नेपाली साहित्यमा मुक्तक छोटो र मीठो अभिव्यक्ति दिने साहित्यिक विधा हो । धेरै स्रष्टाले मुक्तक रचना गर्ने र वाचन गर्ने गर्छन् । कतिपय स्रष्टा साहित्य सिर्जनाको रहरले सैद्धान्तिक जानकारीबिना नै मुक्तक लेखिरहेका छन् । त्यसले गर्दा मुक्तक जति चोटिलो हुनुपर्ने हो त्यस्तो नहुन सक्छ, लेख्दा देख्दै केहि मिस्टेक पनि हुनसक्छन्। तर मुक्तक लेखिसकेपछी प्रायः बढीजसो दोष नभेटीएको राम्रो र मुक्तक प्राय बराबर साईजमा लेखेको राम्रो मानिन्छ ।
गोबिन्द्र राज तिमिल्सेना ( कुसुम कान्छो)का उत्कृष्ट केहि मुक्तकहरु
१ः गोरी होइन यहाँ काली तान्नुपर्छ
सानी नभई ठुलीठाली तान्नुपर्छ
किन दुख गर्नु अरुलाई आखिर ,
आफ्नै दाई कि साली तान्नुपर्छ ।।
२ःजिन्दगीमा पढ्न कहिल्यै नछोड
उकालीमा चढ्न कहिल्यै नछोड
जस्तो सुकै बाधा आए पनि हेर,
तर अगाडी बढ्न कहिल्यै नछोड।।
३ः मलाई देख्दै सारा डराउनेहरु छन्
बिच बाटोबाटै पनि हराउनेहरु छन्
किन होला मलाई मात्रै भन्न सकेको,
राम्री देखे त सबै मन पराउनेहरु छन्।।
४ः सँगसँगै बाँचौला भनि वचन दिए आज
खुसि नै राँखौला भनि वचन दिए आज
जस्तोसुकै बाधा अप्ठ्यारो आएता पनि,
मिलेर सँगै हाँसौला भनि वचन दिए आज।।
५ः मिलेको त्यो साथको किन कुरा काट्छन्
हरेक ठाउँमा जातको किन कुरा काट्छन्
दुनियाँका मानिसहरु पनि कति स्वार्थी हुन्,
सुनसान अध्यारो रातको किन कुरा काट्छन्।।
६ः हार्न लाग्दा जिताउन आउँनु तिमी
जुनिभर साथ बिताउन आउँनु तिमी
दुनियाँमा कुभलो कसैको पनि नगरी ,
सकेसम्म भलो चिताउन आउँनु तिमी ।।
७ः म दुखिलाई पनि लुटेर गए
भएका साथि सबै छुटेर गए
जिन्दगीमा खुसि साथ बाच्ने,
सपनाहरु पनि सबै टुटेर गए ।।
८ः यताबाट उता सरिन्छ रक्सि धेरै खानु हुन्न
नत्र कहाँ गएर मरिन्छ रक्सि धेरै खानु हुन्न
आफुलाई केही पनि थाहा हुन्न हेर तालमा,
कसैको नराम्रो गरिन्छ रक्सि धेरै खानु हुन्न।।
९ः फलाम जस्तै गरि म खिएर जान्छु
ठुलाठालु कुट्न रक्सि पिएर जान्छु
जसले मलाई नराम्रो नरजले हेर्छ्न,
मार्न भनि हातमा छुरि लिएर जान्छु।
१०ः काम छैन सबैको गालि खाएर जान्छ
घर बुढि कुट्न एक प्याक लाएर जान्छ
चुपचाप लागेर बसेको भए पनि हुन्थ्यो,
बिना अरुको हातबाट हनाई पाएर जान्छ।।
११ः तिम्रो कोहि मन पर्ने भए माया गर्छु भन्
आफ्नो नजिक सर्ने भए माया गर्छु भन्
जुनिभर दुख दिने मान्छेलाई होईन् बरु,
सधैभरी नै खुसि छर्ने भए माया गर्छु भन्।।
१२ः हावाहुरी चल्यो अब के हुने होला
बस्ने घर जल्यो अब के हुने होला
भाग्यमा नि कस्तो लेखिएको रहेछ,
जिन्दगिले छल्यो अब के हुने होला।।
१३ःनाता साईनो तोडिएला बिचार गर है
बाटो अन्तैतिर मोडिएला बिचार गर है
अहिले सम्म पनि सम्हालेर राखेका छौ,
दिलको तस्बिर फोडिएला बिचार गर है ।।
१५ःचोखो माया त हामी लाउँलानि है
घुम्नको लागि टाढा जाउँलानि है
झनझन माया गाढा हुन्छ भन्छन्,
एक अर्काको जुठो खाउँलानि है।।
१६ःमाया गर्ने उनैलाई बिहे गर्नु पर्छ
मन पर्ने उनैलाई बिहे गर्नु पर्छ
सोचे भन्दा टाढा जाने भन्दा नि,
नजिक सर्ने उनैलाई बिहे गर्नु पर्छ।।
– मुक्तककार गाेबिन्द राज तिमिल्सेना ( कुसुम कान्छाे)