बाजुराः जिल्लाको पुर्वि उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकामा एक घर आगलागी भएको छ। गाउँपालिकाको वडा नम्बर ६ धुलाचौरमा रहेको पुर्णलाल पाण्डेको घरमा आगलागी भएको छ। आज दिउँसो बिजुली बत्तीको तारमा समस्या भएको हुँदा घर आगलागी बाट घरमा रहेकोे सम्पूर्ण जिन्सी, नगद, गहना र खाद्यान्न लगायत सामानको पुर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घरमा राखिएको ठुलो छड्के तिलहरी, माइली तिलहरी, टिकटक माला , झुम्का सहित डेट तोला गहना नगद ४ लाख ४० हजार चादी ४ के.जी.मोबाइल २ थान सोलार पाता २ वटा खाट र खटिया जलेर नष्ट भएका छन् ।