र प्रदेश ९ख० मा पदम शाही ९नेपाली कांग्रेसबाट जितेका छन् ।
यसरी बाजुरामा दुई ठुला दल नेपाली कांग्रेस र एमाले बिच नै प्रतिसपर्धा हुने गरेको छ । २०४८, २०५६, २०६४ र २०७९ स्थानीय तह जिसस प्रमुख नेपाली काँग्रेसले जितेको छ भने २०५१, २०७०, २०७४ एमालले चुनाव जितेको छ । २०५४ स्थानीय निकाय २०७९ स्थानीय तह जिसस प्रमुख नेकपा एमाले जितेको छ। २०४९ र २०७४ मा नेपाली काँग्रेसले चुनाब जितेको छ। २०७४ मा बाजुराका ९ मध्य ६ स्थानीय तह जितेको कांग्रेस २०७९ मा आएर तीन पालिकामा खुम्चिएका छ । एक पालिकामा उपप्रमुख जित्न सफ भएको छ ।

कुन पार्टीको मत कति रु

बाजुरामा २०७९ को समानुपातिकको मत परिणाम हेर्दा पहिलो कांग्रेस एमाले दोस्रो र समाजबादी तेस्रो पार्टीका रुपमा छ । माओवादी केन्द्र चाँैथो पार्टी हो । २०७९ को मत परिणाम हर्ने हो भने नेपाली काँग्रेस २७ हजार ९७२ मत प्राप्त पहिलो दल बनेको छ । त्यसैगरी, नेकपा एमालले २६ हजार २९९ मत ल्याएर दोस्रो स्थानमा रहेको छ। नेकपा ९माओवादी केन्द्र०ले एक हजार ९७८ मत ल्याएर तेस्रो र नेकपा ९एकीकृत समाजवादी०ले एक हजार ७२८ मत ल्याएर चौंथो स्थानमा छ ।

२०७४ मा ५ हजार बढी मत ल्याएको माओवादीले गएको स्थानीय तहको निर्वाचनमा ३ हजार ९ सय बढी मत प्राप्त गरेको थियो। यो पटकको संघ र प्रदेशको चुनावमा भने माओवादीले आफ्नो विरासत नै गुमाएको छ। यता प्रदेश सभामा पनि नेपाली काँग्रेस पहिलो दल बनेको छ।

प्रदेश सभामा नेपाली काँग्रेसको २६ हजार ५ सय २५ मत ल्याएको छ। नेकपा एमालेले २५ हजार ८ सय ३५ मत ल्याएको छ। भने नेकपा माओवादी केन्द्रले २ हजार ५ सय २८ मत प्राप्त गरेको छ। प्रदेश सभामा प्रतिनिधि सभाको भन्दा ५ सय ५० मत बढी ल्याएको छ। समाजवादी पार्टीले पनि केही मत थप गरे पनि २ हजार प्रदेश सभामा पनि कटाउन सकेको छैन्। समाजवादीले प्रदेश सभामा १ हजार ९ सय ८० मत प्राप्त गरेको छ।

नेतृत्व फेरियो तर बाजुरा फेरिएन स्

बाजुराको राजनीति घटनाक्रममा नेतृत्व फेरिएपनि तर जनताको जिवनस्तर फेरिएको छैन । बाजुरामा प्रजातन्त्रको पुनर्वाहाली पछि विभिन्न दलका नेताहरू संसदमा पुगेका छन् भने कोही सांसद त कोही मन्त्री समेत बनेका छन् । बाजुराले राज्यको राजकीय पद पायो नेताहरु चुनाव जितेर सांसद बने कोही मन्त्री बने तर बाजुरा बासीको जिवन स्तरमा भने कुनै परिवर्तन आउन सकेन। नेताहरुको जिवन स्तर फेरियो होला तर नागरिकका समस्या जेनका तेन नै छन् ।

महान्यधिवक्ता खम्मबहादुर खाती, एमाले स्थायी कमिटीसदस्य कर्ण बहादुर थापा, एमाले केन्द्रिय सदस्य लाल बादुर थापा, प्रकाश शाह, प्रदेश प्रमुख देवराज जोशी, प्रतिनिधि सभाका समानुपातिक सदस्य दयाल बहादुर शाही, कांग्रेस सहमहामन्त्रि एवम् प्रतिनिधि सभाका सदस्य बद्री प्रशाद पाण्डे, कबिराज पण्डित, पुर्व भुमी सुधार सहायक मन्त्रि जनकराज गिरी, बल्देव रेग्मी, समाजबादीका नेता सुदूरपश्चिम सरकारका अर्थमन्त्रि नरेश शाही, प्रदेश सभा सदस्य पदम बहादुर शाही, महिला नेतृ जुना दानी, नेकपा माओवादी केन्द्रका केशव विक लगायतका दर्जनौँ केन्द्र सम्मको राजनिति गरिसकेका नेताहरु छन् । तर बाजुराली जनता भने कोही नेताहरुबाट सन्तुष्ट छैनन् । पछिल्लो सुमयमा पनि यि दलहरुबाट तमान नेताहरु राजनितीमा सपक्रिय छन् ।

सुदूरका अन्य जिल्लाहरुको सन्दर्भमा बाजुरा आफैमा बिकट अनि दुर्गम जिल्लाका रुपमा लिने गरिन्छ । देशमा संघीयता लागु भैसक्दा पनि बाजुरा अझै राज्यको नजरमा पर्न नसकेको बाजुरेली जनताको गुनासो रहेको छ । देशकै पिछडिएको जिल्लाका रुपमा लिने गरेको बाजुरा जिल्लालाई राज्यले गर्ने सौतेनी ब्यववार अझै कमि हुन सकेको छैन । केही यस्ता दुर्गम बस्तीहरु छन जहाँका बासिन्दाहरु अझ सम्म पनि गरीबीको रेखामुनिबाट माथी उठ्न सकेका छैनन् ।

यी समस्याहरु अहिलेपनि झेल्दै छन् बजुरा वासिहरुस्

एउटा जिल्लाभर राम्रो उपयुक्त खेलमैदान छैन । कयौँ सडक खन्डका खोलाहरुमा पुल छैन, बर्षेनी मानिसहरुले ज्यान गुमाइरहेका छ्न् । झुलङ्गे पुल समेत धेरै ठाँउमा छैनन् । बाजुरमा पुल नहुँदा खोलाले बगाएर तीन जनाले ज्यान गुमाएयो आर्थिक वर्षमा मात्रै एक जना बेपत्ता छन्। गुणस्तरिय शिक्षा छैन, सुबिधा सम्पन्न अस्पताल नहुँदा उपचार नपाएरै बाजुरा बासिले ज्यान गुमाइरहेका छन्। अस्पताल पुग्न नपाउदै बाजुराका जनताले मृत्यु वरण गर्दै फर्किन बाध्य छन् । अस्पतालमा नेताहरुको पहुँचमा डाक्टरहरु ल्याइन्छ । अस्पतालमा लामोसमय डाक्टर बस्न मान्दैनन् ।

बाजुरामा जहाज कुर्दाकुर्दै ज्यान गुमाउनुपर्ने स्थिति छ काल पहिला पुग्छ जहाज पुग्दैन, तीन जना बढीले यो आर्थिक वर्षमा मात्रै ज्यान गुमाएका छन् । अस्पतालमा बिद्यालयमा समेत खुला राजनिति हुँदै आएको छ। सडकहको पहुँचमा सबै बाजुरा वासि पुगेका छैनन् । सडक पुगेका ठाँउहरुमा समेत ५ महिना मात्रै गाडी चल्छन्, । एउटा यस्तो जिल्ला जहाँ सदरमुकाममा समेत ६ महिना मात्र बस पुग्छन् । एउटा प्रमुख दैनिक उपभोग्य बस्तुको मुल्य आकासिने गर्दछ र महङ्गगीको मार खेप्नुपर्ने बाध्यता छ ।

सिचाँइको सबिधा छैन, जिल्लाभरको कुल खेतियोग्य जमिनको १८ प्रतिसत भुभामा मात्रै सिचाँइको सुबिधा छ । नेताहरु भने कृर्षिमा आधुनिकरण गर्ने भाषण सुनाउने गर्छन । सञ्चारको सुबिधाममा सबै बाजुरा वासि पुग्न सकेका छैनन् फोन गर्न पनि डाँडापाखा धाउनुपर्ने स्थिति अलिे पनि छ। बिद्युत जडान गरिएका छन् तर नियमित बत्ति बल्दैनन् । प्राबिधिक शिक्षा पढ्न बाहिर जानुको अर्को विकल्प छैन जसका कारण अधिकांस निद्यार्थीको प्रवाविधिक शिक्षा पढ्ने धोको अधुरै छ।

दिन गुजार्नकै लागी बिदेशीनुपर्ने बाध्यता बाजुरा बासिले झेल्दै आएका छन् । गाँउघरमा युवाहरु भेटिदैनन् । गााउमा बृद्धबद्धा महिला बालबालिका बाहेक पुरुषहरु कमै भेटिन्छन् । मान्छ मर्दा मलामीको समेत अभाव हुने समस्या बाजुराा अधिकांस गाँउहरुमा छ । गाँउमै रोजगारी सिर्जना गछौँ भनेर भाषण् गर्ने नेताहरु चुनाब पछि मतदान गरेर बिदेश पर्किएका युवाले एकपटक फोन गरेर हालखबर बुझने समेत फुर्सद पाादैनन् । सामाजिक अपराधका घटनाहरुमा राजनीति करण गर्न भ्ने बाजुराका नेताहरु सिपालु छन् । बाजुरामा दक्ष जनशक्ति उत्पादनमा निकै कमजोर छ। सरकारी तथा गैरसरकारी कार्यालयका हाकिम अधिकांश बाहिरकै छन् ।

अशिक्षा बेरोजगारी र भोकमरी यि बाजुराका प्रमुख समस्याहरु हुन् । बाजुराको साक्षर दर अहिलेपनि कुल ७१ दशमल २ प्रतिसत जसमा पुरुष ७९ दशमलव ८ प्रतिसत , महिला ६३ दशमलव ३ प्रतिसत मात्रै साक्षर दर छ । भएकै बिद्यालयहरुबाट गुणस्तरिय शिक्षा दिन सकिएको अवस्था छैन । यहि अशिक्षाका कारण थुप्रै प्रकारका असमानताहरु समाजमा छन् । बाजुराको मनिसहरुको चेतना स्तर पनि न्यून छ । यहाँका मानिसहरुको जीवन स्तरमा सुधार हुन सकेको छैन । जहाँका मानिसहरुको आयस्तर निकै न्यून रहेको छ। आम्दानीको श्रोतहरु प्रशस्त भएको भएतापनि तिनीहरु सहि सदुपयोग हुन सकेको छैन । यहाँका मानिसहरूले हालसम्म पनि परम्परागत जिवनशैलीलाई निरन्तरता दिदै आइरहेका छन् । यसको प्रमुख कारण पनि यहि अशिक्षा हो ।

जसका कारण छुवाछुट, छाउपडी प्र्था, बालबिवाह, लगायतका समाजिक समस्याबाट समाज ग्रसित छ। यसकमा राज्यको ध्यान छैन । पुर्वाधार विकासमा मात्रै लगानी गरेको पक्षदर तर यि सामाजिक सद्धभाव खलबैलाउने समाजमा अशान्ती निम्इाउने र मानिस मानिस बिच अन्याय अत्याचार दमन शोषण् गर्ने खालका समस्याहरुको न्यूनिकरण्कामा खासै पहल तीन वटै तहका सरकारबाट न लगानी छ न त योजना र पहल नै छ। बाजरामा जातिय बिभेद बालबिवाह,का घटनाहरु बढी नै हुने गरेका छन् अझ दुखत कुरा त यिघटनाहरु ढाकछोप गर्ने कुरामा समेत राजनितिकरण हुने गरेका पाइन्छ ।

सम्भावना नै सम्भावना भएको बाजुरा जिल्लालाई समृद्ध बनाउने थुप्रै आधारहरु छन् । प्राकृतिक दृस्ठिकोणले मात्रै नभई साँस्कृतिक बिभिधता,धार्मिक एवम् पर्यटकिय क्षेक्षेत्रहरुको उद्गम स्थल बाजुरा आफैमा समृद्ध छ बडीमालिका, बुढीनन्दा, पोरखे लेख, छेडेदग कर्णाली नदि, जेठी बौरानीका डाडा, लगायतका सुप्रशिद्ध धार्मिक स्थलहरु छन् । जसको प्रचार प्रसार समेत हुन सकेको छैन । संरक्षणको अभावमा छन् । यी प्रसिद्ध धार्मिक एवम् पर्यटकिय क्षेत्रको विकास गर्न सक्ने बाजुराको समृद्धिका लागि अरु धेरै गरिराख्नु पर्ने देखिदैन तर यसमा नेताहरु जिम्मेवार छैनन् बरु पार्टी कार्यकर्ताको संरक्षण, पार्टी बलियो बनाउने कुरामा नै बढी व्यस्त देखिन्छन् । भौगोलिक विकटताले बाजुरा दुर्गम भएपनि कला र सँस्कृतिको धनी छ। जल जमिन र सम्पदाको उपयोग हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!