गोबिन्द्र राज तिमिल्सेना,बाजुराः प्रकृतिलाई चारैतिर बाट हरियाली जङ्गल संगै, कहालिलाग्दा नङ्गा डाडापाखा,सेताम्य हिउँकाे तन्नामा सुतिरहेका लहरबद्द दन्त मिले जस्तै मिलेका हिमाल,कलकल बग्ने स- साना खहरे खाेला,नाैरङ्गे साडिमा उनिएकी अप्सरा जस्तैः रमाइरहेका हिमाल,बिहानी पखकाे सुर्यकाे किरणमा देखिने टलटल टल्किने लाेभलाख्दा डाडापाखा,सान्त वातावरण,स्वच्छ हावापानी, पहाड भित्र लुकेकाे अर्को नयाँ सन्सार,बिचित्रताकाे खानी, साैन्दर्यका हिसाबले स्वर्ग जस्तैः लाग्ने रमाइला ठाउँ गाउँ बस्ति जसलाई साेन्दर्य भनेर हामी चित्रण गर्ने गर्छौ । त्यस्तै सबै सम्भावना बाेकेकाे एक भु- स्वर्ग ,सुन्दरताकाे पछाडि छुट्टै कथा ब्यथा बाेकेकाे रमणिय ठाउँ बाजुरा जुन सबै भन्दा पिछडिएकाे जिल्लाकाे रुपमा चिनिने एक ग्रामीण जिल्ला जहाँकाे प्राकृतिक जति लाेभलाग्दाे छ त्यस पछाडिकाे कथा ब्यथा पनि उस्तै ।
नेपालको सबैभन्दा कम बिकशित प्रदेश सुदुरपश्चिम त्यसै प्रदेशका ९ वटा जिल्लाहरू मध्ये अझै कम बिकशित बाजुरा जिल्ला विकासका दृष्टिकोणले देशका ७७ जिल्ला मध्ये पिछडिएको जिल्ला हो । याे जिल्ला प्राकृतिक हिसाबले जति धनी छ त्यसपछाडि बिकाशका हिसाबले त्यति नै गरिबी जिल्ला पनि हाे । बाजुरा जति प्राकृतिक रुपले धनी भए पनि भाैगाेलिक हिसाबले अगाडि रहे पनि यहाँकाे दु:ख पीडा,ब्यथा अनि बिकाशका पुर्वाधारका हिसावले निकै नै पछाडि परेकाे जिल्ला हाे । जिल्ला बाजुरामा निकै नै पीडा ब्यथा रहेकाे छ जसकाे सुनावाई अहिलेसम्म पनि हुन सकेकाे छैन् । बाजुराकाे पीडा बेदना सिहदरबार सम्म पुर्याउने मानिसकाे कमि छ । बाजुराकाे पीडा ब्यथा सिहदरबारकाे आसनमा बसेकाहरुलाई के थाहा बाजुराकाे दु:ख दर्द याे देख्दा साच्चै मन सम्हाल्न गाह्राे हुन्छ। जति भाैगाेलिक हिसावले धनी थियाे त्यति बिकाशका हिसावले अगाडि बढेकाे खण्डमा जिल्ला बाजुरा देशकै उत्कृष्ट जिल्ला संगै धनी जिल्लाकाे रुपमा चिनिन्थ्याे ।
सुदुरकै भन्दा पनि देशका ७७ जिल्लाकै बिकट जिल्ला बाजुराकाे नामाकरण कसरी रहन गएको हो भन्ने लिखित प्रमाणहरु भेट्न नसकिए तापनि पुराना कथा,ब्यथाहरु प्रचलनमा रहेका छन् । पौराणिक कालमा बाजुरा जिल्लाको स्वतन्त्र अस्तीत्व नरही, यो भूमि त्यस बेलाको जुम्ला राज्यमा पर्दथ्यो, भन्ने किबदनन्ति सुनिन्छ।केन्द्रिय शासन जुम्लाबाट संचालन गरिएता पनि हालको बाजुरा जिल्लामा पनि त्यस राज्यका प्रतिनिधिहरु बस्दथे, भन्ने पुर्खाहरुले बताएका छन् । जिल्ला बाजुरा पहिला अलग्गै नभई पछि स्थापित भएको पाईन्छ । त्यहाँ पहिला दरबार थिय। दरबार भएको ठाउलाई कोट भनिन्थ्यो । यस बाजुरामा पनि पुराना दरबार थिए जुन अहिले पनि कहि कतै थाेरै अस्तित्व भेटिन सकिने पुर्खाहरुकाे भनाई रहेकाे छ । खसिया मल्ल वश अन्तिम शासक अभढुय मल्लकाे ई. स. १३७६ काे तामपत्रमा ” बाज्रुका अभिकारी।कार्की प्रती ” भनी आदेश दिईयाे।” बार्जु” भन्ने स्थान नै बाजुरा हाे। यस प्रकार चाैधाै शताब्दीमा यस स्थानकाे नाम बार्जु थियाे र यसैबाट पछि अपभ्रंस हुदै बाजुरा हुन आएको पुर्खाहरुले बताएका छन्।
पुरापुर्व कालमा उक्त ठाउँमा जङ्गली चरा ” वाज जसलाई पासोद्वारा समातिन्थ्यो ।ती बाज चराहरुको नाम भाले शाही बाज र पोथीलाई झुर्रा बाज भन्ने गरिन्थ्याे । राजाले आफ्नो दरबारमा बाज पठाई दिने आदेश अनुरुप बाजको लागि पासो थाप्दा पासोमा शाहीबाज भाले नपरी पासोमा झुर्रा बाझ पोथी परेछ। त्यसकारण पोथी बाजलाई राजाको दरबारमा पठाएछन् । त्यस कोटको नाम पोथीबाजको नाम उल्टावाट बाझुर्राकोट राखेछन् । बाझुर्राकोटको नाम अपभ्रंश हुदै बाजुरीकोट भयो र त्यसै बाजुरी कोटको नामबाट बाजुरा रहेको किम्बदन्ति भेटाईन्छ जुन बार्जुकाेट दरबार अहिलेसम्म पनि रहेकाे छ । यती कथा ब्यथामा आधारित जिल्ला बाजुरा प्राकृतिक हिसाबले जति धनी भए पनि बिकाशका हिसाबले निकै पछाडि परेकाे छ । त्यसकारण बाजुरा जति सुन्दर भए पनि त्यस सुन्दरताकाे पछाडिकाे पीडा ब्यथा कसैले नबुझेकाे स्थानियहरुले बताउने गरेका छन ।
भाैगाेलिक अबस्थित अनुसार बाजुरा २९ डिग्री १९ मिनेट उतरदेखि २९ डिग्री ५७ मिनेट उत्तरी अक्षास त्यस्तै ८१ डिग्री ९ मिनेट पुर्व देखि ८२ डिग्री ४९ मिनेट पुर्बी देशान्तरमा फैलिएकाे जिल्ला हाे । बाजुरा पुर्बमा मुगु र कालिकाेट पश्चिममा बझाङ ,उतरमा हुम्ला र दक्षिणमा अछाम कालिकाेटकाे बिचमा रहेकाे बिकट जिल्ला हाे । जिल्ला बाजुरा २३००३७ हेक्टर क्षेत्रफलमा फैलिएकाे एक हिमाली जिल्ला हाे । जसमा खेती योग्य जमिन २८१३५ हेक्टर रहेकाे छ भने खेती खेती नगरिएको जमिन ८८१३ हेक्टर जमिन रहेकाे छ । जिल्ला बाजुरामा चरण क्षेत्र ३८०९५ हेक्टर रहेकाे छ भने वन क्षेत्रः ९८६४६ हेक्टर रहेकाे छ,खाेला नदि ताल तथा पाेखरी १६४६६ हेक्टर क्षेत्रफल,भिर पहरा चट्टान ५३४६९,घर घडेरी उद्योग ४०७१ हेक्टर क्षेत्रफल र अन्यः ३३४५२ हेक्टर रहेकाे छ । ९ वटा स्थानिय तह भएको यस जिल्लामा बडिमालिका नगरपालिका जिल्ला सदरमुकाममा रहेकाे छ । जुन पालिकामा ९ वटा रहेका छन् त्यस्तै त्रिबेणिमा ९,बुढिगङ्गामा १०,बुढिनन्दामा १०,गाैमुलमा ६, स्वामिकार्तिकमा ५,जगनाथमा ६, हिमालिमा ७ र छेडेदहमा ७ वटा वडा रहेका छन । सबै स्थानिय तहभन्दा बढि पहुँच पुगेकाे बडिमालिका हाे भने कम पहुँच पुगेकाे स्वामिकार्तिक रहेकाे छ ।
जिल्ला बाजुरा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक हिसाबले निकै प्रसिद्ध रहेकाे छ यहाँ हिउँ कुल्चँदै सुन्दर हिमालको दृश्यावलोकन गर्न पाइन्छ।अथाह मनोरम प्राकृतिक दृश्यहरू बोकेको सुदूरपश्चिमको गहनाकै रूपमा जिल्ला बाजुरालाई चिनिने गरिन्छ । बाजुरा जिल्लाकाे सौन्दर्यले जो पनि मन्त्रमुग्ध हुन्छन् भने यहाँ विशाल फाँटहरू पनि रहेका छन्। अनेकन प्रजातिका फूल फुल्ने यस जिल्लाका विभिन्न प्रजातिका बन्यजन्तु पशुपक्षि पाईन्छन् । भाैगाेलिक हिसावले धनि बाजुरा जिल्ला बिकाशका गतिबिधि र अन्य सेवा सुबिधाबाट भने निकै पछाडि परेकाे छ ।
जिल्लामा थुप्रै मन्दिर, वन्यजन्तु, खोला, झरना आदि रहेका छन। जसले गर्दा मन शान्त हुन्छ। मनै लोभ्याउने दृश्य देख्न नियाल्न पाइन्छ। सुन्दर दृश्य सँगाल्दै बाजुराकाे यात्रामा रमाउन निकै रमाइलो हुने गर्छ।बाजुराकाे दृश्य निके हेर्न लायक रहेकाे छ । विभिन्न बिबिधताले भरिपुर्ण भएको यस बाजुरा जिल्ला देशकै भाैगाेलिक हिसाबले निकै धनी जिल्लाकाे रुपमा चिनिन्छ । यहाँका विभिन्न प्राकृतिक सम्पदाहरुले यहाँको वातावरणलाई बढि साैन्दरता दिएका हुन्छन् ।
बाजुरा सुन्दरताकाे हिसाबले देशभरकै अग्र स्थानमा पर्ने जिल्ला हाे । समय अनुसारकाे फरक वातावरण,फरक हावापानीले यहाँको सुन्दरतालाई झनै आकर्षक गरेकाे छ । जहाँ थुप्रै वन्यजन्तु, जडिबुटी, तथा चरनक्षेत्र र घाँसे मैदानहरू छन्।जिल्लामा विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्र जसमा बडिमालिका,बुढिन्नदा,खप्तड २२ पाटन,त्रिवेणी धाम र नाटेश्वरी धाम प्रमुख धार्मिक आस्थाका धरोहरका रुपमा परिचित छन् रहेका छन् । पछिल्लाे समय जिल्ला बाजुरामा घुम्न आउँने पर्यटकहरूकाे सङ्ख्या बढ्दै गएकाे छ। बिकाशका हिसावले पछाडि परेकाे भए पनि भाैगाेलिक हिसाबले धनी रहेकाे बाजुरामा घुम्न आउने पर्यटकको सङ्ख्या थपिने गरेकाे छ। अनुपम सुन्दरताले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा जिल्ला बाजुरा पर्ने गरेकाे छ । प्राकृतिक हिसाबले भरिपूर्ण भएपनि त्यस क्षेत्रमा पर्यटन विकासका लागि सरकारले खासै योजना नल्याएको कारण केही पीडा र ब्यथामा जिल्ला बाजुरा गुर्जिरहेकाे स्थानीयबासीहरू बताउँछन्।
लाेभलाग्दा जिल्ला बाजुराका गगनचुम्बी हिमाल अनि विशाल पाखा- पखेरा देख्दा यस्तो लाग्छ नेपालका अधिकांश जमिनले त आकाशले नै ओगटेको छ अनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैं भन्न मन लाग्छ ,”के नेपाल सानो छ” । कति राम्रो रमाइला डाडापाखा मनै लाेभिने सेताम्य हिमाल,सिरसिरे चल्ने बतासले मानिसलाई उडाउला भनेजस्ताे ,सुन्दरताकाे धनी बाजुरा जिल्ला जती भाैगाेलिक हिसाबले धनी थियाे त्यति सबै सेवा सुबिधाबाट सम्पन्न भएको भए कति राम्रो हुनथ्याे तर निरासाजनक जति भाैगाेलिक हिसाबमा बाजुरा धनी थियाे त्यति बिकाशमा अगाडि छैन् । त्यसकारण यहाँका नागरिक सधै दु: ख भाेग्दै आईरहेका छन् । बाजुराले धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले प्रचुर सम्भावना बोकेको छ। आँखै सामुन्ने टल्किने सुन्दर हिमाल, निकै टाढासम्म फैलिएका विशाल फाँट, हिउँको पौठाजोरी र मनोरम प्राकृतिक दृश्यहरु बाजुराका गहना हुन्।
जिल्ला बाजुरा देशभरकै मानवीय सूचकांकमा पुछारमा भएपनि धार्मिक, साँस्कृतिक, ऐतिहासिक,पर्यटकीय, जल, जमिन र जडिबुटीको श्रोत र साधनका हिसावले धनी रहेकाे छ । आर्थिक हिसावले पछाडि परेकाे भए पनि जिल्ला बाजुरा सामाजिक ,ऐतिहासि र धार्मिक हिसावले निकै अगाडि रहेकाे छ । जिल्ला बाजुरामा घुम्न आउने जति पनि पर्यटकहरुले जिल्लाकाे बारेमा राम्रो टिकाटिप्णि गरिरहेका हुन्छन्। कतिपयले बाजुरा पवित्र कडिमालिकाकाे भुमि,कतिपयले सुन्दरताकाे खानी,कतिपयले पहाड भित्र लुकेकाे अर्को नया पहाड भनेर भन्ने गरेका छन् । जिल्ला बाजुरामा पर्यटकियकाे प्रचुर सम्भावना बाेकेका क्षेत्रहरुले जिल्लाकाे थप नाम उच्च शिरमा राख्न सफल भएका छन् । कस्तुरीको नावीमा बिना हुन्छ तर कस्तुरीले त्यसको बास्ना र आफ्नो शरीरमा भएको बिनालाई चिन्दैन भने झै बाजुराले आफुभित्र भएको श्रोत र साधनलाई पहिचान र प्रचार प्रसार गराउन नसक्दा कागलाई बेल पाक्यो हर्ष न विस्मात झैं सावित भएको छ ।जिल्लामा हरेक सम्भावना भए पनि यसकाे प्रबर्द्धनको लागी भने केही गर्न सकेकाे छैन् ।
बिकाशका गतिबिधिले पछाडि परेकाे भए पनि यस जिल्ला बाजुरा धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टीकोणबाट प्रचारप्रसार गरेर पहिचान बनाउन यहाँका राजनीतिकदल, जनप्रतिनिधी, नेता, समाजसेवी, बुद्घिजिवी, नागरिक समाज र सचेत नागरिक सबैले हातमा हात जाेडेर एक जुट भई पहलकदमीका साथ अगाडि लाग्ने हो भने प्रचुर पर्यटनको सम्भावना रहेकाे छ ।तर के गर्नु कसैकाट पनि पहलकदमिकाे काम हुदैन त्यसकारण जिल्लामा रहेका हरेक सम्भावनाहरु पनि लाेभ र लुक्दै गएका छन्। जिल्ला बाजुरालाई राष्ट्रको आँखामा पार्न सक्ने हो भने बाजुरा धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टीकोणले गन्तव्य स्थान बन्नेमा कुनै दुईमत छैन् । बाजुरा जिल्ला धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको श्रोत र साधनका दृष्टीकोणबाट प्रचुर सम्भावना बोकेको जिल्लाको रुपमा लिन सकिन्छ ।यहाँ विभिन्न आस्थाका धराेहर,रमणिय स्थल,विभिन्न जडिबुढि,पशुपक्षि,लगाउयतले पनि बाजुरा धनी रहेकाे छ। जसकाे उत्थान गरेर जिल्लामा उत्पादित भएका सबै सामाग्री अन्य देशमा पुर्याउन सक्यौं भने जिल्लाकाे आयस्तर संगै गरिबि घट्ने थियाे ।
जिल्ला बाजुराकाे वरिपरी अनकन्टार जङ्गल शोभापूर्ण वातावरण समय अनुकुल फरक माैषम परीबर्तनका कारण यहाँकाे प्राकृतिक साैन्दरता निकै लाेभलाग्दाे रहेछ । जिल्लाका ९ वटै स्थानिय तहमा पाईने फरब बिबिधता ,रहनसहन,चालचलन र व्यवहार अनि फरक स्थानिय तहकाे पेशा बाेलिचालिले पनि यहाँकाे सस्कृति उकास्न सहयाेग पुगेकाे त्यस्तै फरक स्थानिय तहमा पाईने विभिन्न खाले बनस्पति,जडिबुढि अनि अन्य बिबिधताले पनि बाजुरालाई मन्त्रमुग्ध बनाएकाे छ ।९ वटा स्थानिय तहमा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रले पनि जिल्ला बाजुराकाे शाेभा बढाएकाे छ । विभिन्न बन्यजन्तु ,चराचुरुङ्गी ,खहरे खाेला,झरना,डाडापाखा लगायत समथर मैदार हरियाली फाटहरुले त्यहाँका साैन्दर्यता निकै बढाएकाे छ । कहि उकालाे ,कहि ओरालो कहि समथल भु- भाग,अग्ला हाेचा डाडापाखा,कहालिलाग्दा चट्टाने भिरले पनि बाजुराकाे शाेभा बढाएकाे छ । लहरैबद्द रहेका खेतबारी, ती खेतबारीमा काम गरिरहेका किसानकाे मेहेनत तिनिहरुले उब्जाएकाे अन्नवाली पनि बाजुराकाे पहिचान हाे । लटरम्म फलेका स्याउका बाेट,ढकमक्क फुलेका फुल,एकआपसमा पाैठाजाेरि खेलेर हासिरहेका हिमाल,बिहानीको सुर्यकाे किरणमा नाचिरहेका डाफे मुनालले पनि बाजुराकाे साैन्दर्यतालाई बढाएकाे छ ।
त्यस्तै जिल्ला बाजुराकाे पर्यटन प्रबर्द्धन गर्ने तथा बाजुराका चिनारीपर्यटकिय क्षेत्र : बडिमालिका, बुढीनन्दा, छेडेदह, कालाजग्रा ,पाेरखेगढि, खप्तड राष्ट्रिय निकुञ्ज, त्रिवेणी पाटन, रानीसैन, छेडेदह ताल, झरना, कर्णाली नदी , महत्वपूर्ण धार्मिक स्थल र मन्दिरहरु : बडिमालिका, बुढीनन्दा, साइगोसाई माणु, शाहीमाण्डौं, पादुका त्रिवेणी धाम, नाटेश्वरी, जगन्नाथ ठाकुर, तलिगाठि,कैलाश र चन्द्रनाथ , जडिबुटी : यार्सागुम्बा, कटकी, पाँचऔंले, तितो, चिराईतो, च्याउ, सिलाजित, रुगासाग, जटामसि,कटुकाे,बाजडि ,हस्तकला सामाग्रीहरु: बोल्दो, भांग्रो, राडी, पाखी, ल्यू, फेरुवा, नेपाली कागज, डोको ,निकालो,जङ्गली जनावरहरु : कस्तुरी, बाघ, भालु, ब्वाँसो, थारल, मृग, घोरल , वँदेल , स्याल,चराचुरुङ्गीहरु : नौरङ्गी डाँफे, कालिज, च्याखुरा, हुचिल बाज,पातिकिट्टाे,मैना,काग, मनोरम दृश्यहरु : बडिमालिका क्षेत्र, त्रिवेणी, बाईस पाटन र खेतिवेति, भिरको पर्ने बुढीनन्दा क्षेत्र, खप्पतड क्षेत्र, रानीसैन, पोरखे लेक, कुण्डा खोला, छेडेदह अन्य झरनाहरु ,नदी÷खोला :कणाली, कवाडी, बुढीगंगा, बार्जुगाड, बड्डीखोला, जुड्डीगाड, भौनेरा लगायत कुराहरुले पनि बाजुरा धनी रहेकाे छ ।
सुन्दरताकाे पछाडि बाजुराकाे कथा ब्यथा काे बुझ्छ:
प्राकृतिक हिसाबले सौन्दर्यको खानीकाे रुपमा बाजुरालाई चिनिने गरिएता पनि सुन्दरता पछाडिकाे यहाँको पीडा,बेदना भाेकमरिले बाजुरालाई सधैं सताईरहने गर्छ । यहाँको बिकाशकाे गतिबिधिले जिल्लाबासिहरुलाई निकै पिडा दिने गरेकाे छ । भनेकाे समयमा यातायताका साधनहरु सञ्चालन नहुदा कतिपय ब्यक्तिहरुले ज्यान गुमाउनु पर्ने बाध्यता रहेकाे छ । सुत्केरि महिलाहरुलाई जहाज कुर्दै उनिहरुले मृत्युवरण गर्नु पर्ने बाध्यता रहेकाे छ । बिरामिहरुले औषधि नपाएर छटपटाउनु पर्ने बाध्यता अलग्गै रहेकाे छ । यहाँकाे गरिबी जुन निकै डरलाग्दाे अबस्थामा रहेकाे छ । कतिपय नागरिकहरु भाेकभाेकै बस्नु पर्ने बाध्यता रहेकाे छ । जिल्ला बाजुराका बासिन्दाहरुलाई सधै गिट्टि कुटेर खानु पर्ने बाध्यता रहेकाे छ गुजारा चलाउनकाे लागि दिनभर घाममा पानी समेत नखाएर यहाँका महिला दिदिबहिनी गिट्टि कुटेर गुजारा गरिरहेका हुन्छन् भने दाजुभाइ कामकै सिलशिलामा भारत लगायत अन्य देशमा जानू पर्ने बाध्यता रहेकाे छ ।
नेपालकाे उतर पश्चिमकाे एक अध्याराे कुनामा लुकेर रहेकाे यस जिल्ला बाजुरामा राम्रोसँग सरकारकाे नजर पनि परेकाे छैन् । अन्य ठाउँमा जस्ताे सेवा सुबिधा यहाँका नागरिकले पाउन सकेका छैनन्। सर्वाधिक बिकट क्षेत्र जसमा राज्यकाे नजर न्यून रहेकाे छ । कहिले चामल त कहिले नुनकाे अभावमा यहाँका नागरिक झेलिरहेका छन् । जति बाजुरा भाैगाेलिक हिसाबले धनी थियाे त्यति नै सबै सेवा सुबिधाबाट धनि भएको भए यहाँकाे गरिबी हट्थ्याे,बेरोजगारी दर हट्थ्याे तर त्यसकाे बारे कसैले पनि चासाे दिएकाे पाईदैन् । बिकट ठाउँका नागरिक बिहान बेलुकि सुख्खा नुनु संग राेटि खाएर बाच्नु पर्ने बाध्यता रहेकाे छ । कतिपय ठाउँमा मानिसहरुलाई जीवन काट्न पनि मुस्किल रहेकाे छ । अहिलेसम्म नत राम्रो राेड नत यातायातका साधनकाे सबै ठाउँमा पहुँच पुगेकाे छ उहीँ पुरानाे पेशा मानिसहरु दिनहु चाैरी खच्चडमा सामान लगेर खाने बाध्यता हटेकाे छैन्।
राज्यकाे सेवा सुबिधाबाट पनि पछाडि परेकाे छ । अवसरबाट बञ्चित बाजुरामा सडकदेखि बिजुलिबत्ति सम्मकाे पहुँच राम्रोसँग अहिलेसम्म पुगेकाे छैन्। बिद्यालय देखि स्वास्थ्य उपचार सेवासम्म पाउन सकेका छैन् यहाँका नागरिकले । बाजुराका सबै आमाहरुले जहाज बिना ज्यान गुमाउनु पर्ने बाध्यता जेनकाे तेन छ । जसले १५ सम्म सन्तान जन्माए पनि बचाउनै गाह्राे बाटाेमै सुत्केरी ब्यथाले मर्नु पर्ने पीडा,भगवानकाे कृपाले उनिहरुकाे ज्यान बचाएकाे लगायत विभिन्न समस्या बाजुरामा रहेका छन् । अहिलेसम्म राम्रो शिक्षा,काे गुणस्तर पुगेकाे छ नत खानेपानिकाे बाजुराबासि सधै उहीँ खाेलाकाे धमिलाे पानी खानु पर्ने बाध्यता हटेकाे छैन् । सबै बालबालिकालाई शिक्षाकाे पहुँच भन्दा टाढा रहेका छन् उनिहरुले राम्रो शिक्षा लिन सकेका छैन्।जिल्ला सधै भाेकमरी संगै बाढि पहिराेकाे चपेटामा परिरहेकाे छ जसकाे असर आम बाजुरेलेली जनताहरुलाई परिरहेकाे छ । सधै अभावै अभावकाे जिन्दगीमा यहाँका नागरिक बाचिरहेका छन् ।खानकाे लागि चामल छैन् लगाउन शरिरमा एकसराे लुगा छैन् । चार पाच घण्टा हिडेर स्कुल जानू पर्ने,पानी ल्याउनु पर्ने , सानाे काम गर्न पनि लामाे पैदलकाे यात्रा गर्नु पर्ने बाध्यता जेनका तेन रहेका छन् त्यसकार बाजुरामा जति सुन्दरता भए पनि त्यस सुन्दरता पछाडि कति कथा ब्यथा लुकेका छन् कसैले थाहा पाएका छैन् ।
बाजुराकाे अशिक्षा,बाजुराकाे गरिबी,बाजुराकाे कुपोषण जस्ता राेगकाे प्रकोप अहिलेसम्म पनि अन्त्य हुन सकेकाे छैन्। मुक्तिकाेट गाउँको समस्या जस्ताकाे त्यस्तै त्यहाँको गरिबि झन कुरै भएन बिकट ठाउँ मुक्तिकाेट जहाँ सरकारकाे ध्यान त परै जाओस स्थानिय सरकारकाे पनि नजर परेकाे छैन् । जिल्लाकाे बालबिवाह,छुवाछुत छाउपडि,भेदभाव अन्य सामाजिक कुरितिकाे जालाेमा बाजुरा जस्ताकाे त्यस्तै रहेकाे छ । यातायातकाे राम्रो सुबिधा हुन सकेकाे छ । ठुला खाेलानालामा नत पुल छन् । नत राेड नि पुगेकाे छ । मानिस उहीँ दुख कष्ट गरेर जिन्दगी बिताईरहेका छन् । राष्टिय सडक सञ्जालबाट पनि कुनै सेवा सुबिधा लिन पाएकाे छ । बर्षको ६ महिना यातायातका साधन चल्ने ६ महिना ठप्प हुने प्रबृत्तिकाे पनि अन्त्य हुन सकेकाे छैन्।नयाँ कामकाे थालनि पनि हुन सकेकाे छैन् । बनाउन लागिएका बिकाशका कामहरु पूरा नगरि अलपत्र रहेका छन् । जिल्लाका कतिपय ठाउँमा कुनै पनि सुबिधा पुग्न सकेकाे छ । कतिपय गाउँका मानिस उहीँ पुरानाे जमना अनुसार चलिरहेका छन् जसकाे कारण जिल्लामा उचित श्रोत साधनकाे अभाव बिकाशले पछाडि थलिएका कारण पनि सबै मानिस उहीँ पुरानाे गतिमा रहेका छन्।
हिमाली जिल्ला तथा भएर हाेला नागरिकहरुले राम्रोसँग नुन पाउन पनि सकेका छैनन नुनका लागि पनि सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ ।पूर्ण रुपमा बजारीकरण नभएको र दुर्गम हिमालि जिल्ला भएकाले चामल नुनका लागि पनि महिनाै खालि बस्नु पर्ने बाध्यता रहेकाे छ । कुनै सामान किन्नकाे लागि पनि टाढा जानु पर्ने बाध्यता रहेकाे छ ।जिल्ला बाजुरामा हरेक सेवा सुबिधा नहुदा नागरिकहरुले सास्ती खेप्ने गरेका छन् । दुर्गम तथा हिमाली जिल्ला भएकोले सरकारकाे नजरमा अझै बाजुरा पर्न सकेकाे छैन्। चामल देखि नुनकाे पनि अभाव हुँदै आएको छ ।साेच्नेहरु बाजुरा कति भनी भनेर साेच्छन् हाेला तर बाजुराकाे वास्तविक पीडा बेदना अझैसम्म कसैले पनि बुझ्न सकेका छैनन्।भाैगाेलिक हिसाबले बाजुरा जति अगाडि भए तापनि बिकाश सेवा सुबिधाका हिसाबले अझै ७७ अङ्कमै रहेकाे छ । यहाँका नागरिकले कहिल्यै सुखकाे महसुस गर्न पाएका छैन् । सधैं कष्ठकरकाे जिन्दगी झेल्दै यहाँका नागरिक आईरहेका छन् । जिल्ला बाजुराकाे दुख पीडा निकै दुख लाग्दाे रहेकाे छ यहाँको दुख पीडा सिहदरबार सम्म लगिदिने मानिसकाे पनि अभाव रहेकाे छ । जिल्लाबाट प्रतीनिधित्व गर्ने सरकारका उच्च पदस्थमा बसेका नेता र जिल्लामै रहेका नेताहरु अरुको कुरा काट्नमै ब्यस्त रहेकाे कारण बाजुरामा बिकाशका कामहरु निकै कम चलिरहेकन छन् भने नागरिकले सधैं दुख पाईरहेकन छन् ।
हाम्रो बाजुरा हिउँ नै हिउँको बाजुरा,सुन्दरताकाे धनि,विचित्रताकाे जिल्ला भएपनि बिकाशकाे नाममा सबै भन्दा पछाडि परेकाे जिल्ला हुदा सबै बाजुराबासि कामकाे सिलशिलामा किदृश पलायन हुने गरेका छन् । अब सुन्दरताले के गर्नु सुन्दरता पछाडि ठुला ब्यथा पीडा बेदना भएको खण्डमा पेट पाल्न केही गर्नै पर्छ त्यसकारण नागरिकको बाहिर जाने प्रकृिया धेरै रहेकाे छ । इमान्दारिपना, नेतृत्वकारीको सवल नेतृत्व, राष्ट्रप्रतिको माया मोह, लगनशीलता र गम्भिरपनाले आज बाजुरा भाैगाेलिक हिसाबले लायकका भए पनि बिकाशका नाममा केहि नहुदा समस्या परिरहेकाे छ । आफ्नो जिल्ला छोडेर भारत, चीन, जापान, जर्मनी, अमेरिका, बेलायत, फ्रान्स र अन्य देशहरु कामकाे शिलशिलामा दिनहु नागरिक जाने गरेकन छनन यसकाे मतलब जिल्लामा राेजगारी अबसर अनि बिकाश नभएर भएको हाे । गरिब घरहरुमा राती चुलाेमा आगो बल्न मुस्किल छ कारण बाजुराकाे गरिबी,कतिपय बालबालिकालाई पढ्न पाएका छैन् कारण अशिक्षा,सबै युवा विदेश पलयान कारण बेरोजगारी ,यावत समस्याले जिल्ला बाजुरा बिकाशकाे गतिमा अगाडि बढ्न सकेकाे छैन् ।
जिल्ला बाजुराका नागरिकले कुनै पनि सेवा सुबिधाकाे सरल सहज पहुँच पाउन सकेका छैनन्।जिल्लाकाे तुलनामा सबै सेवा सुबिधाबाट पछाडि परेकाे जिल्ला रहेकाे छ । जिल्लामा राम्रो सडक निर्माण अझै हुन सकेकाे छैन् मार्तडी – काेल्टि हुदै पिलुचाैर जाेड्ने कालाेपत्रे सडक निर्माण कार्य अहिले सम्म हुन सकेकाे छैन्। भनेकाे समयमा यातायात चल्न सकेका छैन् ।उद्दार गर्नु पर्ने बिरामीलाई समयमै उद्दार गर्न सकिएकाे छैन् । शिक्षाका हिसाकले बाजुरा झनै पछाडि परेकाा छ । त्यस्तै स्वास्थ्य यातायात खानेपानी सञ्चार,बाट पनि पछाडि परेकाे जिल्ला हाे। कतिपय गाउँमा अहिलेसम्म माेटर बाटाे पुग्न सकेकाे छैन् जसका कारण जनताले सधै दुख भाेग्नु परेकाे अबस्था रहेकाे छ । जिल्ला कुनै सुबिधा सम्पन्न स्वास्थ्य सस्था छ जिल्ला अस्पताल बाजुरा थियाे जहाँ कहिले औषधि अभाव कहिले साधन अभाव अनि जटिल बिरामीकाे उपचार हुदैन बाहिर पठाउनु पर्ने स्थिति त्याे पनि समयमै यातायात नभएर झन सास्ति भाेग्नु पर्ने बाध्यता रहेकाे छ ।
पिडै पिडामा पिल्सिएकाे जिल्ला बाजुरामा साधन स्रोतको निकै अभाव रहेकाे छ । सम्भावनाकाे खानी भए पनि गुणस्तरी प्रबिधिकाे बिकाश नहुदा निकै समस्या रहेकाे छ । जिल्ला बाजुरामा यस्ताे पनि समस्या छ जहाँ कसै आफन्तलाई सम्झिन वा फाेन गर्न अग्ला डाडापाखा संगै रुख चढ्नुपर्ने बाध्यता रहेकाे छ । राम्रोसँग जिल्लामा टेलिफाेनकाे सुबिधा भएको छैन् । हरेक बर्ष यहाँका नागरिकले बाढि पहिराेकाे बितण्डा सहनु पर्ने बाध्यता रहेकाे छ । पहिराे बाट उच्च जाेखिममा रहेका गाउँ बस्तिलाई अहिलेसम्म पनि बस्ति स्थानान्तरण गर्न सकिएकाे छैन् । बाढि पहिराेले कतिका घरजग्गा,कतिपयलाई टुहुरा बनाईरहेकाे छ तर पीडा बेदनामा मलम लगाउने काेहि पनि छैन् । बाजुराकाे भित्रि रुपमा पीडा बेदना कसैले पनि बुझेका छैन् । बाहिर रुपमा जतिपनि सुबिधा भए पनि वास्तविकता यहाँकाे निकै नाजुक रहेकाे छ । बाजुराकाे ती अभाेद भाेका बालबालिकाकाे आवाज कसले सुनिदिने,बाढि पहिराेले घर जग्गा बगाउदा रुदै गरेका पाल टागेर जमिनमा बसेका नागरिककाे दुख कसले देखिदिने,स्वास्थ्य उपचार नपाएर अकालमै ज्यान गुमाएका घर परिवारकाे पीडा बेदना कसले बुझिदिने,यस्तै पिडाकाे जगमा बाजुरा अडिरहेकाे छ ।
जिल्ला बाजुरामा अझै पनि बिद्युतिय सेवा पुगेकाे छैन् सदरमुकाम सम्म राष्ट्रिय लाईन जाेडिएकाे भए पनि घरि आउने घरि जाने कारणले नागरिक वाक्क दिक्क भएका छन् । बाजुरामा अझै ९० प्रतीशत नागरिक बिद्युतकाे पहुँचबाट टाढा रहेका छन् । जिल्लामा बिद्युतिय सेवा पनि राम्रोसँग सञ्चालन हुन सकेकाे छैन्। जिल्ला बाजुराका सबै गाउँमा बस्तिमा अझै टुकि,झराेकाे सहायताले बस्नु पर्ने बाध्यता रहेकाे छ । बढिजसाे यहाँका नागरिक अझैसम्म पनि टुकि र झराेकाे साहारामा दिनहरु काटिरहेका छन् । गुणस्तरीय बिद्युत सेवाकाे पनि बिस्तार हुन सकेकाे छैन्। त्यसै गरि राम्रो स्वास्थ्य सुबिधा नहुदा कतिपय महिलाहरुले बाटाेमै बच्चा जन्माउनु पर्ने बाध्यता रहेकाे छ । समयमै उद्दार हुन नसक्दा कतिपयकाे ज्यान धरापमा परेकाे छ । जीवन मरणकाे दाेषाधमा उनिहरु झेलिरहेका छन् । अन्य ठाउँमा समयमै यातायातकाे सुबिधा पुग्छ भने बाजुरामा यातायता कुर्दाकुर्दै मानिसहरुकाे मृत्यु हुने समस्या अझै हट्न सककाे छैन् दुख पिडामा यहाँका नागरिक बाचिरहेका छन् । तर पनि दुख पीडा बेदना कसैले बुझ्दैन् चुनावकाे बेला ठुला ठुला आश्वास देखाउने नेता भनाउदाहरु चुनाव जितिसके पछि गाउँ फर्केर हेर्दैन् । गाउँकाे दुख सुल्झाउनु साटाे आफ्नो पेट र गाजी भर्न ब्यस्त हुन्छन् । नसुन्ने गरि कानकाे जाली फुटेकाे जस्तै गरेर कानमा तेल हालेर बस्छन् दुख पीडा कसैले पनि बुझ्दैनन् विभिन्न समस्याहरु झेल्दै यहाँका नागरिक जीवन झेल्दै आईरहेकन छन्।
जिल्ला बाजुरालाई भौगोलिक हिसाबले जति धनी मानिएको छ बिकाशका हिसाबले त्यति नै गरिबि जिल्ला भनेर चिनिने गरिन्छ। यहाँको दुख अझै पनि कसैले बुझिदिएका छैनन् । जिल्लामा न राम्रो शिक्षाको गुणस्तर छ न त राम्रो सडक उहीँ पुरानै स्वरुपमा यहाँका नागरिक जिन्दगी झेलिरहेका छन् । सोच्नेले आहा बाजुरा क्या धनी सोचे पनि जति बाजुरा सुन्दरताले धनी छ त्यो भन्दा त्यस पछाडिको दुख,पीडा दर्द निकै रहेको छ । कुनै पनि नागरिकले समयमै कुनै सुबिधा पाउन सकेका छैन् सधैं पिडामा यहाँका नागरिकहरु छटपटाई रहेको अबस्था रहेको छ । कहिल्यै सुख पाउन सकेका छैनन् बाजुराका नागरिकले ।यदि जिल्ला बाजुरालाई भौगोलिक हिसाबले जस्तो धनी छ त्यस्तै अन्य हिसाबमा धनी सुबिधा सम्पन्न भएको देख्न चाहने भए सबैभन्दा पहिला यहाँको स्थानिय सरकार सुर्धिनु पर्ने देखिएको छ । स्थानिय स्तरबाटै बाजुराको बिकाश,यहीँको प्रचुर सम्भावनाको प्रचार प्रसार गर्न सकियो,यहाँको हरेक बहुमुल्य गहनाहरुलाई देश बिदेसम्म चिनाउन सकियो भने बाजुराले केही काचुली फर्ने अनुमान गरिन्छ । त्यस्तै जिल्लाको पर्यटन प्रबर्द्धनको लागी स्थानिय तहबाटै पहलकदमि चलाई यहाँ लुकेर रहेका अन्य सम्पतिको उत्थान गरि बाहिर ल्याउन सके जिल्लालाई बिकाशको गतिमा अगाडि बढाउन सकिन्थ्यो ।
सबैले यहाँको दुःख दर्द पीडा बुझेर अगाडि बढि हातमा हात,साथमा साथ मिलाई यहाँको हरेक समस्याको समाधान गर्न सबै लागेको खण्डमा जिल्ला बाजुरालाई जती भौगोलिक हिसाकले धनी देखिन्छ त्यति नै अन्य हिसाबमा धनी देख्न सकिन्थ्यो । जसको लागी सम्पुर्ण बाजुराबासि सरोकारवाला निकाय,स्थानिय सरकार एकजुट भएर यहाँको पर्यटन प्रबर्द्धनको र समस्याहरुको निर्मुल गर्न अगाडि बढे बाजुराको समस्या हटाउन सकिने र जिल्लालाई अलि आधुनिकता संगै यहाँको गरिबी,भोकमरी,शिक्षा,स्वास्थ्य ,यातायता सञ्चार लगायको क्षेत्रमा जिल्लालाई अगाडि बढाउन सहयोग पुग्ने थियो।
– गोबिन्द्र राज तिमिल्सेनाः उहाँ बिगत ३ बर्ष देखि पत्रकारीता पेशामा आबद्ध रहेका छन् ।