युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
456 पटक पढिएको

मिन बहादुर खड्का ,बाजुराः खप्तड छेडेदह गाउँपालिका ३ टुनिसैनका उमेरले २५ वर्षका समिर खड्काले भुक्तोली मेला हेर्न जान छोडेको झन्डै तीन वर्ष जति भयो । बाल्यकालमा हुँदा दशै आयो कि सबैभन्दा ठुलो धोको भुक्तोली मेला हेर्न जाने नै खड्कालाई हुन्थ्यो, सोमबार बिजया दशमीको नवमीको दिन आज बार्जुकोटको दशै अर्थात भुक्तोलीको मेला लाग्ने दिन हो । गाउँघरको बोलिचालिको भाषामा यसलाई राम,रंग (मेला) भनिन्छ । आजभन्दा केही वर्ष अगाडिको कुरा मात्रै गर्ने हो भनेपनि आजको दिन गाउँमा छुट्टै उत्साह, उमङ्ग हुन्थ्यो, बाल्यकालको सम्झना अहिले पनि खड्काको आखामा झलझली आइरहन्छ, बाल्यकालको कुरा स्मरण गर्दै खड्काले भन्नुभयो, दशै आयो अरु रमाइलो भन्दा पनि त्यो मेला हेर्ने ठुलो धोको हुन्थ्यो, अरु रमाइलो के हो ? मत्लब हुँदैन थियो, तर मेला हेर्ने दिन आउने बाटो कुर्थ्यौ, दिन गन्थ्यौ, जुन मेलाको नाम हो, भुक्तली मेला, जुन मेला हेर्न, घरकोले जान नदिने भनेपछि, राती घरबाट भागेर मेला हेर्न गएको, अघिल्लै दिन लुगा साथिकोमा लुकाएको सम्झना आइरहेको छ,

बुढीगंगा नगरपालिका ४ खोडालबाडाका राम बहादुर रावतलाई पनि दशै दशै जस्तो लागिरहेको छैन । गरिबीले पिल्सिएकाहरु चाडपर्व आउँदा मिठो मसिनो खान्छन् , लुगा फेर्छन, रावत पनि हरेक वर्षको दशैमा भुक्तोली मेला हेर्न जानकै लागि भएपनि लुगा किन्न्नुहुन्थ्यो, तर पछिल्लो समयमा पहिला जस्तो राम (मेला) नलाग्ने हुँदा रामहेर्न जानै छोड्नुभएको छ । उहाँले भन्नुभयो, राम (मेला) हेर्दा हेर्दै बुढो भैगया, (भए)पहिला राम हेर्न जानाकी लागि पनि नयाँ कपडा (लुगा) किन्नु पर्थ्यो, अब राम (मेला) सबै हराया, (हराए) जान मन त अहिले पनि लाग्छ, तर राम हुँदैन, रक्सी खाएर (मदिरा पिएर) होहल्ला गर्नेहरू मात्रै हुन्छन् , खेल लगाउन्या कोही हुँदाइन (देउडा खेल्नेहरु) अच्याल क्या राम हुँदा हुन् , ? अहिले के मेला हुन्थे र ? पुरानो चलन चल्ती सबै हरायो (रितिरिवाज) आज भुक्तोलीको दिनमा त झन खिन्नता बोध भएको उहाँको भनाई छ । पुरानो दिनको झझल्कोले उहाँलाई पछिल्लो समयमा हरेक वर्षको दशैको बार्जुकोटको दशैको दिनमा हुन्छ ।

 

खड्का र रावत त एक प्रतिनिधि पात्र मात्रै हुन् उहाँहरु जस्तै भुक्तोली मेला हेर्न जानेहरु सबैले जान छोडेका छन् । कुनैबेला भुक्तोली मेला भन्ने बित्तिकै सिङ्गो बाजुरा जिल्ला मात्रै नभैई छिमेकी जिल्ला अछाम् र बाजुराका मानिसहरू समेत आउने गरेको बुढापाखाहरु बताउन्छन् । खप्तड छेडेदह गाउँपालिका ३ की लाली खड्का उमेरले ७५ वर्षको हुनुभयो ।बुढेसकाल लागेपछि हिड्न नसक्ने अवस्थामा पुगेपछि मात्रै भुक्तोलीको राम हेर्न (मेला) छोड्नुभयो। तन्नेरी अव्यवस्थाको हुँदा नछुटाएर भुक्तोली हरेक वर्ष पुग्ने उहाँलाई पनि पुरानो दिनको झझल्को आइरहन्छ, तन्नेरी अवस्थामा हुँदा भुक्तोली मेला हेर्न जादाको अनुभव स्मरण गर्दैन उहाँले सुनाउनुभयो, उहाँले भन्नुभयो, अहिले क्या राम हुँदा हुन् , हाम्रा दिनमा हुन् राम भन्याकात, मान्छे हिड्ने ठाउँ हुँदैन थियो, मान्छेको बाक्लो भिड हुन्नथ्यो, बेलुका जात्रामा राम हेर्न संगै गएका साथी हराएपछि भेटिनन् थिए,सम्भव तह भेटिएपछि बिहान मात्रै उज्यालो भएपछि भेटिन्थे, बझाङ अछाम् , बाजुरा भित्रका गीत भन्ने मान्छेको घम्साघम्सी देउडा लाग्थ्यो, पछिल्लो बेलुका सम्म खेल लाग्थ्यो, तल्ला मल्ला दुबै गडा खेल लाग्थे, कयौं खेल लाग्थे, कडा प्रतिस्पर्धा हुन्थ्यो, त्यहाँ जित हार नभएपछि, अन्य ठाउँको मेलामा लाग्थ्यो खेले,अछाम बझाङबाट पनि रम्त्यारु, (राम हेर्न आएका मानिस) आउन्थे , १५,२० बढी घोडा हुन्थे, तल्ला मुथिल्ला गडा दोकान हुन्थे, आआफ्नो पहिरन, भेषभुषा मेलामा देख्न पाइन्थ्यो।

उसो त यो मेला हराउँदै जाने चिन्ता पनि बढ्दै गएको छ ।

पुराना पुस्ताहरुले गर्दै आएको भुक्तोली मेलाको पहिचान र संरक्षणमा युवाहरु चासो नदेखाएर उनीहरु विदेशी विकृतीमा फसेका कारण स्थानीय चाडबाड र मेला पर्व लोप हुदै गएको बुढीगंगा नगरपालिका ४ साहुबाडाका स्थानीय नागरिक अगुवा बुद्धिजीवी शेर बहादुर खातीले बताउनुभयो । नयाँ पुस्ताको पुराना रितिरिवाज प्रती चाँसो घट्दै जानु अर्थात बितृष्णा छाउदै जाजु चिन्ताजनक बिषय रहेको खातीको भनाई छ ।पछिल्लो युवा पिढीं लागु औषध दुब्र्यसन फसेका कारण उनीहरुलाई गाउँमा हुने अनन्ते,विसु,तुड्केको दशैं भुक्तोलीको राम(जात्रा)को कुनै चासो नभएको वृद्धवृद्धाहरु बताउन्छन् ।कला संस्कृति र चाड पर्वलाई संरक्षण र जगेर्ना गर्न ,हाम्रो पहिचान जोगाईराख्नका लागि नयाँ पुस्ता जागरुप हुनुपर्ने अर्थात सक्रियता नयाँ पुस्ताको नै बढ्नुपर्ने नागरिक अगुवाहरुको जोड छ ।

 

यदि यो मेलालाई व्यवस्थित ढङ्गले सञ्चालन नगर्ने हो भने अवका केही वर्षमा यो मेला नाममा मात्रै सिमित हुने बुढीगंगा ४ खोडालबाडाका स्थानीय समेत रहेका कलाकार राजेन्द्र रावतले बताउनुभयो । मेला हजुरबुवाको बुवाले हेर्नुहुथ्यो, हजुरबुबाले हेर्नुभयो, बुवाले हेर्नुभयो, हामीले पनि केही समय हेर्यौ,तर यो मेला लाग्छ अहिले पनि तर पहिला जस्तो मेला अहिले हुँदैन, अब यस्तै हो भने भोलीका हाम्रा सन्ततिले यो मेला लाग्थ्यो भन्ने मात्रै सुन्न पाउनेछन् हेर्न पाउने छैनन्, सम्झनामा सिमित हुनेछ,पहिलाको भुक्तली अहिलेको भुक्तली आकाश पातलको फरक छ, कलाकार रावतले भन्नुभयो,

यस्तो छ बार्जुकोटको दशै र भुक्तोली मेलाको इतिहास:

बुढीगंगा नगरपालिका वडा नं. २ का स्थानीय जहरसिंह थापाका अनुसार तत्कालीन राजाका पालामा बाजुरामा पहिलो पटक हालको बुढीगंगा नगरपालिका वडा न. ४ को देनशायलमा रहेको एउटा टीका गडा भन्ने ठाउँमा सुरुमा राजा बसेका थिए । त्यो भन्दा अगाडि बाजुरामा राजा छरिएर बसेका थिए , परिवारमा भाईभाई बिच मिलोमतो नभएपछि उनीहरु छुट्टाछुट्टै बस्थे तत्कालीन समयमा बार्जुकोटको स्थापना भएको थिएन । त्यो भन्दा अगाडी राजाहरुले आआफ्नै घरमा दशै मनाउने गरेका थिए । तर तत्कालीन राजा नाथ्थी शाहले सोही टीका गडा नाम गरेको ठाँउबाट राजाले दशै मनाउन सुरु गरेको भन्ने इतिहास आफुलाई जानकारी भएको उहाँले बताउनुभयो । उहाँले भने अनुसार तत्कालीन राजा नाथ्थी शाहाको पालाबाट बार्जुकोटको दशै मनाउन थालिएको हो, त्यो भन्दा अगाडी बार्जुकोटमा दशै थिएन, बाजुरामा राजा भएपनि एकिकरण थिएन, तत्कालीन राजा नाथ्थी शाहले नै आफ्ना बंशका सबै भाईहरुलाई देनसालको टीका गडा भन्ने ठाउँमा बोलाएर छलफल गरेका थिए । त्यसपश्चात् त्यहीँ बाट पुजाआजा गर्ने चलनको सुरु भएको थियो सुरुमा टिकागडामा राजपरिवारल पुजाआजा मात्रै गर्थे, त्यस पश्चात् कोटमा दरबार लगाइयो, अग्लो ठाउँमा दरबार बनाउने चलन थियो, कोट नाम गरेको गाउँमा दरबार लगाइएकाले त्यसको नाम बार्जुकोट दरबार राखिएको हो । राजा देनसायलबाट बसाई सरेर कोटमा गैईसके पश्चात त्यहीँ पुजाआजा हुन थाल्यो, त्यसपछि मात्रै बार्जुकोटको दशै भन्न थालिएको हो। सुरुमा बार्जुकोटको दशै भन्ने थिएन, बार्जुकोटको दरबार बनिसकेपछि मात्रै बार्जुकोटको दशै भनिएको हो, थापाले भन्नुभयो , तर कुन समयदेखि हो भन्ने एकिन जानकारी भने आफुलाई पनि नभएको थापाको भनाई छ ।

भुक्तोली:

अहिले सम्म पनि भुक्तोली मेला मनाइदै आएको ठाउँ तत्कालीन समयमा राजाले आफ्नो राजदरबार बनाउनका लागि नै त्यहाँ निर्माण कार्य थालिएको थियो । तर पछि राजा त्यहाँ बस्न उपयुक्त ठानेनन् । कोटमा दरबार बनाएपछि भुक्तोलीलाई बिजया दशमीको नवमीको दिन दिउँसो बार्जुकोटको दशैको पुजाआजा गर्ने र बेलुका सोही दरबारका लागि खारिएको ठाउँमा गएर नाचगान र रमाइलो गर्ने भनेर राजाले नै त्यो ठाउँलाई मेला हेर्न ठाउँका रुपमा घोषित गरिदिएका थिए । दिनमा पुजाआजा हुन्थ्यो बेलुका सबै जाने र त्यहाँ रमाइलो गर्ने प्रचलन सुरुमा थियो । त्यसपछी बिस्तारै देउडा खेल लाग्न सुरु भएको हो । राजाका पाला देखि नै भुक्तली मेलाको सुरुवात भएको थियो ।

उहाँले भन्नुभयो, तत्कालीन समयमा दशै भनेपछि, एकताको प्रतिकका रुपमा लिइन्थ्यो, एकताको दशै हुन्थ्यो, आफैले दशै मनाउनेहरुले आफै मनाउन्थे, नत्र अरु सबैको साझा दशै हुन्थ्यो, काचो उठाउने प्रचलन थियो। (काचो) सबैबाट संकलन गरिएको रुपियाँ वा,(अनाज) त्यहीँबाट हुँदा खाने हुन् की हुनेखानेहरु सबैको दशै एउटै हुन्थ्यो,रातो माटो र कमेरो माटोले घर छिपिन्थ्यो, घरको रङ फेरिन्थ्यो, ठाउँठाउँमा माली (पिङ) हाल्ने चलन थियो, प्रदेश गएकाहरु घर आउन्थे, दिदिबहिनी माइती घर आउन्थिइन,सिर्याउला, चिउरा कुटिन्थ्यो, ओखरको तालहरुमा मिसाएर संगै बसेर खाने चलन थियो, भुक्तली भनेपछि त्यति बेलाको ठुलो मेला हो, त्यहाँ घरमा भएपछि नगएमा मन शान्त नै हुँदैन थियो । तर अहिले यी सबै कुरा हराउँदै छन् । अहिलेको दशै के दशै हुन्थ्यो र तत्कालीन दशै र अहिलेको दशैमा धेरै फरक छ । राजतन्त्रको अन्त्य पछी नै बार्जुकोटको दशै मनाउन छोडिएको हो । अघिल्लो दिन महाअष्टमी मनाउने र पछिल्लो दिन बार्जुकोटको दशै हुन्थ्यो । बाहिरका मेला हेर्न आउनेहरूले बार्जुकोटको दशै नै भनेर चिन्ने गरेका थिए

 

भुक्तोलीको मेला बार्जुकोटको दशै संग नै सम्बन्धि रहेकाले बार्जुकोटको दशै मनाउन छोडे देखि नै भुक्तोलीको रौनक घट्दै गएको गीतकार तथा साहित्यकार राजेन्द्र शाह बिपीको भनाई छ । बार्जुकोटको दशै मनाउने प्रचलन त हराइसकेको छ । तर भुक्तोली मेला लाग्ने प्रचलन भने अझै पनि कायम नै छ । तर व्यवस्थित छैन, पहिला जस्तो पनि छैनन् , पहिला झैँ अहिले टाढाटाढाबाट मेला हेर्न आउनेहरू आउँदैनन् । पछिल्लो समयममा त झन मेला हेर्न आउनेहरुको संख्या घट्दै गएको साहित्यका समेत रहेको हर्क खडायतले बताउनुभयो । बार्जुकोटको दशै र भुक्तोली मेलाको जगेर्ना गर्ने कुरा थप चुनौतीपूर्ण बन्दै गएको खडायतको भनाई छ । तर यसको संरक्षण गर्ने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको उहाँको भनाई छ । यो मेला संरक्षणका लागि सबैले आआफ्नो ठाउँबाट सहयोग गरेर मेला बिथोल्ने खालका गतिविधि नगर्ने हो भने अझै पनि मेलालाई थप व्यवस्थित बनाउन सकिने उहाँले बताउनुभयो । भुक्तोली मेलाले सिङ्गो बाजुरा जिल्लाको मौलिकता, सँस्कृतीलाई बोकेको हुँदा यसको संरक्षणमा जुट्नुको अर्को विकल्प नरहेको पनि खडायत लगायतका नयाँ पुस्ताका नागरिक अगुवाहरुले जोड दिदै आएका छन् । पछिल्लो समयमा भुक्तोली मेला नाममा मात्रै सिमित हुने अवस्था सिर्जना भएपछि नागरिक अगुवाहरुको चासो यसप्रति बढेको छ । संरक्षण गर्न र थप व्यवस्थित बनाउने छलफल मात्रै नभैई मेला व्यवस्थित गर्ने प्रयास समेत थालिएको छ ।

भुक्तोली मेला व्यवस्थापनका लागि भएको पहिलो प्रयास:

यस अघि राती मेला लाग्ने गरेको भुक्तोलीमा यो वर्ष भने दिउँसो पनि मेला लाग्ने भएको छ ।पुरातात्विक महत्व बोकेको बार्जुकोट दरबारको पहिचान र संरक्षणका लागि लगाइदै आएको बार्जुकोट पुजा यो वर्षबाट व्यवस्थित बनाउन यस्तो योजना बनाएको हो । तत्कालिन बाइसे चौविसे राज्य भएका बेला बार्जुकोट दरबारका राजाले चलाएको पुजा पछिल्लो समयमा लोप हुँदै गएपछि बुढीगंगा नगरपालिका वडा नम्बर ४ को कार्यालयले यो बर्षबाट व्यवस्थित गर्न यो पहिलो प्रयास गरेको हो ।वडा कार्यालयको संयोजन र नगरपालिकाको सहयोगमा खुला देउडा प्रतियोगिता हुन लागेको बुढीगंगा नगरपालिका ४ का वडाध्यक्ष मीनबहादुर शाहले बताउनुभयो ।पछिल्लो करिव एक दशकपछि भुक्तोली राम(जात्रा)को पहिचान लोप हुँदै गएको र युवापुस्ताहरुले त्यसमा चासो नदेखाएपछि वडा कार्यालयको संयोजनमा खुला देउडा प्रतियोगिताको आयोजना गरिएको हो ।

शंकर मल्ल ठकुरी र राज बुढा( राइकला)बीचको घम्साघम्सी देउडा हुँदै:

वडाले आयोजना गर्न लागेको देउडा खेलमा जिल्लाका चर्चित खेलाडी शंकर मल्ल ठकुरी र राज बुढा(राइकला) बीचको घम्साघम्सी देउडा खेल हुने बताइएको छ । परापुर्वक देखि चल्दै आएको भुक्तोली मेला युवा पिढींको चासो नदेखाएको र त्यसको महिमा र पहिचानसंगै संरक्षण गर्नका लागि देउडा खेल गर्न लागिएको वडा अध्यक्ष मीन बहादुर शाहले बताउनुभयो ।

जिल्लाका प्रत्येक नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधीहरुले कला साहित्य, गाउँका विभिन्न मेला पर्वको संरक्षणका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने आवाज समेत नागरिक अगुवाका तर्फबाट मात्रै नभई जनस्तरबाट उठ्ने गरेका छन् । बार्जुकोटको दशैको निरन्तरताका लागि भने बुढीगंगा नगर सरकार पनि सकारात्मक देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!