युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
110 पटक पढिएको

बाजुराः  बाजुरा नेकपा एमालेका दुई नेता एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा र नेकपा एमाले केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज लाल बहादुर थापा बिचको चरम गुटबन्दीका कारण सिंगो पार्टीलाई असर पर्दै गएको देखिएको छ ।दुबै नेता बिचको विवाद निकै सतहमा पुगेको छ । नेकपा एमाले बाजुराको जिल्ला अधिबेशन नजिकिए स‌गै दुई थापा बिचको गुटबन्दी तथा दुरी बढ्दै जाादा पाटीलाई निकै असर पर्ने देखिएको छ । दुई थापाहरुको गुटबन्दीका कारण सिंगो पार्टीलाई नै असर देखिएको एमाले कार्यक्रताहरुको भनाइ रहेको छ ।दुई थापाका नेता कार्यकर्ता अहिले एक अर्काको बिरोधमा उत्रिएका छन् । एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले पालिकामा कार्यकर्ता भेटघाट गरेको कार्यक्रममा लाल बहादुर थापा पक्षधरका नेता तथा कार्यकर्ताहरु सहभागी नै नभएको पाइएको छ ।

एमाले स्थायि कमिटी सदस्य कर्ण बादुर थापा बाजुरा पुगिसकेपछि जिल्लाका बिभिन्न् पालीकाहरुमा कार्यक्रर्ता भेटघाट तथा छलफल कार्यक्रममा सहभागि भए । तर अर्का नेता लाल बहादुर थापा तिरका पक्षधरहरु भने सहभागी नै नभएको पाइएको छ । गौमुल गाउँपालिकामा स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाको कार्यक्रर्ता भेटघाट कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि पार्टी उपसचिब हरि बहादुर रोकाया, गाउँ कमिटि अध्यक्ष देब बहादुर रोकाया लगायतले बहिष्कार गरेका थिए । पालिकामा स्थायी कमिटि सदस्य आउँदा लाल बहादुर थापा समर्थक नेता तथा कार्यकर्ता सहभागि मात्र भएनन्, अरुलाई समेत नजान निर्देशन दिएको
एमाले एक स्रोतले जानकारी दिएको छ ।

 

हिजो सदरमुकाम मार्तडीको बडिमालिका नगरपालिकामा बडीमालिका नगर कमिटिले एमाले पार्टी कार्यालयले स्थायी कमिटी कर्ण थापाको प्रमुख अतिथिमा गरेको कार्यक्रममा लाल बहादुर थापा समर्थक नेता कार्यकर्ताले बहिष्कार गरेका छन्,अर्थात लाल बहादुर थापा तिरका पक्षधरहरु सहभागी नै भएनन् । नगर कमिटि अध्यक्ष धर्मराज पाध्याय सदरमुकाम मार्तडीमा हुँदा पनि कार्यक्रममा सहभागी भएनन् । कार्यक्रमको अध्यक्ष नगर कमिटि उपसचिब कालु रावलको अध्यक्षता भएको थियो । लाल बहादुर थापा निकट मानिने पार्टी कार्यालय सचिव काशी विक लगायत जिल्ला कमिटि सदस्य तथा नगर कमिटिका पदाधिकारी पनि सो कार्यक्रममा सहभागि भएनन् ।

लाल बहादुर थापाले नेता तथा कार्यकर्तालाई सहभागी नहुन निर्देशन दिएको बताइएको छन । बडीमालिका नगर कमिटिले आयोजना गरेको कार्यक्रममा संविधान सभा सदस्य बसुन्धरा रोकाया, एमाले जिल्ला कमिटी सचिव भरत थापा लगायत कर्ण थापा समर्थक नेता तथा कार्यकर्ता मात्र सहभागी भएको पाइएको छ । । जिल्ला कमिटी उपसचिवद्धय हरि बहादुर रोकाया र जनक कुमार बोहोरा लगायत जिल्ला स्तरका नेता सदरमुकाम मार्तडीमा भएपनि कार्यक्रममा सहभागी भएका थिएनन् ।एउटै पाटी भित्र बिभिन्न गुटका कारण एकले अर्कोलाई खिचातानी गरीरहेको हुँदा यस्तो अबस्थाले सिंगो पाटीलाई समेत निकै धक्का पुग्ने देखिएको छ । पाटीभित्रकै मानिसहरुमा को भन्दा को कम भन्ने मनसायले पाटीलाई असर पर्ने देखिएको हो ।

सदरमुकाम मार्तडीमा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य थापाले पार्टी भित्र गुटबन्दि मौलाउदै गरेको बताएका थिए। यसरी पाटी भित्रै गुट उपगुट हुँदा पार्टीलाई असर पर्ने समेत उनले बताएका थिए । यसरी गुट उपगुट गरेर एकाको खेदो अर्कोले खनेर केहि फाइदा नहुने बरु मिलेर अगाडी बढे सिंगो पाटीलाई सहजता मिल्ने उनको भनाई थियो । उनले कार्यक्रममा बोल्दै यति पनि भनेका थिए यसरी पाटीभित्र गुट उपगुट गरेर,नराम्रो मनसायले पाटीलाई हेरेर,पार्टीभित्र भ्रमको खेती गर्ने, अराजकता र अनुशासन हिनता गर्ने जो कोहिलाई पनि आफुबाटोमा हिड्न नसक्ने बनाउने समेत बताएका थिए । अहिले दुई थापा बिचको विवाद सतहीमा पुगेपछि कार्यकर्ता बिच खुलेआम विरोधमा भईरहेको छ । केही कार्यकर्ता भने यसले पार्टीलाई अन्योलमा पारेर पार्टी कमजोर बनाउने बताउदै आएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!