युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
411 पटक पढिएको

बाजुरा‍‍– बाजुराका भुकम्प पिडितहरु अहिलेम्मि पनि मंसिरको चिसो रातमा पालमुनि रात कटाउन बाध्य रहेका छन । असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घरबार बिहिन भएका जिल्लाका भुकम्प पिडीत यो मंसिरको चिसो महिनामा पनि पालमुनि पालकै ओच्छ्यान लगाएर रात कटाउन बाध्य भएका भएका छन ।

भुकम्पबाट प्रभावित भइसकेको लामो समय बितिसक्दा पनि कुनै पनि संस्था तथा स्थानिय सरकार बाट पहल नहुँदा कतिपय घरपरिवार चिसोमा रात कटाउन बाध्य रहेका छन । मंसिरको कठ्याङग्रिदो चिसोले गर्दा भुकम्प पिडितको लागी दैनिक जनजिवन कष्ठकर बन्दै गएको छ । बस्नको लागी समेत उचित ब्यबस्थापनको बस्ने घर नहुँदा दैलोमै रात कटाउन भुकम्प पिडित बाध्य भएका छन । यो चिसो मौषमको समयमा पालमुनि रात कटाउदाँ दैनिक स्वास्थ्यमा समेत असर परेको देखिन्छबालबालीका,बृद्धबृद्धाहरुको लागी दिनचर्या झन कष्टकर बनेको छ । रातभरीको चिसोले गर्दा बालबालिका र बयबृद्ध बिरामी पर्न थालेका छन । पालमा बस्नुपर्ने समस्याले चिसो बाट ग्रसित भएका छन् ।पटक पटक भुकम्पको पराकम्पन आइरहने भएकाले त्रसित भएका स्थानिय सामान्य चर्किएका घरमा बस्न सुरक्षित नहुने भन्दै अधिकांस भुकम्प पिडीतहरुको बास खुला आकाशमा हुदै आएको छ । पिडितले सामान्य पाल भन्दा बाहेक अरु केही राहत नपाएको गुनासो गरेका छन् । चिसोमा लुगाकपडा र खाद्यन्नमा निकै समस्या भएको भुकम्प पिडितले वताएका छन् । घरमा बस्ने अबस्था छैन, बसे कुन बेला भुकम्प आएर चेपिने डर,पालमा बस्दा बिरामी भएको भुकम्प पिडितहरुको गुनासो रहेको छ । ।

जिल्लामो कतिपय भुकम्प पिडितहरु अहिले पनि खुल्ला आकाश मुनि पाल टाँगेर बसीरहेका छन । यसले गर्दा दैनिक जनजिवनमा ठुलो असर पर्ने सम्भावना निकै बढेको देखिन्छ । धमाधम मानिसहरु बिरामी पर्न थालेका छन टाउको दुख्ने,रुघाखोकी लाग्ने,ज्वरो आउने जस्ता लक्षण भुकम्प पिडितहरुमा देखिन थालेका छन । भुकम्प पिडितहरुले अहिले चिसो पालमा रातकाटि रहेका छन । चिसो पालमा गर्भवती, सुत्केरी र वालवालिका र बृद्ध बृद्धा सबैभन्दा बढी प्रभाबित भएको स्वास्थ्य कर्मीहरुले बताउने गरेका छन । पटक पटक आइरहने भुकम्पको पराकम्पले जिल्लामा ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्याकंममा उल्लेख गरिएको छ । बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ रेक्टर स्केलको भूकम्पपछि निरन्तर सानाठूला परकम्प जाने क्रम जारी अझै र।हेको छ । पटकपटक पराकम्पन जाने डरले स्थानियहरु घरभित्र बस्न सकिरहेका छैनन । बाहिर बस्नको लागी पनि उचित ब्यबस्था भएको पाइदैन,स्थानिय सरकार पनि मौन बसेको देखिन्छ । कतै बाट पिडितहरुको लागी पहल भएको पनि देखिदैन । भुकम्पले जिल्लामा १३ सय ८३ घर पुर्ण रुपमा क्षति गरेको । त्यस्तै ५ हजार २९ र ७ सय १८ आंशिक रुपमा जोखिम पारेको छ। जम्मा ७ हजार १ सय ३० घरमा भुकम्पले क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याकंमा उल्लेख रहेको छ ।

 

खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घरमा सबै भन्दा बढी पुर्ण रुपमा क्षती गरेको छ । त्यस्तै बडिमालिकामा १ सय १४, त्रिवेणीमा १ सय १०, बुढिगंगामा १ सय २६ र बुढिनन्दा नगरपालिका १७ घरमा पुणर्रुपमा भुकम्पले क्षति पुर्याएको छ । त्यसैगरी गौमुल गाउँपालिका २५ र हिमाली गाउँपालिकामा २ घरमा पुर्ण क्षति पुर्याएको जिल्ला प्रशासन कार्यलय बाजुराले तथ्याकंमा देखाएको छ । भुकम्पले मानवीय क्षति नभए पनि भौतिक क्षतिले तहसनहस बनाएपछि चिसोमा रात कटाइरहेका जिल्लाका भुकम्प प्रभावित अहिले राहत र पुनः स्थापनाको प्रतीक्षामा समेत रहेका छन् । तर पनि कतैबाट राम्रो संग पहल हुन नसक्दा भुकम्प पिडितहरु पाल तथा खृुल्ला आकाशमा रात कटाउन बाध्य भएका छन । जाडोको समयमा पालमुनि रात कटाउदा स्वास्थ्यमा निकै समस्या देखा परेको भुकम्प पिडितहरुले बताएका छन । आफुहरुलाई तत्काल राहत तथा पुनः स्थापनाको लागी पहल गर्न स्थानिय सरकार संग भुकम्प पिडितहरुले माग गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!