युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
95 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना, बाजुराः  पछिल्लो समय जिल्लामा परम्परागत पानीघट्ट संकटमा पर्दे गएका छन् ।प्रविधिको विकास भएसंगै परम्परागत पानीघट्ट हराउदै जान थालेका छन् । गाउँघरमा पिसानी सहज गर्नका लागी बनाइएका पानीको सहायताले चल्ने घट्टहरु अहिले लोप हुँदै गएका हुन् । पहिलेको जस्तो आजभोली गाउँघरतिर यस्ता पानी घट्ट बिस्तारै देखिनै छाडेका छन् । विभिन्न विद्युतीय सामग्री आउन थालेपछि यस्ता खालका परम्परागत प्रविधिको लोप हुदै गएको स्थानियहरुले बताउने गरेका छन् ।

काठको लामो मुडालाई ताछेर गहिलो (खोपिल्टो)  बनाई ओरालोमा उक्त बनाइएको काठको सामाग्री बिसाई त्यसमा पानी लगाएर घट्ट चलाउने प्रचलन रहेको छ । उक्त काठको सामाग्रीलाई स्थानिय भाषामा (पदालो ) भन्ने गरीन्छ उक्त पदालोमा खोलाको पानी हालेर ढुङ्गाको जातो बनाई काठकै सामाग्री जसलाई स्थानिय भाषामा (फेदडो)  भनिन्छ । उक्त फेदडोमा माथिबाट ढुङ्गाको जातो खोपेर बियो हालिन्छ र पदालोमा पानी लगाई पानीले फेदडो घुमाउँछ र घट्ट घुम्न थाल्दछ जसको सहयताले गाउँघरमा उत्पादन गरीएका कोदो,गहुँ,मकै,भटमास लगायत अन्य साम्रागी पिन्न सहयोग गर्दछन् । खुब मेहनतका साथ बनाइएका यि परम्परागत प्रविधि अहिले बिस्तारै संकटमा पर्न थालेपछि अन्य प्रविधिहरु पनि हराउने स्थानियहरुमा चिन्ता समेत बढेको छ ।

अहिले पनि गाउँघरका कुनै÷कुनै ठाउँमा पानीघट्ट भेट्न सकिन्छ तर पहिलेको जस्तो धेरै मात्रामा यस्ता घट्टहरु भेट्न निकै गाह्रो पर्दछन् । किनकी अहिले सबै मानिस बिलासी जिवनमा निर्भर भएका कारण सिधै प्रविधिको सहायताले कुटानी पिसानी गर्ने हुँदा यस्ता प्रबिधि हराउन थालेका हुन् । मेहनत गर्नु झन्झट मानेर मानिसहरु पैशा तिरेर भए पनि मिलहरुमा कुटानी पिसानी गर्दा यि प्रविधि संकटमा परेका छन् । पानीघट्टमा कुटानी पिसानी गर्दा अन्य प्रविधिको जस्तो खर्च गर्नु नपर्ने,धेरै लागत पनि नलाग्ने तर मेहेनत चाहि बढी लाग्ने हुन्छ । पानीघट्टको सहयातले अन्न पिस्दा स्वादिष्ट परिकार हुने जुन प्रविधिको मिलमा पनि नहुने स्थानियको बुझाई रहेको छ । तर मानिसहरु सुबिधा खोज्नको लागी मिलतिर जाने हुँदा यस्ता प्रविधि अहिले ओझेलमा पर्दै आएका छन् ।

 

जिल्लाको बडिमालिका नगरपालिका वडा।७ चुथीमा लामो समयदेखि पानी घट्ट सञ्चालन गर्दे आएका स्थानिय कंञ्जरे ल्वार भन्छन्,अहिलेको समयमा यि प्रविधि हराउनु को प्रमुख कारण भनेको प्रविधिको बिकाश हुनु हो,प्रविधिको बिकाश भयो बिभिन्न यन्त्र उपकण आउँन थाले अनि मानिसहरुले झन्झट मानेर मिलमा लगेर अन्न कुटानी पिसानी गर्न थाले त्यहिभएर यि प्रविधि हराउँर्दै गएको उनले बताएका छन् । यसमा मेहेनत धेरै लाग्छ,तर प्रविधिले बनाएका यन्त्रमा मेहेनत धेरै लाग्दैन्,अहिलेको जमानामा मासिहरु बिलासी जिवन जिउँन चाहन्छन् त्यसकारण प्रविधि यन्त्रमा अन्नहरु पिसानी गर्ने हुँदा यस्ता पानी घट्ट लोप हुदै गएको उनको बुझाई रहेको छ । आफुले करिब लामो समयदेखि अहिलेसम्म पनि पानी घट्ट संञ्चालन गरिरहेको छु, बडो मेहेनतका साथ दिनरात नभनी स्थानियलाई नै कुटानी पिसानी गर्न सहज होस् भनेर लागी परेको छु यहाँ पहिले धेरै घट्टहरु संञ्चालनमा रहेका थिए तर अहिले सबै प्रविधिको भरमा पर्दा बनाइएका घट्टहरु पनि संकटमा पर्न थालेको उनले बताएका छन् ।

 

शहर बजारतिर मिलहरुको ब्यबस्था भएको भएपनि गाउँघरतिर खासै यस्ता मिलहरु उपलब्ध हुदैनन् त्यहि भएर सबै स्थानियको सजिलोको लागी पानीघट्ट सञ्चालनमा अझै ल्याईराखेको उनको भनाई रहेको छ । बषातको समयमा बाढी पहिरोले बितण्डा गर्छ,घट्ट पनि संञ्चालनमा ल्याउन सकिदैन ,खुब मेहेनत गरेर बनाए पनि रातभरी आएको बर्षा संगै बाढीले बगाएर लिदा समस्या हुने गर्छ ,नत्र अघिपछिको समयमा खासै समस्या नहुने गरेको उनको भनाई रहेको छ । उनले चुथी नजिकै कालीका आधारभुत बिद्यालय जोड्ने पुलको छेउमै पानीघट्ट सञ्चालन गर्दै आएका छन् । दैनिक राम्रो ढङ्गले चलेको खण्डमा एउटा परिवारको जिविकोपार्जन हुने उहाँको भनाइ रहेको छ । कहिलेकाहीँ बर्षातको समयमा स्थानियको अन्न पिस्ने लामो भिड लाग्दा अलि बढी फाइदा पनि हुने उनको भनाई रहेको छ । दिनहुँ दुई देखि चार जनाासम्म दैनिक अन्न पिस्ने मानिसको खाँचो नहुने पनि उनले बताएका छन् । आफुले सकि नसकी पानीघट्ट चलाएको छु,तर अन्य ठाउँमा बनाइएका घट्ट पनि नचल्दा आफुलाई निकै दुःख लाग्ने गरेको उनको भनाई रहेको छ । पहिले देखि नै पुर्खाले गर्दे आएको यो पेशा आफुले छोड्न नसकेको उनको भनाई रहेको छ ।

 

पछिल्लो समय प्रविधिको बिकाशले पानीघट्ट मात्रै नभई ढिकी,जातो,लगायतका अन्य निगालोबाट बन्ने प्रविधिहरु पनि बिस्तारै हराउन थालेका छन् । प्रविधिको विकाश नहुनु भन्दा अगाडी कुटानीपिसानीका लागि पानीघट्टमा मानिसहरुको लाइन लाग्थ्यो तर अहिले मानिसहरु पानीघट्टमै आउँन छोडेको बडिमालिका नगरपालिका वडा।नं ७ रजातोलीमा पानीघट्ट चलाउदै आएका स्थानीय आदिचन्द पाध्याय बताउनुहुन्छ । आफुले पनि लामो समय भयो पानी घट्ट संञ्चालन गरेको तर पहिलेको जस्तो खासै मानिसहरु नै आउँदैनन नजिकैको मिलमा गएर अन्न पिस्ने गर्दा यि प्रविधि बिस्तारै लोप हुदै जाने सम्भावना बढेको उनको भनाई रहेको छ । पहिले गाउँघरतिर थुप्रै मात्रामा यस्ता पानीघट्ट धेरै मात्रामा भेटिन्थे तर आजभोली देखिनै छाडे,सबै सुलभ सेवा पाउँन प्रविधि तर्फ जोडिन थाले त्यहिभएर पनि यस्ता प्रविधि लोप हुदै जान थालेको उनको भनाई रहेको छ । पहिले आफ्नो पानीघट्टमा अन्न पिस्न आउँनेको लामो भिड हुन्थ्यो तर आजभोली दिनभर पानीघट्ट रित्तो हुन्छ कसैको पनि चहलपहल हुन्न ,यो अबस्था देख्दा दुख लाग्ने गरेको उनको भनाई रहेको छ । यस्ता प्रविधि लोप हुनु उनले पनि त्यहि प्रविधिको बिकाशले नै भएको बताउनुभएको छ ।

अहिले हरेक बस्ती–बस्तीमा विद्युतको पहुँच पुगे संगै मिलहरुको विकाशले यि परम्परागत प्रविधि संकटमा पर्न थालेका छन् । जिल्ला बाजुरामा पहिले सबै ठाउँमा यत्रतत्र रुपमा देखिने पानीघट्ट अहिले बिस्तारै हराउँदै गएका छन् । शहरमा मात्रै नभई अहिले ग्रामीण क्षेत्रमा विद्युत् तथा पेट्रोलियम पदार्थबाट चल्ने मिलको प्रयोग हुन थाले पछि यि प्रविधि लोप हुँदै गएका छन् । घट्टमै आँटो पिठो पिसेर उपभोग गर्ने स्थानिय अहिले दिनानु दिन मिल सञ्चालनमा भएको ठाउँमा दौडधुप गर्ने गरेका छन् । मिल संञ्चालनमा आएसंगै पानीघट्ट प्रयोगविहीन बनेको छन। अहिले प्रयोगविहीन बनेको घट्ट जीर्ण बन्दै गएका छन् । प्रविधिको विकाशले मिल आएसंगै पानीघट्टको प्रयोग घटेपछि स्थानिय पाघट्ट चालक मर्कामा परेका छन् । घट्टमा मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट एक–दुई मुठा हुुदै धुलो उठाउने गर्थे । त्यहीबाट कतिपयले परिवार चलाउने गर्थे अहिले त्यो अबस्था पनि रहेको पाइदैन् ।

 

गाउँघरतिर संञ्चालनमा रहेका पानीघट्टले पिसेकोे धुलाको परिकार खादा शरिर पनि हिस्टपुष्ट हुने,शरिमा तागत लाग्नुका साथै घट्टमा पिसेको अन्नको ढिडो निकै राम्रो मानिन्थ्यो तर अहिले सबै मिलमा भर पर्ने हुँदा समस्या हुने गरेको पुर्खाहरुको भनाई रहेको छ । प्रविधिको विकाससँगै बिजुलीबाट चल्ने मिलमा अन्न पिस्न छिटो हुने,पानीघट्टमा जस्तो मेहेनत नलाग्ने भएकाले पानीघट्टप्रतिको आकर्षण घट्दै गएको पाइएको छ । यस्ता परम्परागत प्रविधि लोप हुँदै जाँदा कसैले पनि चासो देखाएको पाइदैन यिनिहरुको संरक्षणमा सरकारी पक्षबाट नै योजना बनाएर अगाडी बढ्दा यस्ता प्रविधि जोगिने स्थानियको भनाई रहेको छ । यस्ता पानी घट्ट,जाँतो,ओखल जस्ता प्रविधि भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्न आबश्यक रहेको देखिन्छ । यिनिहरुको संरक्षणको लागी सबैले लाग्नुपर्ने जरुरी देखिन्छ बरु प्रविधिको कम उपयोग गरी स्थानिय परम्परागत प्रविधिलाई बढी जोड दिइयो भने यस्ता प्रविधि कम संकटमा पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!