गोबिन्द्र राज तिमिल्सेना,असार ८,बाजुराः बेलुकीपख बर्षा भएसंगै बाजुराका किशान धान रोपाईमा ब्यस्त देखिएका छन् । जिल्लाका ९ वटै स्थानिय तहमा यतिखेर कृषकहरु असारे धान रोपाईमा खेतमै व्यस्त रहेका छन् । केहि समय अगाडी खडेरीका कारण समसया भएको भएपनि आजभोली थोरै भएपनि बेलुकीपख बर्षा हुने भएकोले किशानहरु बर्खे धान रोपाइँमा ब्यस्त देखिएका हुन् । अहिले बाजुराका किशानहरुलाई धान रोपाएईको चटारो रहेको छ भने सगै संगै कोदो सार्ने कामलाई पनि बाजुराका किशानहरुले अगाडी बढाएका छन् । अहिले बाजुराका कृषकहरु आली ताछ्ने, आली लगाउने, कुलो मर्मत,बिउँ गाड्ने,बोक्ने,
काममा ब्यस्त रहेका छन् ।
जिल्ला बाजुरामा जेठ पहिलो साताबाट धान रोपाई सूरु भई साउन मसान्तको तेस्रो सातासम्म धान रोपाई हुने गरेको छ ।जेठको पहिलो साताबाटै रोपाई सुरु गर्ने बाजुराका किशानहरुलाई यो बर्ष भने अलि खडेरीले सताएको हो तर पनि खडेरीको मतलब नराखी किशानहरु रोपाईमा ब्यस्त देखिएका छन् । सिँचाईको सुबिधा हुने कतिपय ठाउँमा भने रोपाई अन्तिम चरणमा पुगेको छ भने सिचाईको सुबिधा नभएको आकासे पानीको भरमा पर्ने खेतबारीमा भने अझैसम्म रोपाई सुरु हुन सकेको छैन् । जिल्लाका कतिपय ठाउँमा सिँचाई सुविधा भएका ठाउँमा समयमै धान रोपाई हुने गरेको छ भने कतिपय ठाउँमा आकाशे पानीको भरमा धान रोपाई हुने गरेको छ । असारको महिना मानो रोपी मुरी फलाउने महिना भएका कारण यतिबेला बाजुराका सबै कृषकहरु खेतबारीमै ब्यस्त रहेका छन् ।
जिल्लाका ९ वटै स्थानिय तह,मध्ये यतिबेला बढीजसो बडिमालिका,त्रिबेणी,बुढीगंगा,गौमुल,बुढीनन्दा लगायतका अन्य पालिकाका केहि ठाउँहरुमा यतिबेला रोपाईको निकै चटारो रहेको छ । मुख्य बालीका रुपमा चिनिने धान खेती रोप्न यतिबेला कृषक व्यस्त रहेका छन् ।कतिपय ठाउँमा भने हाते ट्याक्टरबाट धान रोपाइँ सुरु गरिएको छ भने कतिपय ठाउँमा गोरुकै सहयाताले धान रोपाई सुरु गरीएको छ । जिल्लाको बडिमालिका लगायतका आसपास क्षेत्रमा बढीजसो हाते ट्याक्टरबाट धान रोपाई सुरु गरीएको छ । हाते ट्याक्टरले सजिलो हुने भएको पछिल्लो समय बढीजसो कृषकहरु हाते ट्याक्टरको सहयाताले रोपाई गर्न थालेका छन् । मेहेनत कम संगै लागत पनि कम हुने भएकोले कृषकह्ररु हाते ट्याक्टर प्रति आर्कषित भएका छन् । जिल्लाका सबै पालिकामा हातेट्याक्टरको पहुँच पुगेकोले अहिले हाते ट्याक्टरको सहयाताले पनि कृषकहरुले धान रोपाई गर्ने गरेका छन् ।
बाजुराका कृषक यतिबेला धान रोपाइँमा व्यस्त छन् । मानो रोपेर मुरी फलाउने भन्दै खेतमा असारे भाका गाउँदै खेतबारीमै रातदिन ब्यस्त रहेका छन् । सदरमुकाम मार्तडी, जुगाडा, रजाली,रजातोली,जिल्ली,आटिचौर, ब्रह्मतोला, बाह्रविस, तोली, कैलाशमाण्डौ, कोल्टी पाण्डुसैन लगायत अन्य ठाउँमा पनि धान रोपाई सुरु गरिएको छ । बाजुरा जिल्लामा मनसुन नभित्रिएको भएपनि स्थानिय वायुको प्रभावले बेलुकीपख केहि पानी पर्ने भएकाले किशानहरुले रापाई सुरु गर्न थालेका हुन् । बाजुरामा वर्षेनी जेठ महिनाको पहिलो साताबाट सिचिंत क्षेत्रमा धान रोपाई सूरु हुने गर्दछ ।जिल्लामा जेठ पहिलो साताबाट सुरु भएको रोपाई साउन महिनाको तेस्रो सातासम्म सकिने गर्दछ् । समयमै पानी परेको खण्डमा भने यो भन्दा पनि चाडै रोपाई गरेर सकिन्छ तर अहिले समयमा पानी नपरेको हुँदा त्यहि समयमा रोपाई सकिने अनुमान रहेको छ ।
२ लाख १८ हजार ८ सय हेक्टर क्षेत्रफल रहेको बाजुरामा खेतीयोग्य जमिन ११ प्रतिशत रहेको छ । खेतीयोग्य जमिनको १५ प्रतिशत क्षेत्रमा मात्र सिंचाइ सुविधा छ । जिल्लामा ३३ सय हेक्टरमा धान रोप्ने गरिएको छ ।कतिपय ठाउँमा सिंचाइको सुविधा नहुँदा जिल्लामा बर्सेनि खाद्यन्न अभाव हुने गरेको छ ।जिल्लामा बर्सेनि ११ हजार मेट्रीक टन खाद्यन्नको अभाव हुने गरेको छ । जिल्लामा धान खेतिका लागि कुल क्षेत्रफल ७२३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५२०० हेक्टर, असिंचित र पाखो धान खेती २०३० हेक्टर रहेको कृषि ज्ञान केन्द्रको तथ्याकंमा रहेको छ ।
ज्ञान केन्द्रका अनुसार जिल्लाको पुर्बि उत्तर क्षेत्रमा पानी कम पर्ने र सिंचित क्षेत्र नभएकोले स्वामिकार्तिक खापर गाउँपालिकाको वाइ, हिमाली गाउँपालिकाको केही भाग जगन्नाथ गाउँपालिकाको केही क्षेत्रमा कम मात्रामा रोपाई हुने ज्ञान केन्द्रले जनाएको छ ।बुढीनन्दामा भने ति पालिका भन्दा केहि सुबिधा रहेको ज्ञान केन्दको भनाई रहेको छ । अरु तिन पालिकाका क्षेत्रमा बढीजसो आकाशे पानीको भरमा पर्नु पर्ने हुँदा त्यहाँका कृषकहरुलाई रोपाईमा केहि समस्या हुने गरेको ज्ञान केन्द्रले जनाएको छ भने अन्य पालिकाका ठाउँहरुमा भने बढीजसो सिचाई सुबिधा संगै पानी पर्ने भएकोले खासै समसया नहुने गरेको ज्ञान केन्द्र बाजुराले नाएको छ । पुर्बि उत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक लगायतका अन्य हिमाली जगन्नाथ लगायतका कतिपय क्षेत्रमा भने वर्षाको पानीले रोपाइँ गरौँला भन्ने आशमा बस्नु पर्ने अबस्था रहेको ज्ञान केन्द्रको भनाई रहेको छ ।
जिल्लाका कृषकहरु अहिले खेतबारीमै असारे धान तथा कोदो रोपाईमै ब्यस्त रहेका छन् । चैत्र महिनामा राखेको धानको बिउ खेतबारीमा रोपाई गर्ने जत्तिको भएसंगै कृषकहरु अहिले रातदिन नभनी काममा ब्यस्त रहेका छन् । जिल्लाका सबै पालिकाका कतिपय ठाउँमा अहिले खेतबारीमा रोपाईको निकै रौनक संगै असारे भाका गुञ्जिरेको छन् । जिल्लामा पहिलेको तुलनमा अहिले केहि धान रोपाईमा कमि आएको कृषकहरुले बताउने गरेका छन् । समय परिर्वतन संगै मानिसहरु रोजगारीको लागी गाउँ छोडेर जाने हुँदा गाउँघरमा पहिलेको तुलनामा रोपाई खेती कम हुने गरेको बाजुराका कृषहरुको भनाई रहेको छ । बजारको खाद्यान्नमा बढीजसो भर पर्ने भएका कारण पनि अहिले केहि रोपाई खेतीमा कमि आएको बाजुराका कृषकको भनाई रहेको छ ।