युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
239 पटक पढिएको

बाजुराः प्रकृतिकै अनुपम उपहार, छेडेदह गाउँपालिकाको मात्र नभैई जिल्लाका एतिहासिक महत्त्व बोकेको पर्यटकिय सम्भावना भएको छेडेदह ताल संरक्षण र प्रबर्द्धनको अभावका कारण ओझेलमा छ । बाजुराको खप्तड छेडेदह गाँउपालिकामा रहेकोतीन वटै तहका सरकारबाट समेत अपहेलित हुँदै आएको यो तालको संरक्षण र प्रबर्द्धनमा नयाँ पुस्ताले चाँसो देखाउदै आएको भएपनि सरोकारवाला निकाय र सरोकार राख्नुपर्ने व्यक्ति नै जिम्मेवार देखिदैनन् । उसो त नजिकैको तिर्थ हेला भने झैँ स्थानीय सरकारबाटै ओझेल छ ।

गाउँ गाउँमा सिंहदरवार नामको संघीयता आएको झण्डै ७ वर्ष पुगिसक्दा पनि तालको अवस्था फेरिएको छैन। जनप्रतिनिधि फेरिए तर तालको अवस्था भने उस्तै छ । बरु चुनावका बेला सो ताललाई जनप्रतिनिधिले भोट माग्ने भाँडोको रुपमा प्रयो गर्दै आएका छन् ।तालको संरक्षण, प्रबर्द्धन, प्रचार प्रसार गरि आन्तरिक पर्यटकहरुलाई कसरी भित्र्याउने भन्ने कुरामा गाउँपालिका नै चिन्तित देखिदैन । तालको प्रबर्द्धनका लागि पालिकाले दीर्घकालिन रणनीति तयार पार्दै आएको भएपनि कार्यान्वयन भने हुन सकेको छैन ।
बिबादको कारण देखाउदै चुपचापः
जनप्रतिनिधि गाउँ गाउँमा बिबाद देखाएर चुपचाप गाउँपालिकाका जनप्रतिनिधि पनि चुपचाप देखिन्छन् ।अघिल्लो कार्यकालका जनप्रतिनिधिले पनि यहीँ बिबादको कारण देखाउदै पाँच वर्ष बिताएका थिए । उसो त बिबाद मिलाउनका लागि गाउँपालिकाले नै ठोस योजना बनाउनुपर्ने र बिबाद साम्य गर्नुपर्ने माग जनस्तरबाट उठिरहेका छन् । हालका गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बिबाद मिलाउनला लागि आवस्यक समन्वय, सहकार्य र छलफल सबै संग गरिरहेको बताउदै आएका छन् ।

तालकै संरक्षण प्रबर्द्धन र प्रचार प्रसार होस् भन्ने उदेश्यले गाउँपालिकाको कार्यालय पनि छेडेदह ताल आसपास मै लगाउने तयारी थियो । तर तत्कालीन नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष नर बहादुर रावतले नै यो कुरा अस्विकार गरेका थिए । पहिरो रोकथामकाका लागि समेत पहल कदमी हुन सकेको छैन । जिल्लाका अन्य पालिकाले खोजतलास गरि पर्यटन प्रबर्द्धन गर्दै आएको भएपनि छेडेदह ताल भने संरक्षण र प्रबर्द्धनको प्रखाईमा छ ।

प्रदेश सरकारको पनि ध्यान छैनस्

प्रदेश र संघ सरकारले पनि जिल्लाका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रका लागि करोडौंको बजेट बिनियोजन गर्दै आएको भएपनि छेडेदह तीन वटै तहका सरकारको ध्यानमा छैन । बर्सेनि श्री कृष्ण जन्माष्टमीको दिन छेडेदह ताल घुम्नका लागि झन्डै २ हजार बढीको संख्या आन्तरिक पर्यटकहरु जिल्लाका विभिन्न पालिका बाट आउने गर्छन् ।

आन्तरिक पर्यटकहरुको मुख्य आकर्षकको केन्द्र बन्दै ९लभदह० छेदेदह तालस्

श्री कृष्ण जन्माष्टमिको दिन थियो । उमेरले १३ वर्षकी बुढीगंगा नगरपालिका १ की विपना सुनार पहिलो पटक छेडेदह जान्छु भनेर धुरालसैनको उकालो बाटो चढ्दै थिइन् । कक्षा ७ मा पढ्ने उनलाई लामो बाटो उकालो हिड्दा निकै थकान महसुस भयो । हिड्दै जाँदा जब उनी कुरीकोटको डाडा पार गरिन उनले सुन्दर नगरी आटिचौरको दृश्य उनको आँखामा पर्यो उनलाई आनन्द महसुस भयो, उनलाई मात्रै होइन शिरमा बडालेख, हरियाली वन जङ्गल, दशरथ मावी खेलमैदान, सुन्दर गाउँ संगै ठुलो खेतियोग्य जमिनको दृश्यले जोकोहीको मन लोभ्याउने गर्छ, त्यहाँबाट उनी सवारी साधनमा छेडेदह पुगिन्।

उनले सुनाइन् “कतिबेला छेडेदह ताल पुगुला झै मन भैरहेको थियो, निकै थकाई लागेको थियो, सुनेको थिए धेरै राम्रो छ भनेर, आज प्रत्यक्ष आफ्नै आँखाले देख्दा आनन्द महसुस मात्रै भएको छैन, यति राम्रो ठाउँ पुग्दा अहिलेसम्म कै राम्रो ठाउँ पुगेको अनुभती भैरहेको छ, थकाई पनि हरायो” एकपटक छेडेदह ताल हेर्ने धोको पूरा भएकोमा उनी खुसी थिइन् ।

सुनार जस्तै खप्तड छेडेदह गाउँपालिका ३ का सुशील खड्का पनि ३ घण्टाको पैदल यात्रा गर्दै ताल हर्न पुगे । उनी पनि पहिलो पटक छेडेदह ताल पुगे । करिब दुई घण्टाको उकालो बाटो हिड्दाको सास्तीको छेडेदह ताल हेर्ने धोकोले कुनै प्रबाह नै गरेन ।ज्युलेखी मष्टा देवताको मन्दिरको बाटो हुँदै त्यहाँ पुगेको उनले बताए । उनले भने, “चिसो सिरेठो हावा, चराचुरुङ्गीको चिरबिर आवाज, घना जङ्गलै जङ्गल हुँदै करिब ४५ मिनेटको बाटो हिड्दा निकै आनन्द महसुस भयो। जति अगाडि आयो त्यति नै रमाइलो थियो, तालको दृश्य देख्दा त झन मन लोभियो म हेरेर पनि थाकेन” सानै उमेरका खड्का सुनाउन्छन् “अहिलेसम्म यति राम्रो ठाउँ देखेकै पहिलो पटक हो”

खड्कालाई जस्तै सो बाटो भएर छेडेदह ताल पुग्ने जोकोहिलाई आनन्दको अनुभुती गराउन्छ। जिल्लाकै धार्मिक एवम् पर्यटकीय क्षेत्र मध्यको एक छेडेदह तालको प्रबर्द्धन नभएको त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरु बताउन्छन् । उनलाई जस्तै सबै पर्यटकहरुलाई छेडेदह तालको मनोरम दृश्यले मनमोहक बनाउन्छ, जति हेरेपनि धित नमर्ने एकपटक त्यहाँ पुगेकाहरुको अर्को पटक आवस्य पुनः पुग्ने योजनाका साथ फर्किन्छन् । छेडेदह ताल जति हेर्दा सुन्दर छ, जसरी सुन्दरताले भरिएको छ, त्यसरी नै सुबिधाले सम्पन्न छैन, बनाउनु पर्ने, गर्नुपर्ने, सबै बाँकी नै छ । मात्रै सुन्दरताले आन्तरिक पर्यटकको आकर्षकको केन्द्र बिन्दु बनेको छ । घुम्ने अनि रम्नेहरुका लागि गन्तव्य जस्तै बनेको छ ।

बुढीगंगा नगरपालिका ४ का संकर नेपाली ४ घण्टा बढीको बाटो हिडेर छेडेदह ताले हेर्न आएको बताउन्छन् ।उनी तेस्रो पटक छेडेदह तालको अवलोकन गर्न आइसकेका छन् । यो पटक लगायत उनी ४ पटक पुगे । प्रत्यक वर्ष श्री कृष्ण जन्माअष्टमीको दिनमा उनी त्यहाँ पुग्छन् । नेपाली जस्तै करिब २५०० बढी आन्तरिक पर्यटकहरु छेडेदह ताल पुग्ने गर्छन् । दिनभर रमाइलो गरेपनि बेलुका घर पुग्नैपर्ने बाध्यता नेपालीलाई छ । ४ घण्टा बढी हिडेर त्यहाँ पुगेका उनलाई बेलुका अबेर भएपनि घर फर्कनुको अर्को विकल्प छैन।

यो समस्या उनलाई मात्रै छैन त्यहाँ पुगेका सबै आन्तरिक पर्यटकहरुलाई छ । त्यहीँ बस्ने व्यवस्था छैन । उनी संगै आएका अर्का मनोज केशी भन्छन् । “रमाइलो गर्ने भनेर आयौं, यहाँ कार्यक्रम गर्नका लागि बत्तिको समेत व्यवस्था छैन ” तालको दृश्य हेर्न लायक निकै सुन्दर भएपनि अरु कुनै कुराको व्यवस्थापन यहाँ नभएको केशीले गुनासो गरे, । एक पटक छेडेदह तालको अवलोकन गर्ने धोको भएकाहरु अर्को पटक अनिवार्य पुग्ने योजना सहित घर फर्किन्छन् ।

तालको संरक्षणका लागि सबै राजनीति दलको एकिबद्धता, बोलिमा मात्रै सिमितस्

तालको संरक्षण, प्रबर्द्धन र विकासमा गाउँपालिका भित्रका सबै राजनीति दलहरुले एकिबद्धता जनाउदै आएका छन् । तालको प्रबर्द्धन गरि पर्यटकिय गन्तव्यका रुपमा बिकास गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन आफुहरु पनि प्रतिबद्ध रहेको बताउदै आएका छन् । तर बोलेका कुरा कानर्यान्वयन भने हुन सकेका छैनन् । बोल्ने ्र बिर्सिने गरेको परिणमलेृ नै देखाउने गरेको छ। गत भाद्रमा छेडेदह साहित्य प्रतिष्ठानले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका उनीहरुले सामुहिक प्रतिबद्धता जनाएका थिए। तर त्याने प्रतिबद्धता अनुसारको काम भएको परिणम देखिएको छैन । यो भन्दा पुर्व सबैको कमिकमजोरी भएपनि थप सुधार गरेर अगाडी बढ्ने उनीहरुको भनाई थियो । पहिलो पटक छेडेदहको आगनमा सबै राजनीति दलको सहभागितामा नयाँ कामको सुरुवात गरिएको थियो।
सबै राजनीति दलको सहभागीतामा करिब ४५० बढी बोटहरु रोपिएको हो । तालको प्रबर्द्धनका लागि आफ्नो पार्टीको तर्फबाट पनि आवस्यक पहल गर्न तयार रहेको नेकपा माओवादी केन्द्र गाउँ कमिटी अध्यक्ष देव बहादुर धामीले बताएका थिए। छेडेदहको मुटुका रुपमा रहेको छेडेदह तालको संरक्षण प्रबर्द्धन र बिकास गर्नु सबैको दायित्व भएकाले आफ्नो व्यक्तिगत तर्फबाट र पार्टीको तर्फबाट पहल गर्न तयार रहेको उनको भनाई थियो। गाउँपालिकाले नै विशेष गर्नुपर्ने बताउदै उनले गाउँपालिकाले खासै ध्यान नदिएको गुनासो गरेका उनले पनि त्यसपछी कुनै चाँसो दे खाएका छैनन् ।

तालको संरक्षण र प्रबर्द्धन गरि पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकेमा सिङ्गो छेडेदह गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने नेकपा एमाले गाउँ कमिटी अध्यक्ष गोपाल बुढाले बताएका थिए । उचित वासस्थानको व्यवस्था,होमस्टे निर्माण, सुबिधा सम्पन्न होटेलहरुको व्यवस्था, पिक्निकन स्पोर्ट्स, टाढाबाट आएका पर्यटकहरुले कार्यक्रम गर्नका लागि उपयुक्त वयवस्था संगै तालको प्रबर्द्धन गरि थप आकर्षक बनाई आन्तरिक र बाह्य पर्यटकहरुलाई भित्र्याउन सकेमा मुख्य आमदानीको श्रोत बनाउन सकिने उनको भनाई थियो । नेताहरु नै यसो गरे हुने थियो भनेर उल्टै समस्या सनाइएरहेका छन् । समाधान र संरक्षणन गर्ने ठाँउमा रहेका राजनिति दलका नेताहरु नै समस्या सुनाउने गर्छन, समाधान कसले गरिदिनेरु

तालको प्रबर्द्धनमा सबै एकताबद्ध हुनुको अर्को विकल्प नरहेको उनिहरुको भनाई थियो। ।सबैको साझा सम्पत्तिका रुपमा रहेको उक्त क्षेत्रको प्रबर्द्धनमा साझा सहमति, सहकार्य, समन्वय र एकाताका माध्यमबाट अगाडि बढ्नुपर्नेमा राजनिति दलका नेताहरुले जोड दिदै आएका छन् । यस्तै वृक्षारोपण कार्यक्रममा सहभागी सबैले तालको संरक्षण, प्रबर्द्धन र विकासमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिएका दिएको भएपनि अहिले सम्म परिणम भने उपलव्धि भने शु्न्य नै छ।

छेडेदह साहित्य प्रतिष्ठानले पटकपटक तालको प्रचार प्रसार संगै प्रबर्द्धन, संरक्षण र विकासका लागि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउनका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यतिबेला पनि दवाब दिनका लागि नै वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छेडेदह साहित्य प्रतिष्ठानका अध्यक्ष गणेश बुढा ९जिएन० ले बताएका छन् ।

तालको संरक्षण, प्रबर्द्धन, र विकासमा छेडेदह साहित्य प्रतिष्ठान सधै लागिपर्ने र सम्बन्धित सरोकारवाला निकायका व्यक्ति र निकायको ध्यानाकर्षण गराई दबाब सिर्जना गरिरहने अध्यक्ष बुढाको भनाई छ । उनले भने, “पहिलो कुरा त गाउँपालिकाले नै विशेष पहल गर्नुपर्छ, आफ्नो श्रोत साधनले भ्याए सम्म आफुले गर्ने हो, बाँकी उपल्लो निकाय र तहका व्यक्ति संग समन्वय, सहकार गरेर भएपनि तालको प्रबर्द्धन गर्नुपर्छ, यसको भन्दैमा जनप्रतिनिधिले मात्रै गर्नुपर्छ भन्ने त छैन, पहिरो नजिकै पुगिसकेको छ, यसको रोकथामलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, अर्को कुरा बिबादको कारण देखाउदै व्यवास्ता गरेको देखिन्छ, यो बिबाद गाउँपालिकाले मिलाउनुपर्छ, र आफ्नो स्वामित्वमा लिनुपर्छ”

उनको मात्रै यो माग छैन, अधिकांश युवाहरुको यहीँ आवाज छ। गाउँपालिकाले नै चासो नदेखाएको भन्दै पटकपटक आलोचना समेत हुँदै आएको छ । उसो त संघीयता पछिको एक कार्यकाल बितिसकेको छ । अर्को कार्यकालको पनि एक वर्ष बितिसकेको छ । तर पालिकाले न त बिबादा साम्य गर्नका लागि ठोस पहल चालेको छ नत तालको प्रबर्द्धनका लागि नै पहल गरेको देखिन्छ ।

पहिरोका कारण सम्पदा मासिने जोखिमः

पहिरोका कारण एक मात्रै गर्व गर्न लायक सम्पदा मासिने जोखिम छ । तालको छेउमा धेरै बर्ष पहिले देखी पहिरो बगिरहेको छ । पहिरो तालको नजिकै पुगिसकेको छ । छेडेदह ताल फुटन सक्ने सम्भाबना रहेको भन्दै त्यहाँका स्थानीय चिन्ता व्यक्त गर्छ्न । पटक पटक जनप्रतिनिधिको व्यापक आलोथना समेत हुँदै आएको छ । पहिरो तत्काल नियन्त्रण गर्नुपर्ने मागहरु उठिरहेका छन् ।

के भन्छन् त गाउँपालिका अध्यक्ष रावत रु

यता गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले तालको संरक्षण, प्रबर्द्धन र विकासका लागि आफु जनप्रतिनिधि नहुँदा पनि आवस्यक पहल गर्दै आएको दावी गर्दै जनप्रतिनिधि भैसकेपछि छेडेदह ताललाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताएका छन् । गाँउपालिकाले छेडेदह तालको प्रर्बद्धनलाई प्रमुख प्रथामिकतामा रखेको उनको भनाई छ । खप्तड छेडेदह गाउँपालिका को मुटुमै रहेको साझा सम्पत्ति का रुपमा रहेको छेडेदह तालको विकास र संरक्षणका लागि गाउपालिका सधै प्रतिबद्ध रहेको गाउपालिकाका अध्यक्ष दिल बहादुर रावतले बताएका छन् ।

साथै अध्यक्ष रावतले छेडेदह तालको नजिकै बगिरहेको पहिरोलाई आफ्नो कार्यकालमा अध्ययन अनुसन्धान गर्ने बताएका छन् ।पहिरो रोकथामका लागि डिपिआर र बिभिन्न आधुनिक टेक्नोलोजी को प्रयोग गरेर पहिरो रोक्नका लागि योजना बनाउने अध्यक्ष रावतको भनाई छ। छेडेदहताल लाई बाजुरा को प्रमुख पर्यटकीय स्थल पर्यटकहरुको लागि आकर्षित र यस ठाउँको आर्थिक विकास का निम्ति ठुलो महत्व रहेको पनि अध्यक्ष रावतको बिश्वास छ ।

अध्यक्ष रावतले भने अब जतिसक्दो छिटो बिबाद मिलाउने तयारीमा छौँ । बिबाद साम्य भयो भने काम गर्न पनि सजिलो हुन्छ” । तालको प्रबर्द्धनका लागि आवस्यक लगानी र उपल्लो निकायमा समन्वय र सहकार्य गर्न तयार रहेको पनि अध्यक्ष रावतले बताएका छन् ।आफ्नो कार्यकालमा तालको पर्यटन प्रबद्र्धनका लागि आफू पालिकाको तर्फबाट कटिबद्ध भएर लाग्ने र प्रदेश र संघ सरकार संग पनि समन्वय गर्ने अध्यक्ष रावततले प्रतिबद्धता छ ।

गाउँपालिकाको भावी रणनीतिः

अध्यक्ष रावतका अनुसार छेडेदह तालमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउनका लागि पर्यटकको आकर्षको केन्द्र बिन्दुका रुपमा विकास गर्ने, छेडेदह ताल परिसरमै क्याम्पस स्थापना गर्ने, राष्ट्रिय मापदण्डको खेलमैदान निर्माण गर्ने, र छेडेदहको मुख्य आमदानीको श्रोतका रुपमा विकास गर्ने भावी रणनीनी रहेको छ ।

प्रेम जोडिहरुका बिशेष आकर्षककको केन्द्र बिन्दु बन्दै छेडेदह तालः

पछिल्लो समय सो ताल प्रेम जोडिहरुका लागि उद्गम स्थल जस्तै बन्न पुगेको छ । प्रेम जोडिहरुले विशेष ठाउँका रुपमा पनि लिने गरेका छन् । आफैमा प्रकृतिले नै प्रेम आकारको बनाइदिएको छ । तालकै छेउमा मन्दिर पनि रहेको छ । प्रेम जोडिहरुले उक्त मन्दिरमा आफ्नो मनोकानक्षा पूरा होस भन्दै दर्शन समेत गर्छन् । विशेष गरेर हरेक बर्ष श्री कृष्णजन्माअष्टमीको दिनमा करिव २५०० बढी आन्तरिक पर्यटकहरु सो तालमा घुम्न आउने गर्दछन। यो नरन्तर बढ्दो क्रममा छ ।

लभ आकारको देखिने प्रेमिल ताल छेडेदह विशेष गरि प्रेम जोडीहरुका लागि पर्यटकिय गन्तव्य जस्तै बनेको छ । प्रेमी प्रेमीकाहरु आउने, तस्बिर कैद गर्ने, टिकटक बनाउने र छेडेदह तालको सुन्दरता संगै रमाएर सुखदुःखका कुराकानी गर्दाको अर्कै आनन्द महसुस हुने त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरु बताउन्छन् ।छेडेदह तालको मनोरम दृश्य, हरियाली बनजङ्गलको दृश्यले जोकोहीको मन लोभ्याउने गर्छ । बुढीगंगा, त्रीवेणी नगरपालिका, छेडेदह गाउँपालिकाका विभिन्न ठाउँबाट त्यहाँ आन्तरिक पर्यटकहरु पुग्ने गरेको भएपनि बेलुका सस्ती खेपेर फर्किनु पर्ने बाध्यता छ । बनभोज खानेहरु समेत टाढाटाढा आउने गरेका छन् । टाढाटाढाबाट त्यहाँ पुग्नेहरु रमाइलो गर्ने उदेश्यले आएका भएपनि सामान्य बत्तिको व्यवस्था समेत नहुँदा खिन्नता बोध गरेर फर्किन्छन् ।

प्राकृतिक सौन्दर्यताले भरिपुर्ण पर्यटकको प्रखाइमाः

प्राकृतिक सौन्दर्यताले भरिपुर्ण पर्यटकीय सम्भावना बोकेको स्वोर्गको टुक्रा तीन वटै तहका सरकारको नजरमा पर्न नसकेको प्रकृतिको एक मात्र अनुपम उपहार छेडेदह ताल हो । यो ताल पर्यटकको प्रखाइमा रहेको छ ।छेडेदह ताल मार्तडी थामलेख सडक खण्डको छेउमै पर्ने गर्छ । रारा खप्तड पैदल यात्रासँगै जोडिएकोले तालको महिमा बढी छ ।

तर संरक्षण अभावमा यसको महत्व ओझेलमा छ । तल हेर्दा पनि निकै सुन्दर देखिन्छ ।चारैतिर हरियाली बनजङ्गल सुन्दर डाँडापाखाले घेरिएको र बिचमा रहेको सो तालको दृश्य देख्ने बितिक्कै जो कोहिको मन लोभिने गर्छ । सुन्दर ताल संगै वरपरको मनोरम दृश्यले नै पर्यटकहरुको मन लोभ्याई दिने गर्छ । विशेष गरेर बर्षातको समयमा तालको आकार पनि बढ्ने र संगै हरियाली बनजंगल सुन्दर दृश्य अझै रोमाञ्चक देखिने गर्छ । प्राकृतिक सौन्दर्यताको खानी सो ताल घुम्न आउने आन्तरिक पर्यटकहरु कहिले रोकिदैनन् ।

पुष माघमा हिउँको तन्न्ना ओछ्याएर पर्यटकहरुको प्रखाइमा बसिरहने लभ दहस्

पुष माघमा हिमपात सुरु भएपछि आफैमा पनि सो ताल आसपासका क्षेत्ररहरु हिउँको तन्न्ना ओछ्याएर पर्यटकहरुको प्रखाइमा पर्खिरहेको हुन्छ।अझ हिउँदे याम सुरु भएपछि सो ताल नजिक आसपासका बाक्लो हिमपात हुने गर्दछ । सो तालबाट जिल्लाका र छिमेकी जिल्ला अछाम बझाङका हिउँले छिपिएका सेताम्य सुन्दर डाँडापाखाहरुको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

सो ताल पुग्न जंगलको बाटो हुँदै जानुपर्ने हुन्छ । हरियाली संगै घनघोर जंगलमा चराहरुको चिरबिर आवाज संग रमाउदै सो तालमा पुगेर चिसो सेरोठो सिरबिर हावा संगै अति नै रोमाञ्चक र रमणीय दृश्य देख्न पाउँदा स्वर्ग पुगेको अनुभुती हुने गरेको त्यहा घुम्न आउने आन्तरिक पर्यटकहरु बताउन्छन् । घण्टौ सम्मको पैदल यात्रा पछि सो ठाउँमा पुगेका पर्यटकहरु यात्रामा जतिसुकै दुखकष्ट भएपनी तालको मनोरम दृश्यलाई एकछिन मात्र नियाल्न पाउदा मनमा आनन्द महसुस हुने बताउन्छन्।

सुदूर पहाडका ९ वटा जिल्लाहरु मध्यको बाजुरा जिल्ला प्राकृतिक सौन्दर्यताले आफैमा समृद्ध छ । बाजुरा जिल्ला दुर्गम अनि बिकट तर सम्भावना नै सम्भावनाको खानी हो । जिल्लामा धार्मिक एवम प्राकृतिक दृस्टिकोणले पर्यटकिय ने देखिन्छ । सम्भावना बोकेको बडिमालिका मन्दिर , बिरे खोला झरना, नाटेश्वरी मन्दिर, बुढिनन्दा ताल, पोरखे लेख, रानिसैन् डाँडासैन्, किम्निछडा, कर्णाली नदी, कालाजग्रा,बडालेख मन्दिर लगायत प्रकृतिका अनुपम उपहार मध्यको एक छेडेदह ताल, पनि हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण अलौकिक पर्यटकिय सम्भावना बोकेका क्षत्रहरुले ठुलो टेवा पुग बाजुरा जिल्लालाई समृद्ध बनाएको हुन् । जुन सम्भावनाहरुको संरक्षण र प्रर्वद्धन गर्न सकेमा जिल्लाको आर्थिक बिकासमा ठुलो टेवा पुग्ने देखिन्छ ।किनारा न्यूजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!