बाजुराः पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेस पार्टी पूर्वसभापति तथा शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०१ औँ जन्मजयन्तीको अवसरमा बिरामीहरुलाई फलफुल बितरण गरीएको छ । गिरिजा प्रशाद कोइराला फाउण्डेशन शाखा बाजुराले जिल्ला अस्पतालमा उपचाररत रहेका बिरामीहरुलाई फलफुल बितरण गरेर स्वर्गीय कोइरालाको १०१ औँ जन्मजयन्ती मनाएको हो ।एक कार्यक्रमका बिच मंगलबार बिहान अस्पतामा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेर कोइरालाको १०१ औँ जन्मजयन्ती मनाएको गिरिजा प्रशाद कोइराला फाउण्डेशन शाखा बाजुराले जनाएको छ ।
कोइरालाको जन्मजयन्तिको अवसरमा कोइराला प्रति उच्च सम्मान गर्दे कोइराला फाउण्डेशन शाखा बाजुराले उनको सर्दा सुमन ब्यक्त गरेको छ । शाखाले कोइरालाको जन्मजयन्तिको अवसरमा फलफुल बितरण गर्दे अस्पताल बाजुरामा उपचारत बिरामीहरुको चाडो स्वास्थ्य लाभको कामना समेत गरेको छ ।कोइराला फाउण्डेशन बाजुरा अध्यक्ष तिलक पुरीको अध्यतामा सञ्चालन भएको फलफुल बितरण कार्यक्रममा प्रदेश सभा सदस्य माननिय जुना दानी,नेपाली काँग्रेस उपसभापति पदम बडुवाल, आरसि मेडिकल हलका सञ्चालक रामचन्द्र यादव, नेपाल किशानका जिल्ला अध्यक्ष टेकबहादु खत्रि,नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य धनलाल पाध्याय,नेपाल बिद्यार्थी संघ केन्द्रिय सदस्य भरत बुढा,नेवि.संघ जिल्ला अध्यक्ष जनक थापा,उपाअध्यक्ष तपेश रावल,नेवि संघ जिल्ला कार्य समिति सदस्यहरु ,नेता तथा कार्यकर्ता लगायत पत्रकारहरुको उपस्थित रहेको थियो ।
कोइरालाको १०१ औँ जन्म जयन्तीका अवसरमा गिरिजा प्रशाद कोइराला फाउण्डेशन शाखा बाजुराको आयोजनामा कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले अस्पताल बाजुरामा रहेका उपचारत बिरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।कोइराला मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका थिए ।नेपालको सर्वाधिक ठूलो सम्मान नेपाल रत्न मानपदवीबाट सम्मानित भएका कोइराला विसं १९८१ असार १८ गते भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी गाउँमा जन्मेका थिए भने कोइरालाको विसं २०६६ चैत ७ शनिबार ८५ बर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा निधन भएको थियो ।वि.सं २००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरेका थिए जुन पछि नेपाल ट्रेड युनियन कांग्रेसको रूपमा परिचित बनेको थियो ।