युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
57 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,असार,११,बाजुराः  जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले हरेक बर्षको मङ्सिर १ गते कोदो दिवस मनाउने भएको छ । नगरपालिकाले हिजो आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानिय बाली कोदोको प्रबर्द्धन, प्रचार र कृषकहरूलाई कोदो बाली प्रति आकर्षित गर्न हरेक बर्षको मङ्गिर १ गते कोदो दिवस बनाउने नीति बनाईएको नगर प्रमुख अमर खड्काले बताएका छन्।

नगर प्रमुख खड्काले दिएको जानकारी अनुसार पालिका भित्र उत्पादन गरिएको रैथाने बाली कोदोको प्रबर्द्धन तथा प्रचार-प्रसार गर्न तथा पालिका भित्र कोदो खेती गरिरहेका कृषकहरुलाई कार्यक्रम मार्फत थप कोदो खेति तर्फ आकर्षित गर्नको लागी उक्त कोदो दिवस कार्यक्रम सञ्चालन गर्न उक्त निति तथा कार्यक्रम बनाईएको बताएका छन् । पालिका भित्रका धेरै ठाउँमा कोदो खेति राम्रो हुने हुँदा अझै उक्त बालीको प्रबर्द्धन तथा प्रचार गर्न नगरपालिकाले आर्थीक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम मार्फत उक्त कोदो दिवस मनाउने नीति कार्यक्रम बनाईएको उनले बताए ।

करिब ५ हजार वर्ष पहिले पुर्वी अफ्रिकी मुलुक इथियोपियाबाट उत्पत्ति भएको कोदो ४ हजार वर्ष अघि भारत हुँदै नेपाल भित्रिएको थियो । विश्वका २५ भन्दा बढी अफ्रिकी र एशियाली देशहरुमा यसको खेती हुने गरेको छ । नेपालको सन्दर्भमा कोदो मुख्य खाद्यान्न बालीहरु मध्ये चौथो नम्बरमा पर्ने बाली हो । हाम्रो देशको तराईदेखि ३ हजार मिटरको उचाइसम्म उत्पादन हुने यो बाली पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मान्न सकिन्छ ।यसैको उत्पादन,बृद्धि तथा प्रबर्द्धन गर्नका निमित्त नगरपालिकाले यस्तो नीति लिएको नगर उप प्रमुख नन्दा कुमारी थापाले बताएकी छन्। नगरपालिकाका ९ वटै वडामा उत्पादित कोदोको बजारिकरण,त्यसको प्रचार-प्रसार गर्नमा बडिमालिका कोदो दिवसले महत्वपूर्ण भुमिका खेल्ने उप-प्रमुख थापाको भनाइ रहेको छ ।

स्थानिय स्तरमा उत्पादित कोदोमा क्याल्सियम, आइरन, प्रोटिन, खनिज लगायतका पौष्टिक युक्त औषधीय गुण भएको बाली भएकोले बालबालिका, गर्भवती, मधुमेह, रक्तचाप लगाएतका बिरामीहरुका लागि निकै उपयोगी खाद्यान्न मानिन्छ। मकैमा भन्दा ३५ गुणा र गहुंमा भन्दा ८.७३ गुणा बढी क्याल्सियम कोदोमा पाइने गरेको छ । यसैगरी चामलमा भन्दा २.३ गुणा, मकैमा भन्दा ३.७ गुणा र गहुँमा भन्दा १.५ गुणा बढी फलाम तत्व कोदोमा पाईने गरिन्छ । जसले गर्दा मानिसको शरिरलाई चाहिने आबश्यक पौष्टिक तत्व कोदो बाट पनि प्राप्त गर्न सकिन्छ । पालिकाले हरेक बर्षको मङ्सिरको १ गते बडिमालिका कोदो दिवस मनाउँदै त्यसलाई सार्थकता दिने हो भने पालिका भरि कोदो उत्पादन गर्ने कृषहरुको सङख्या पनि बढाउन सकिने अनुमान रहेको छ । आजभोलिको समयमा कोदोलाई खासै कसैले वास्ता नगरे पनि बजारमा पाईने अन्य खाद्यान्नको भन्दा कयौं गुणा राम्रो कोदोलाई मानिन्छ । तर पनि पछिल्लो समय मानिसहरु बजारको सर-सामानमा भर पर्ने हुँदा बडिमालिका लगायत अन्य ८ वटै पालिकामा यसको कम खेति गर्ने गरेको दुखिन्छ।

पालिकाको सदरमुकाम ८,९ मार्तडी, ७ को ढम्कने,रजातोली, जिल्ली ,सिराडि,चुथि,त्यस्तै पालिकाको वडा नम्वर २ जुगाडा,भौनेरा,१ को पिनालेख,सल्याना,लगायत अन्य ६ को कोर्ध ,४ को रिला,५ को मना,३ को रजाली लगायतका ठाउँमा कोदोको बढिजसो खेति गर्ने गरिन्छ । पालिका भित्रै कृषकहरुले उत्पादन गरेको परम्परागत रैथाने बाली कोदोको प्रबर्द्धन गर्न पालिकाले यस्तो नीति लिएको हो । नीति तथा कार्यक्रममा पालिकाले बडिमालिका कोदो दिवस मनाउने भनी कार्यक्रम बनायो, त्यसको कार्यान्वय भई हरेक बर्ष कोदो दिवस मनाउन थालियोस् र कोदोको थप प्रबर्द्धनमा सहयोग पुगोस् भन्ने आशा रहेको बडिमालिकाका कोदो कृषकहरुको भनाइ रहेको छ । बडिमालिकाको यो नीति एकदमै औचित्य पुर्ण भएको स्थानीयको भनाइ रहेको छ । यो नीति तथा कार्यक्रम खाली किताबको पानामा मात्रै सिमित नभई कार्यान्वयनमा आई लागू भएको र हरेक बर्ष कोदोको प्रबर्द्धनको लागी कोदो दिवस सञ्चालन भएको देख्न पाईयोस् बडिमालिकाका स्थानीयको भनाई रहेको छ ।

कोदोले मुटु रोग, स्वासप्रश्वास, पाचन प्रणाली, क्यान्सर लगायतका रोगहरुमा लाभदायक हुनुका साथै यो खाद्यान्न रोगप्रतिरोधात्मक हुने र यसले मांसपेशी र हड्डीलाई समेत मजबुत बनाउने हुँदा परम्परागत देखि कृषकहरु कोदोको खती गर्दै आईरहेका छन् थप यसको प्रचार संगै पालिका भरिका ९ वटै वडाका स्थानीय कृषकहरुलाई कोदो खेतिमा आकर्षित गर्नको लागी पालिकाले यस्तो निती तथा कार्यक्रम बनाएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर के। सी। ले बताएका छन् । पालिकाको यस्तो नितिले स्थानिय कोदो कृषकहरुलाई राहत मिल्ने के। सी। ले बताएका छन्। नेपाली जनजीवनमा  “कु अन्नको उपाधि पाएको कोदोलाई गरिबको भिटामिनको रुपमा मात्रै लिने गरेको यस अन्नलाई अहिले गरिब भन्दा पनि धनिहरुले बढि प्रयोग गर्ने गरेको उनले बताए। स्थानिय बालिको प्रबर्द्धन गर्न बडिमालिका कोदो दिवसले ठुलो सहयोग गर्ने उनले बताए ।

कोदोलाई प्रवर्द्धन गर्नका लागी चाउचाउ, पाउरोटी, बिस्कुट, क्याण्डी, सातु जस्ता मुल्य श्रृखलाका आयामहरूमा जोड्दै लग्ने हो भने पालिकामा उत्पादित कोदोले बजार पाउने अनुमान रहेको छ । साथै पालिकाको यो निति लागु भए पछि किसानहरुलाई भने ठुलो राहत हुने अनुमान रहेको छ । पालिका भित्र भने अहिले खासै कोदो खेतिलाई प्राथमिकता दिईएको छैन् भने सरकारबाट पनि यसको प्रबर्द्धनको लागी केहि गरेको छैन् परिवार मिलेर फुर्सदको समयमा गरिने खेती भएको हुँदा उत्पादन लागत निकै कम पर्न आउँछ। सिंचाइको आवश्यकता नपर्ने र बाली भित्र्याउँदा हिउँदको समयमा पर्ने हुनाले पशु वस्तुको आहारमा समेत टेवा पुर्याउने हुँदा कोदो खेतिको थप प्रबर्द्धन गर्न हरेक बर्षको मङ्सिर १ गते पालिकाले बडिमालिका कोदो दिवस मनाउने नीति तथा कार्यक्रम बनाएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!