युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
651 पटक पढिएको

बाजुरा/   जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकामा मानव अधिकार जलवायु परिवर्तन र लैगिंक न्यायसम्बन्धी सरोकारवाला निकायसंग बहुपक्षिय संवाद कार्यक्रम भएको छ । एक औपचारीक कार्यक्रमका बिच जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरीएको थियो । कीओस फाउण्डेशनको सहकार्य, राष्ट्रिय मानव अधिकार आयोगको समन्वय र युथ एड्भोकेसी नेपालको आयोजना उक्त कार्यक्रमको आयोजना गरीएको आयोजक युथ एड्भोकेसी नेपालले जनाएको छ ।

बडिमालिका नगरपालिकाको सभाहलमा संञ्चालन भएको उक्त बहुपक्षिय संबाद कार्यक्रममा जलवायु परिवर्तन,मानव अधिकार र लैगिंक न्यायले मानव समुदाय क्षेत्रमा पारेको प्रभावका बिषयमा छलफल गरिएको थियो । जलवायु परिवर्तन,मानव अधिकार तथा लैंगिक न्यायले मावन समुदाय तथा वातावरणिय क्षेत्रमा पारेको प्रभावका बिषयमा उक्त कार्यक्रममा जनचेतानामुलक भिडियो मार्फत सबै उपस्थित सरोकारावालाको ध्यानाकर्षण समेत गराईएको थियो । सन्देशमुलक जनचेतना फैलाउने उक्त भिडियोबाट जलवायु परिर्वतनले मानव समुदाय तथा वातावरणि क्षेत्रमा पार्ने प्रभावका बिषयमा जानकारी लिन ठुलो सहयोग मिलेको उपस्थित सरोकारवालाहरुको भनाई रहेको थियो । अहिलेको वर्तमान अबस्थामा जलवायु परिर्वतनले नेपाल जस्ता न्युन आर्थिक तथा कम आय स्रोत भएका देशहरुमा यसले ठुलो प्रभाव पारेको देखिन्छ । पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदै गइरहेको ,हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरले जलवायु परिर्वतनमा निकै असर परेको कार्यक्रममा बोल्ने बक्ताहरले बताएका थिए ।

सन् १९६० को दशकपछि पृथ्वीमा भएको द्रूत औद्योगिक विकास तथा जनसङ्ख्या बृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको पाइन्छ । जीवावशीष इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका साथै वनजङ्गलको विनास भई जलवायु परिर्वतन निकै बढेको पाइन्छ । जलवायु परिर्वतनका कारण पृथ्विको तापमानमा बृद्धि हुनु,भनेको समयम पानी नपर्नु,अनाबृष्टि,अल्पबृष्टि,अतिबृष्टि जस्ता समस्या देखा पर्दे गएका छन । यसको न्युनिकरण गर्न तथा मानव समुदायमा जलवायु परिर्वतनका बारेका उचित ज्ञान दिन आबश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको भनाई रहेको थियो । सबै स्तरमा जलवायु परिर्वतनले पारेको प्रभाव,यसबाट बच्ने उपाय,तथा यसलाई कसरी न्युनिकरण गर्ने भन्ने बिषयमा जानकारी दिन गाँउ समुदायमा निकै आबश्यक रहेको समेत उहाँले बताएका थिए ।

जलवायु परिर्वतनले मानव समुदाय तथा वातावरणिय क्षेत्रमा पारेको प्रभाव,त्यसको असरका बारेमा आम जनसमुदायमा जलवायु परिर्वतनको असर कसरी न्युनिकरण गर्न सकिन्छ,लगायत नितिगत योजनाहरु बनाई अगाडी बढ्नुपर्ने आबश्यकता रहेको पिसविन नेपाल बाजुराका कार्यक्रम संयोजक महेश जोशीले बताएका थिए । उनका अनुसार जलवायु परिर्वतनको असर कम गर्न वातावरलाई असर पार्ने नकारात्कम ग्याँसहरुको कम उत्पादनमा जोड दिन पनी आबश्यक रहेको उहाँले बताएका थिए ।विश्वव्यापीरूपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको भएतापनि नेपालमा भने खासै यसबारे कुनै यर्थात ध्यान नदिदा नेपालमा जलवायु दिनप्रतिदिन बढ्दै गएको कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई रहेको थियो ।जलवायु परिर्वतन गराउने प्रमुख कारण भनेकै कार्बन डाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको र औद्योगिक मुलुकले कार्बन डाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूले यसलाई खप्नसक्ने हैसियत प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नु परिरहेको छ।

नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको हुन्छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो। त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको हुन्छ । हिमतालको निर्माण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबभन्दा प्रभाव मान्न सकिन्छ । जलवायु परिर्वतनले हिमताल फुट्ने,आधी बेहरी चल्नेुस्ुनामी आउने जस्ता समस्याको सिर्जना गर्दछ । नेपाल त्यसैमा हिमतालको जोखिम देश भएका कारण नेपालमा जलवायु परिर्वतनको असर निकै रहेको पाइन्छ । नेपालमा २० वटा त्यस्ता खतरनाक ताल छन् जो कुनै पनि बखत फुट्न सक्दछन् यस्ता तालहरुलाई झन यो जलवायु परर्वतनले ठुलो असर गर्ने गर्दछ । जलवायु परिवर्तनले गरीबीलाई अझ जोखिममा पार्दछ र सीमान्तकृत एवं जोखिममा परेका समूहलाई अझ कठिनाइको भुमिरीमा पार्ने गर्दछ ।जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको प्रमुख आतिथ्यमा सुरु भएको उक्त बहुपक्षिय संवाद कार्यक्रममा नगरपालिकाका निमित्ति प्रमुख प्रशासकिय अधिकृत हिक्मत रावल, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, नगर स्तरिय युवा संजालका प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख एवम् प्रतिनिधि, सुरक्षाकर्मी पत्रकार लागयतको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!