लोकतन्त्र बिहानी न्युज,बाजुराः जिल्लामा कतिपय यस्ता पनि ठाउँ छन् जहाँ अहिलेसम्म पनि कतिपय नागरीक खोलाकै पानीमा भर पर्नु पर्ने बाध्यता रहेको छ । यस्तै बर्षौ देखि खोलाले धान्दै आएको गोपीसेरा बस्ती पनि एक हो । सेरा खोलाको पानीमा मानिस देखि पशुबस्तु समेत निर्भर छन्। बडिमालिका नगरपालिका ७ सेराका नागरीक बर्षौदेखि खोलाकै पानीमा आत्मनिर्भर हुँदा हैरान भएका छन् । गाउँघरमा खानेपानीका धाराहरु निमार्ण गरीएको भए तापनि ति धाराहरुमा कहिले पानी आउँने कहिले पानी नआउँने भएका कारण त्यहाँका नागरीक बषौदेखि उहिँ सेरे खोलाको पानीले दैनिकी चलाउँदै आईरहेका छन् । मानिस लगायत अन्य गाईबस्तु त्यहि खोलाको धमिलो पानी खान बाध्य रहेका छन् ।
पुर्खौ देखि बिहान बेलुकी गाग्री,जर्किनमा खोलाबाट पानी बोक्न थालेका त्यहाँका नागरीक अझैपनि शुद्ध खानेपानीबाट बञ्चित रहेका छन् । । गाउँमा पानीको चिन्ता होइन् तर गाउँघरमा गुणस्तरीय खानेपानीका धाराहरु निमार्ण नहुँदा नागरीक खोलाकै पानीमा भर पर्नु पर्ने बाध्यता रहेको छ ।अब बर्षातको समय सुरु भयो निमार्ण गरीएका धाराहरुमा एकदुई ठाउँमा पानी त आउँछ त्यो पनि धमिलो,बर्षातमा यहाँका बासीन्दाहरुलाई खानेपानीको चिन्ताले सताउँन्छ ,बर्षातको समयमा धाराहरुमा पानी नै आउँदैन,स्थानियहरु टाढाटाढा पुगेर मुहानको पानी ल्याउन बाध्य हुन्छन भने कतिपय खोलाकै त्यहि धमिलो पानी खान बाध्य हुन्छन् त्यहाँका स्थानिय तथा कालाऋृषि युवा क्लबका अध्यक्ष गणेशराज तिमिल्सेनाले बताएका छन् । निमार्ण गरीका धाराहरुमा पानी बेलाबेला बिग्रेर हैरान पार्छ,कति पटक युवाक्लबले बनायो तर पनि हुदैन् समस्या उहि आउँछ अन्तःतह उहिँ खोलाको पानीले गुजारा चलाउनु पर्छ उनले बताए ।
करिब १८/ १९ घरपरिवार रहेको यहाँ,सबै बासीन्दाहरु पहिले देखि नै खोलाकै पानीमा आत्मनिर्भर रहेका छन् अध्यक्ष तिमिल्सेनाले बताए। चार पाँच बर्ष पहिला गोपीसेरा खानेपानी उपभोक्ता समुहले निमार्ण गरेको खानेपानीको मुहान ब्यबस्थित नहुँदा धाराहरुमा पानी आएको भएता पनि शुद्ध खानेपानी नआउँदा समसया भएको उनले बताएका छन् । उक्त खानेपानी समितिले निमार्ण गरेका धाराहरु पनि अहिले बिग्रेका छन् । खानेपानीका पाइपहरु धारामा नभएर छुट्टै ठाउँमा लगाईएका छन् । कुनै ठाउँमा धाराहरु नै छैनन् । नागरीकहरुले बर्षातको समयमा निकै दुःख पाउँछन्,धाराहरुमा पानी आउँदैन्,खोलाको पानी धमिलो हुन्छ त्यहि धमिलो पानी खाएर पनि नागरीकले दिन कटाईरहन्छन् उनले बताए । लामो समयसम्म पनि गाउँमा उचित गुणस्तरीय खानेपानीको सुबिधा नहुँदा स्थानियले खोलाकै भर पर्नु पर्ने बाध्यता रहेको स्थानियको भनाई छ ।
सेरामा पाँच वटा धाराहरु निर्माण भएका छन् । धाराको हालत पनि उस्तै छ ,कोहि बिग्रेका छन् कसैमा राम्रोसँग पानी आउदैन् यहाँका स्थानिय पहिले देखिनै उहीँ खोलाको दुषित पानी खान बाध्य रहेका छन् ।कसैको ध्यान जान सकेको छैन,चुनावको बेला ठुलाठुला आश्वासन दिने नेता तथा कार्यकर्ताहरु पनि अहिले कुन दुलोमा लुकेका छन्,स्थानिय सधै उहिँ खोलाको पानी खान बाध्य छन् । स्थानिय जनप्रतिनिधि देखि सरोकारवाला निकाय कसैको ध्यान नदिएको तिमिल्सेनाले बताए । निमार्ण गरीएको खोनेपानीको ट्याङ्कि पनि पुरानो तथा चुहिने गरेको छ ।त्यहाँ पानी पनि सङ्कलन हुदैन् त्उसको मर्मतको लागी कसैको ध्यान जादैन् उनले बताए। खोलाको पानि सेवन गर्दा विभिन्न किसिमका किटाणु ले बृद्धबृद्दा तथा बालबालिकामा आउ,हैजा,रुघाखोकि देखिने गरेको छ । मानिसहरु बिरामि परिरहेका छन्,गाउँमा गुणस्तरीय धाराहरु निर्माण गरि पानिको सुबिधा सहजै पुगेको खण्डमा हामिहरु खुसि हुने थियौ स्थानियको भनाई छ ।
खोलाको दूषित पानी पिउनाले स्थानीय बढी बिरामी हुने गरेका छन्। जेठ महिनादेखि कात्तिक सम्म वर्षाका कारण खोलामा धमिलो पानी आउने र अर्को विकल्प नहुँदा त्यही पानी ल्याएर कपडामा छानेर खाने गरेको स्थानीयको गुनासो रहेको छ। गाउँमा धाराहरु छन् तर गुणस्तरीय धाराहरु निमार्ण भएका छैनन्,बस्तीको लागी उचित गुणस्तरीय मुहानको ब्यबस्था छैनन् अनि धारामा खोलाको भन्दा पनि फोहर पानी आउँने हुँदा यहाँका बासीन्दा बढीजसो खोलाकै पानीमा आत्मनिर्भर रहेको स्थानियको भनाई र।हेको छ । बाह्रैमास त्यहाँका नागरीकले खोलाको पानी पिउनाले पेट दुख्ने, पत्थरी रोग देखा पर्ने झाडापखाला फैलिने गरेको स्थानियले बताएका छन् ।साउनदेखि असोजसम्म खोलो बढेर ठूलो हुने भएकाले पानी पनि धमिलो आउँने ,बनाइएका धाराहरुमा पानी आउँदै नआउने अनि ससाना बालबालिका देखि बुढापाखा खोलामा पानी भर्न जाने हुँदा उनीहरुलाई समेत जोखिम हुने गरेको छ।
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वाच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट ब्यवस्था गरिएको भएता पनी यहाँका स्थानीयहरूले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् । सदरमुकाम संगै जोडिएको गाउँ बस्तीहरुमा सुबिधा सम्पन्न खानेपानीको ब्यबस्था नहुँदा स्थानियहरुले स्थानिय सरकारलाई कानमा तेल हालेर बसीरहेको स्थानिय सरकार भनेर आरोप समेत लगाईरहेका छन् । गाउँबस्तीमा गुणस्तरीय धाराहरु छैनन्,स्थानिय खोलाको पानी खादै आईरहेका छन् तर स्थानिय सरकार भने कानमा तेल हालेर सुतिरहेको उनीहरुले आरोप लगाएका छन् । सेरा बस्तीमा शुद्ध खानेपानीको समस्या धेरै पहिला देखिकै हो तर आजसम्म पनि गाउँमा राम्रो खानेपानीको ब्यबस्था स्थानीय सरकारले केहि गर्न नसकेको स्थानियले बताएका छन् ।
त्यहाँका स्थानियलाई दैनिक खानपिन लगायत गाईबस्तुहरुलाई खाेलाकै पानी खुवाउनु पर्ने बाध्यता रहेकाे छ । त्यस गाउँ बस्तिमा पुर्खाै देखि अहिलेसम्म पनि गुणस्तिय खानेपानीकाे ब्यबस्था हुन सकेकाे छैन् । परापुर्व काल देखिनै त्यहाँका स्थानिय उहीँ खाेलाकाे पानी खान बाध्य रहेका छन् । बर्षातकाे समयमा झन त्यहाँका स्थानियलाई निकै सास्ति खेप्न पर्ने बाध्यता रहेकाे छ । बर्षातकाे समयमा खाेलाकाे पानि धमिलाे हुने हुदा पिउनकाे लागि समेत खानेपानीकाे अभाव हुने गरेकाे छ । सिचाई लगायत अन्य खेतबारीमा तरकारी खेतिमा पानी लगाउन सुबिधा छ त्याे पनि खाेलाकाे पानिले नै धानेकाे अबस्था रहेकाे छ । मानिसहरूलाई दैनिक लुगाकपडा धुन,सरसफाइ लगायत अन्य पिउनकाे लागि पनि खाेलाकाे पानिमा भर पर्नु पर्ने बाध्यता रहेकाे छ । खाेलाकाे पानिमा शरिरलाई हानिकारक गर्ने नकारात्मक तत्व भएका कारण त्यस खाेलाकाे पानि पनि पिउन त्यति उपयुक्त नरहेकाे स्थानियले बताएका छन् । तर अन्य कुनै उपलब्धता नहुदा खाेलाकै पानी पिउनु परेकाे स्थानीयले बताएका छन्।
स्थानिय सरकार र राज्यले खानेपानीको उचित ब्यवस्थापन गर्न नसक्दा अधिकांस बस्तीहरुमा शुद्ध खानेपानीको पहुँच अझै पुग्न सकेको छैन् । शुद्ध खानेपानीको पहुँच पुग्न नसक्दा स्थानियबासी बर्षै देखि उहि खोलाको पानी पिउन बाध्य रहेका छन् ।खाेलाकाे हानिकारक पानिबाट कतिपय स्थानीयहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेकाे छ । दुषित पानिले दैनिक रुघाखोकी,झाडापखाला,आउँ,हैजा लगायतका प्रकोप बढ्दै गएका छन् । स्थानिय सरकार देखि सराेकारवाला निकाय अझै माैन बसेका छन् ।कतिपय गाउँमा खानेपानीकाे सुबिधा नहुदा स्थानिय पहिले देखि नै खाेलाकाे पानी खान बाध्य छन् त्यहि समस्या बडिमालिका ७ सेरा बस्तिकाे पनि रहेकाे छ । त्यस गाउँमा गुणस्तरीय खानेपानीकाे सुबिधा नुहुदा स्थानिय बासि बर्षाैदेखि खाेलाकाे पानी खान बाध्य रहेका छन् ।
निमार्ण गरीएका धाराको अबस्था…