युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
54 पटक पढिएको

संगिता तिमिल्सेना, बाजुराः    बाजुराको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको धुलाचौरमा ड्रयागन खेती गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ धुलाचौरमा स्थानिय बिष्णु राज पाण्डेले करिब ४ रोपनीमा ड्रयागन खेती गरेका छन् । उनले हिमाली बहुउद्देश्यीय कृषि फर्म मार्फत कृषि ज्ञान केन्द्र बाजुराको सहकार्यमा ड्रयागन खेती सुरु गरिएको बताए ।

ड्रयागन खेतीका लागि हिमालीको धुलाचौरको माटो परिक्षण गरी सो खेतीका लागि त्यो ठाँउ उपयुक्त भएकाले कृषि ज्ञान केन्द्र बाजुराले सहकार्य गरी स्थानिय कृषक बिष्णु पाण्डेले ड्रयागन खेती गरेको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मिनप्रसाद जैशीले बताए । आर्थिक वर्ष २०७९÷०८० मा ४ लाख ७० हजारको अनुदान रकम दिएको र बाँकी ४ लाख कृषक पाण्डेले लगानी गरेको उहाँको भनाई छ ।

कृषि ज्ञान केन्द्र बाजुराको ५० प्रतिशत अनुदान रकमले चितवनबाट ड्रयागन फलफूल बिरुवा ढुवानी र खरिद गरेर गत जेठबाट खेती सुरु गरि ८ सय बोट रोपिएको र अहिले सम्म ४÷५ बोट सुकेपनि बाँकी बोटहरु हुर्कदै गएको कृषक पाण्डेले बताए । पाण्डेले भने ‘लगाएको एक वर्ष पुरा भयो, अब अर्को बर्षको साउनदेखि असोज महिना फल्ने गरी लागिपरेको छु, यसलाई प्रति किलोग्राम २ सय देखि ४ सय सम्म पर्छ ।

त्यस्तै जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं ३ जुकोटका ४५ वर्षीय अन्तिमजङ्ग शाहीले पालिकाको वडा नं ४ खोलीकुनामा आफ्नै नमुना कृषि फर्म सञ्चालन गरी ड्रयागन खेती सुरु गरेका छन् । कृषि फर्म सञ्चालन गर्नुको उद्देश्य आम्दानी मात्रै नभई स्थानीय युवाहरुको विदेश जाने मोह घटाउने पनि रहेको बताउने शाहीले‘मिहिनेत गरे आफ्नै गाउँठाउँमा अनेक सम्भावना छन् भन्ने सन्देश दिनका लागि पनि आफ्नै गाउँमा कृषि फर्म स्थापना गरेर सो खेती सुरु गरेको बताए ।

खोलीकुनामा शाहीले करिब २३ लाख लगानीमा जग्गा खरिद गरेर २० लाख लगानी गरी फलफुलका बिरुवा लगाएका छन् । उनको कृषि फर्ममा स्याउ, ओखर, केरा, कागती, ड्रयागन, एभोकाँडो, किभी, ओखर, लिची, अम्बा, आँप, सखरखण्ड, श्रीखण्ड, तरकारी र पशुपालन तर्फ हाँस, कुखुरा र टर्की पालन गरिएको छ भने ड्रयागन खेतीलाई प्राथमिकतामा रोखेर व्यवसाय अगाडी बढाइएको उनको भनाई छ ।

ड्रयागन फल फलफुल र औषधीका रूपमा पनि लिन सकिन्छ भने यसलाई तरकारीका रुपमा खान पनि धेरै उपयुक्त मानिन्छ । ड्रयागन फलले मानिसमा क्यान्सर रोगसंग प्रतिस्पर्धा गर्ने शक्तीको विकास गराउनुका साथै उच्च रक्तचाप घटाउने पनि गर्दछ । साथै यसको नियमित प्रयोगले मानव शशिरको बिषालु पदार्थलाई हटाउने, अनुहारको छाला सुन्दर बनाउने, आँखा तेज बढाउने समेत काम गर्ने कृषि विज्ञहरुको भनाई छ । मानव शरीरमा भएका हड्डी र दातलाई बलियो बनाउने काम पनि यसको नियमित प्रयोगले गर्ने गर्दछ ।

ड्रयागन खेती अन्य विभिन्न ठाउँमा कृषकहरुले व्यवसायको रुपमा गरिरहेको भएपनि बाजुरामा भने यो पहिलो खेती भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । परिक्षण अनुसार बाजुराका पनि विभिन्न ठाँउ यो खेतीका लागि उपयुक्त भएको र अहिले परिक्षणका लागि धुलाचौरमा खेती गरिएको र यसको नतिजा अनुसार अन्य स्थानमा पनि यो खेतीको बिस्तार गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!