गोबिन्द्र राज तिमिल्सेना,बाजुराः जिल्लाको बडिमालिका नगरपालिका वडा.नम्बर ७ मा रहेको जिल्लाकै पर्यटकीय तथा धार्मिक स्थल कालाजग्रा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको छ । परापुर्ब काल देखिको गुफाताल,बासुधारा लगायत कालिका माईको मन्दिर रहेको यस ठाउँमा पछिल्लो समय भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । यस ठाउँ गुफाताल,बासुधारा तथा मन्दिर धेरै पुरानो मानिन्छ। मन्दिरको पुनः निर्माण गरि गुणस्तरिय बनाईएको भए तापनि पहिले उक्त मन्दिर भएको ठाउँमा पुरानो सानो मन्दिर रहेको बताईन्छ ।
उक्त पर्यटकिय स्थल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको उक्त स्थल बाजुराको एक ऐतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्र हो । पुर्बी उत्तरि भेगको बुढिनन्दा बाट पनि नजिकै पर्ने उक्त क्षेत्र बिशेषत बडिमालिका नगरपालिकाको एक धार्मिक तथा पर्यटकिय स्थल हो । जिल्लाको बडिमालिका नगरपालिका संग जोडिएको दिव्य सुन्दर ऐतिहासि तथा धार्मिक पवित्र ठाउँ कालाजग्रा हो। यसलाई कालिका देविको थानका रुपमा पनि चिनिने गरिन्छ। यस क्षेत्रमा घुम्ने पर्यटकको संख्या बढ्दै जाँदा थप यसको प्रचार प्रसार हुने सम्भावना बढेको छ ।
कालिका देविको दर्शन पाउनको लागि उक्त ठाउँमा पछिल्ले समय आन्तरिक तथा बाह्य पर्यटक घुम्न जाने गरेको स्थानियहरुले बताएका छन् । मनको मनोकाङ्क्षा पूरा गर्न,पाप नष्ट गर्न र कालिका माईको वर पाउनको लागि विभिन्न ठाउँबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानहिरुले बताए । सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लाकै एक ऐतिहासिक तथा धार्मिक पर्यटकीय दिव्य देव स्थल भएको हुनाले यसलाई अहिले बडिमालिका नगरपालिका र वडा नम्बर ७ को वडा कार्यालयले विशेष सहयोग गरेका छन् । बढिजसो वडा नम्बर ७ वडा कार्यालयले यसको बिकाश संगै पर्यटन प्रबर्द्धन गर्न धेरै सहयोग गरेको छ ।
वडा कार्यालयको प्रयासले उक्त रमणिय तथा धार्मिक स्थल कालाजग्रामा,विभिन्न सरचना निर्माण भएका छन् भने कतिपय निर्माण हुने तयारीमा रहेका छन् । उक्त क्षेत्रमा गोरेटो बाटो लाई मर्मत गरि सिढिको रुपमा परिवर्तन गरिएका छन्। उक्त सिढिको सहायताले यात्रा निकै सहज र सरल बनाएको छ । त्यस्तै घुम्न जाने पर्यटकको लागि होमस्टे तथा खर्क स्टे पनि निर्माण भईरहेका छन् । धेरै भन्दा धेरै लागतमा उक्त ठाउँमा भ्यु टावर पनि निर्माण गरिएको छ। उक्त टावरले आन्तरिक तथा बाह्य पर्यटन भित्राउनमा सहयोग पुग्ने पनि बिश्वास लगिएको छ । कहालिलाग्दो चट्टाने भिरमा रहेको उक्त क्षेत्रलाई अहिले सुबिधा सम्पन्न बनाउन निकै प्रयास गरिएको छ।प्राकृतिक सौन्दर्यता संग रम्न र कालिका देविको दर्शन पाउँनको लागी पछिल्लो समय त्यहाँ घुम्न जाने पर्यटकको संख्या बढ्दै गएको छ ।
समुद्री सतहबाट करिब ३२०० मिटरको उचाइमा रहेको यो धार्मिक तथा पर्यटकिय क्षेत्र अग्ला डाडोमा दुई डाडाको एक डाडोमा अबस्थित रहेको छ । अच्चम के छ भने अल्लो डाडो माथि समथल ठाउँ र ढुङ्गामा उक्त स्थल रहेको छ । यस्तो डाडामा पनि कसरी समथल स्थल र मन्दिर भयो होला भनेर घुम्न जाने पर्यटक अच्चमित हुने गर्दछ । त्यस्तै मन्दिरको फेदिमा रहेको गुफाताल पनि अच्चमित रहेको छ । त्यस्तो भिर चट्टानमा पनि पानिको तलाउ रहेको छ। उक्त तलाउ देख्नमा सानो भए तापनि त्यहाँको गहिराई र पानी कति छ भनेर अझै ठम्याउन सकिएको छैन् । गुफाताल एकदमै घनघोर र डरलाग्दो देखिन्छ ।यति सम्भावना बोकेको कालाजग्रामा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको छ ।
“प्रकृतिको अनुपम स्थल कालाजग्रा”, “स्वर्ग भित्र लुकेको अर्को नयाँ पहाड”, “प्राकृतिक र सम्भावनाको खानी” नौरङ्गे साडिमा टिमिक्क उनिएकि अप्सरा जस्तै देखिने त्यहाका डाडापाखा” निकै लोभलाग्दो दृश्यले त्यहाँ घुम्न जाने पर्यटकको मन लोभ्याउने गर्छ । आन्तरिक तथा बाह्य पर्यटकका अतिरिक्त यहाँको ऐतिहासिक र धार्मिक अध्ययन गर्नेहरूको पनि यो ठाउँ आकर्षक गन्तव्य बन्न पुगेको देखिएको छ ।जिल्लाभित्र बाट त्यहाँ घुम्न जाने पर्यटकको संख्या बढ्दै गएको छ । जिल्लाका बिभिन्न बिद्यालयका बिद्यार्थी,अन्य पर्यटक लगायतको राजाईमा कालाजग्रा परेको छ । पछिल्लो समयमा कालाजग्रामा पदमार्ग निर्माणसँगै कालाजग्राको प्रचार प्रसार भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रमुख आकर्षणको केन्द्र बनेको बडिमालिका नगरपालिका–७ का अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।
पछिल्लो समय कालाजग्रामा जिल्ला भित्रबाट मात्र नभई जिल्ला बाहिरबाट घुम्न जानेको संख्या पनि थपिदै गएको अध्यक्ष पाध्ययाले बताएका छन् कालाजग्रा जिल्लाको पूर्वोत्तर र दक्षिणी क्षेत्रको दोसाँधमा अवस्थित रहेको छ । चट्टान भित्रको गुफाताल र हिमालको शिरानीमा रहेको मन्दिर क्षेत्र यस क्षेत्रका मुख्य आकर्षणले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याईरहेको छ । ढम्कने गाउँदेखि दुई तिन घण्टाको उकालो छिचोलेपछि कालाजग्रा मन्दिरमा पुग्न सकिन्छ । कहालिलाग्दा चट्टाने भिर,चारैतिर चल्ने शिरसिरे हावा,वरपरका सेताम्य हिमालले पर्यटको मन नै लोभ्याउने गर्दछ । कालाजग्रामा पुगेपछि साँच्चै स्वर्ग पुगिएको जस्तो आभास महसुस हुन्छ । पर्यटकको मन लोभ्याउने यस ठाउँमा जिल्लाका ९ कटै पालिकाबाट आन्तरिक पर्यटकहरु घुम्न आउँने गरेका छन् । चट्टानी गुफा ,जंगलमा सल्लाका रुखहरुले मनै लोभ्याउने,प्रकृतिको वास्तविक रुप साम्ने आए झै लाग्ने त्यहाँका डाडाँपाखा निकै रमाइला रहेका छन्
रमणिय ठाउँ कालाजग्रा जानको लागी जिल्ला सदरमुकाम मार्तडीबाट ढम्कनेसम्म गाडीमा जान सकिन्छ ।भने ढम्कनेबाट करिब दुई तिन किलोमिटर पदमार्ग निर्माण भएको छ । उक्त पदमार्ग हुदै त्यहाँ जान सकिन्छ । कालाजग्रा बाट बडिमालिकाका फाँटहरु, कर्णाली नदी लगायत कर्णाली क्षेत्रका विभिन्न स्थानहरु, प्रस्ट देऋन सकिन्छ । यस क्षेत्रबाट बझाङ, अछाम, डोटीसम्मका दृष्यहरु पनि देख्न सकिन्छन् । आकाशले पनि धर्ति नै छोएजस्तो देखिने त्यहाँको ठाउँ ,क्षणक्षणमा मौषम परिवर्तन हुने,घरी ढपक्क कुहिरोको घुम्टोमा सजिन्छ कालाजग्रा । अद्भूत शक्ति र वरदान प्राप्त हुने जनविश्वासले कालाजग्रा देवीको धार्मिक महिमा बढाएको छ । भने पछिल्लो समय पर्यटको संख्या पनि बढ्दै गएको छ । कालाज्रगाको फेदमा चट्टान भित्र गुफा रहेको छ भने त्यसमा पानी जमेको देख्न सकिन्छ त्यो पानीको तलाउ कत्रो छ भन्ने थाहा चाहिँ भएको छैन् । गुफातालको केहि तल बासुधारा रहेका छन् जसले कालाजग्राको शोभा बढाएको छ । उक्म्त बासुधाराको पानी पिउँदा अथवा स्नान गर्दा सबै पाप नष्ट हुने धार्मिक बिश्वास रहेको छ ।
कालाजग्रा जिल्ला सदरमुकाम मार्तडीबाटकरिब बिस एक्काइस किलोमिटर पूर्वोत्तरतर्फ र करिब ३२ सय मीटरको उचाईमा अवस्थित रहेको एक अत्यन्तै रमणिय पर्यटकिय क्षेत्र हो । दुईटा अग्ला हिमालको बीच भागमा कालाजग्रा मन्दिर रहेको छ । मनमोहक दृश्य रहेको कालाजग्रामा कालाजग्रा देवीको मन्दिर रहेको छ । त्यसै मन्दिरलाई कालाजग्रा देवि भनेर माािनसहरुले पुजा गर्ने गर्दछन् । आफुमा भएका पापहरु नष्ट गर्नको लागी मानिसहरुले कालिका देविको पुजा गर्ने गरेको धार्मिक बिश्वास रहेको छ । पछिल्लो समय कालाजग्राको पर्यटन प्रबद्र्धन गर्नको लागी कालाजग्रा गुफाताल संरक्षण समिति गठन गरेर समितिहरुबाटै कालाजग्रा घुम्न जाने पर्यटकको लागी बिभिन्न सेवाहरु उपलब्ध गराएको छ । समतिले कालाजग्रा घुम्न जानेहरुको लागी बिभिन्न दृश्य हेर्न टेलिस्कोपि,बाइनाकुलर लगायत आबश्यक कपडाहरु,खाने खासाम्रीहरु चाहिने खाद्यान्न सहितको ब्यबस्था गरेको छ भने घुम्न जाने पर्यटकबाट केहि आर्थिक संकलन गरेर त्यहि रकमबाट उक्त क्षेत्रको पर्यटन प्रबद्र्धनको लागी खर्च गर्ने गरेको छ ।
चट्टान भित्रको अनौठो ताल र त्यही ताल माथि उभिएको पहाड, जुन पहाडलाई चारैतिरको घना जंगलले निकै सुन्दर बनाएको कालाजग्रा पर्यटको आर्कषकको केन्द्र बन्दै गएको छ । पछिल्लो समय दिनानु दिन त्यहाँ घुम्न जाने आन्तरिक पर्यटकको संख्या थपिदै गएको छ । आन्तरिक पर्यटक संगै बाह्य पर्यटकको संख्या थप गर्न सकियो भने त्यस क्षेत्रको प्रचारप्रसार गर्न सहयोग पुग्ने अनुमान गरीन्छ ।त्यहाँ घुम्न जाने कतिपय पर्यटकले कालाजग्रलाई, “पहाड भित्र लुकेको नँया संसार”,“बिचित्रताको खानी”,“प्रकृतिको अनपम स्थल” “ स्वर्गको टुक्रा” लगायत कुराले बर्णन समेत गर्ने गरेका छन् । जतिपनि त्यहाँ घुम्न जाने पर्यकहरु त्यहाँको प्राकृतिक सौन्र्दयता संग पौठाजोरी खेलेर रमाइलो गर्ने गर्दछन्। त्यहाँ पुगि सकेपछि फेरी फर्किने मनै हराउँछ हिड्न लाँग्दा पनि खुट्टाहरु चुम्बक टाँसिए जस्तै धर्तिमा टाँसिने गर्दछन् । प्रकृतिको अनुपम स्थल कालाजग्रालाई थप प्रचारप्रसार गर्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन सकिने अनुमान गरीन्छ ।