युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
27 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,असार ४,बाजुरा– जिल्लाको बडिमालिका नगरपालिका वडा.नम्बर ७ ढम्कनेमा स्थानिय आलुको जात सुधारका लागि आलु पाठशाला कार्यक्रम सञ्चालन गरीएको छ । बाजुरा जिल्लाको आलुको राजधानी समेत भनेर चिनिने ढम्कनेमा स्थानिय आलुको जात सुधारको लागी आलु पाठशाला सञ्चालन गरीएको बडिमालिका नगरपालिका वडा.नम्बर ७ का वडा सदस्य लोकेन्द्र रोकायाले जानकारी दिएका छन्

 

जिल्लाकै आलुको राजधानी भनेर चिनिने ढम्कनेमा परम्परागत रूपमा खेती गरिदै आएको आलुको बिउ प्रमाणीकरण गर्न त्यहाँ आलु पाठशाला सञ्चालन गरिएको हो ।कार्यक्रममा आलु बालीमा लाग्ने रोग किराको व्यवस्थापन ,कम्पोस्ट मल बनाउने तरिका, आलुका प्रजाति, उत्पादन क्षमता लगायतका बारेमा खेतबारीमै पुगेर किसानलाई सिकाइएको थियो । ढम्कनेमा अन्य ठाउँको भन्दा जिल्लाकै बढी आलु उत्पादन हुने क्षेत्र मानिन्छ । आलु तरकारीको लागी भरपर्दो चिज भएका कारण पछिल्लो समय आलुको उत्पादनमा बृद्धि गर्नको लागी कृषकहरुलाई स्थानिय आलुको जातको सुधारका लागी आलु पाठशाला कार्यक्रम गराइएको हो । आलुबाट आलु चिप्स, मम, खीर, समोसा र पकौडालगायत का बिभिन्न परिकार बनाउन सकिने हुँदा त्यसको आम्दानी गर्ने उद्देश्यका साथ आलु पाठशाला कार्यक्रम गरीएको बताइएको छ ।

ढम्कनेमा परम्परागत देखि त्यहाँका सबै स्थानिय कृषकहरुले कम्तिमा ४० देखि ५० क्विन्टलसम्म आलु उत्पादन गर्ने गरेका छन्। किशानहरुले आफ्नै बारीमा उत्पादन गरेको आलुबाट आलुका परिकारहरू बनाउने तालिम दिएर भए पनि बिभिन्न परिकार बनाउन सिकाइने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । आलुको बजारीकरण भन्दा पनि आलुका बिभिन्न परिकार बनाउन सिकाईने ज्ञान केन्द्र बाजुराको भनाई रहेको छ । ३ बर्षसम्म यो पाठशाला नियमित संचालन गरिने नियम अनुसार अहिले दोस्रो बर्षमा प्रबेश गरेको छ ।ढम्कनेमा जिल्लाकै सबैभन्दा बढी आलु उत्पादन हुने भए पनि अलि बजारीकरणमा भने समस्या हुने गरेको छ । बर्षातको समयमा झनै आलु बजारीकरणमा समस्या हुने गरेको छ । स्थानिय बर्षातको समयमा पिठ्युमा बोकेर आलुका भारी जिल्ला सदरमुकाम मार्तडी ल्याउने गर्छन् ।

 

 

ढम्कनेमा उत्पादन गरीएको आलुको बजारीकरण गर्न २०७६ सालमा “ आलुको उत्पादन,प्रशोधन र बजारीकरण हाम्रो अभियान,ढम्कनेको स्थानिय अर्गानिक आलु,बाजुराको पहिचान ”भन्ने मुल नाराका साथ सुदुरपश्चिमकै पहिलो पटक आलु महोत्सव समेत सञ्चालन गरीएको थियो जसका कारण त्यहाँ उत्पादन गरीएको आलु बजारीकरण गर्न सहज भएको थियो महोत्सवबाटै ढम्कनेको आलु देशका ठुला शहर काठमाडौ,पोखरा,बुटबल,नेपालगञ्ज,लगायतका शहरहरुमा बजारीकरण गरीएको थियो । त्यसपछाडी देशका ठुला शहरहरुमा ढम्कनेको आलुको माग बढेपछि त्यहाँका कृषकहरु आलु खेतीमा आर्कषित भएका हुन् ।तर महोत्सव सञ्चालन पछाडी गाउँमा आलु उत्पादन केहि घटेको कृषकहरुको भनाई रहेको छ । महोत्सव नहुनु भन्दा अगाडी आलु निकै नै उत्पादन हुन्थे जब महोत्सव भयो त्यो भन्दा पछाडी आलु उत्पादनमा केहि गिरावट आएको त्यहाँका कृषकह्ररुले बताउने गरेका छन् ।मार्तडी कोल्टीको सडकखण्ड नजिकै पर्ने ढम्कने गाउँमा आलुबाट बिभिन्न परिकार बनाई बेच्न सकियो भने आम्दानीका स्रोत पैदा गर्न सकिने निकै प्रबल सम्भावना रहेको छ । जिल्लाको पुर्वि उत्तरी क्षेत्रका चारवटा पािलका संगै छिमेकी जिल्ला हुम्ला,जुम्ला,मुगु सम्म पनि ब्यापार गर्न सकिने निकै सम्भावना रहेको छ ।

 

ढम्कने आलु कृषक पाठशालाका अध्यक्ष मदनराज खत्रीको अध्यक्षतामा संचालनमा भएको कार्यक्रममा बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्याय प्रमुख अतिथि रहेका थिए । त्यस्तै कार्यक्रममा कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भुमिराज उपाध्याय, लिवर्डका कार्यक्रम संयोजक शम्भु बस्नेत,बडिमालिका ७ का वडा सदस्य लोकेन्द्र रोकाया ,पत्रकार लक्ष्मीराज पाध्याय बिषिष्ट अतिथि रहेका थिए । बडिमालिका नगरपालिका कृषि शाखाका प्राबिधीक नवराज पण्डित, ढम्कने सहकारीका अध्यक्ष नर बहादुर रोकाया लगायत अतिथि रहेका थिए । उक्त कार्यक्रममा उत्कृष्ठ किसानलाई पुरस्कार र पाठशालामा सहभागी हुने किसानहरुलाई प्रमाण पत्र प्रदान गरीएको थियो ।भने कार्यक्रमको सञ्चालन कृषक पाठशालाका सहायक राम बहादुर धामीले गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!