युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
166 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,असार २५ बाजुराः  हिउँदको समयमा समेत बग्ने पहिरो जब असारे झरि पर्न थाल्छ अनि बडिमालिका ७ जिल्लीमा रहेको जिल्ली पहिरोले जिल्ली बासीहरुको मनमा त्रासले डेरा जमाउँन थाल्छ । सदरमुकाम बाट करिब डेढ घण्टाको पैदल यात्रा पछि पुगिने पुर्वि क्षेत्रमा रहेको उक्त पहिरोको बीचमा जिल्ली बासीहरुका कतिपयका जग्गा जमिन बगरमा परिणत भएका छन् भने नजिकै रहेको लक्ष्मी माध्यामिक बिद्यालय पहिरोको उच्च जोखिममा रहेको छ । । करिब दुई बर्ष पहिला बग्न थालेको उक्त पहिरो अझै बग्ने क्रम जारी रहेको छ । पहिराले बाँकी रहेका जग्गा जमिन र बिद्यालय कतिबेला नदीमा पुर्याउछ कुनै टुंगो छैन ।रातभर अबिरल बर्षा सुरु भए पश्चात अनि माथिबाट धमाधम पहिरो बग्न सुरु हुन्छ,यता जिल्ली बासीहरुको मनमा पहिरोले कतिबेला जग्गा जमिन र बिद्यालय बगाउँने हो भन्ने त्रास छुट्टै हुन्छ भने सिंगो बडिमालिका ७ बासीहरुको मनमा उक्त पहिरो समस्याको जड बनेर बस्दै आएको छ भने पहिरोले गर्दा खेतीयोग्य जमिन,स्थानियका घाँसे मेलाहरु मासिदै आएका छन् ।

धेरैजसो बर्षातको समयमा दिनभर रातभर पानी पर्छ । ‘रातमा पानी पर्दा डर लाग्छ । झरिसँगै हुटुटु गर्दै अनौठो आवाज आउछ, पहिरो नै खसेको जस्तो तर साँच्चै पहिरो नै खसेको हुन्छ? उक्त पहिरोले सिंगो वडाबासीहरुको मनमा चिन्ता थपिन्छ । वारपार गर्न मुस्किलले हिड्दै गर्दा च्यापिएर मरिन्छ की भन्ने डर छुट्टै हुन्छ? पहिरो रातदिन धमाधम बगेको बग्यै हुन्छ । पहिरोले पोहोर साल जिल्ली बासी स्थानिय उपेन्द्र जैशीको घर जग्गा बगाउँदा उनको परिवार विस्थापित बनेका थिए भने अन्य स्थानियहरुको पनि जग्गा जमिन पहिरोले बगाएर नदिमा मिसाएको थियो । पहिरो निरन्तर बगि नै रहेको छ । कति क्षति गर्ने हो कुनै पत्तो छैन । पहिरोले लक्ष्मी माध्यामिक बिद्यालय पनि जोखिममा परी बगाएर नदिमा लैजाने तयारीमा छ ।कतिपय स्थानीयका पचास साठी रोपनी भन्दा बढी जग्गा जमिन पहिरोले लगिसकेको छ । उनी भन्छन्, ‘पाखो र रुख कति लग्यो । त्यसको कुनै हिसाव छैन ।’ पहिरोले जग्गा जमिन घरबास उठाउदा समेत कही कतैबाट राहत नपाएको पहिरो पिडितहरुले बताउने गरेका छन् ।  पहिरो रोक्न पनि कसैले पहल नगरेको उनीहरुको भनाई रहेको छ । ग्याविन भरेर पहिरो रोक्न धेरै प्रयास गरीएको भएपनि पहिरो बग्न नरोकिएको स्थानियले बताएका छन् ।

पहिरो रोक्न लगाइएका कति ग्याबिनहरु पनि पहिराले कहिल्यै बगाइएसक्यो कुनै अत्तोपत्तो छैन उनीहरु बताउँछन् ।उक्त पहिरोका कारण सुदुरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको मार्तडी कोल्टी सडकखण्ड पनि धरापमा परेको छ । हरेक बर्षातको समयमा उक्त सडकखण्ड अबरद्ध हुदै आएको छ । पहिरो बग्न थालेको करिब दुई बर्ष बितिसक्दा पनि पहिरो बग्ने क्रम रोकिएको छैन् । हिउँदको समयमा पनि बग्ने पहिरो बर्षातको समयमा झन बढी बग्न थालेपछि यातायातका साधन लगायत दैनिक मानिसहरुको आवतजावतमा समस्या भएको छ । जिल्ली पहिरोका कारण मार्तडी कोल्टी सडकखण्ड पनि सडक पनि जोखिममा परेको छ । पहिरोले बडिमालिका ७ जिल्ली,सिराडी,सुनकाना,पोखरा,गोपीसेरा,रजातोली,ढम्कने लगायत पुर्वि उत्तरी क्षेत्रका चारवटै पालिकाका नागरीक र छिमेकी जिल्ला हुम्ला, मुगु लगायतका नागरीकलाई आउन जान बाटो बन्द हुने गरेको छ ।

भिरालो जमिनमा अव्यवस्थित रूपमा पर्याप्त अध्ययनबिनै डोजरका भरमा गरिने सडक निर्माण जस्ता विकास निर्माणका कामले पहिरो जाने उच्च जोखिम रहन्छ । जिल्लीमा पनि भिरालो जमिन रहेकोले अलि पानी पर्दा पनि पहिरो जाने हुँदा रोकिने क्रम कम नभएको अनुमान गरीएको छ ।जोखिमपूर्ण भिराला ठाउँमा पहिले गएका पहिरोका अवशेष हेरेर समेत सबै गम्भीर हुनुपर्ने देखिन्छ।तर नेपालमा कतिपय यस्तो नहुँदा पहिरो धेरै जाने गरेको बिज्ञहरु बताउने गर्छन् । जिल्ली पहिरो अत्ष्यन्तै भिरालो जमिनमा लागेको हुँदा रोकिने सम्भावना न्युन रहेको देखिन्छ । हिउँदको समयमा अलि पहिरो बग्ने क्रम कम भएपनि बर्षातको समय सुरु हुने बितिक्कै पहिरो बग्ने क्रम सुरु हुँदा निकै समसया हुने गरेको छ । पहिरोले मार्तडी देखि कोल्टी सम्म जाने मालबाहक सवारी साधनहरु र जिप ठप्प भएका छन् । जिल्ली पहिरो हरेक बर्षातको समयमा अबरुद्ध हुने गर्छ? असार १७ गते राति आएको अबिरल बर्षातले सडक माथिबाट पहिरो गई अबरुद्ध भएको सडक करिब एक साता बितिसक्दा पनि अझै सञ्चालनमा आउँन सकेको छैन् । अबरुद्ध सडक लामो एक सातासम्म पनि सञ्चालनमा आउँन नसक्दा यातायातका साधनहरु ठप्प बनेका छन् भने मानिसहरुको आवतजावतमा पनि समस्या भएको हो ।

करिब दुई चार दिनको लगातारको अरिबल बर्षातले पहिरो धेरै बगी जिल्ली बासीहरुका जग्गा जमिन बगाएको भने कतिपय जग्गा जमिन जोखिममा परेका छन् । त्यस्तै जिल्लीमै बिगत लामो समयदेखि सञ्चालित बिद्यालय लक्ष्मी मावी पनि पहिरोको उच्च चपेटामा परेको छ । बिद्यालयको तलतिर पहिरोले जमिन कटान गर्न थालेपछि बिद्यालय उच्च जोखिमा परेको हो ।बिद्यालय भवनको तलतिर पहिरोलेजमिन कटान गर्दै गईरहेकोले उक्त बिद्यालय पहिरोको उच्च जोखिममा परहेको हो । विगत लामो समय देखी लक्ष्मी माध्यामिक विद्यालयले पहिरोको जोखिम मोल्दै आएको छ बिद्यालयका प्रधानाध्यापक लालचन्द्र जैशिले बताएका छन् । पहिरोका कारण बिद्यालयको पढाई प्रभावित हुनुका साथै बिद्यालय पनि उच्च जोखिममा रहेकोले यसबारे सम्बन्धित निकायले चाँडो ध्यान दिनुपर्ने प्रधानाध्यापक जैशिले बताए । यो बर्षातको समयमा उक्त पहिरोका कारण बिद्यालय बन्द गर्नु पर्ने अबस्था आउँने हुँदा बिद्यालयको पढाईमा ठुलो असर परेको उनले बताए । रातभर लगातार पानी पर्न थालेपछि माटो बिस्तारै भिजेर पहिरो थालेको हो । पहिरोको रोकथामको लागी बिभिन्न कार्य गरीएको भएपनि उक्त पहिरो अझै रोकिएको छैन् । मार्तडी कोल्टीसम्म सडकखण्ड कालोपत्रे गरेको भए अलि राहत मिल्ने थियो तर कालोपत्रेको काम पनि लापरवाहीका कारण सम्पन्न हुन नसक्दा समस्या भएको स्थानियले बताएका छन् ।

 

यता स्थानियहरुले पहिरो बगेको लामो समय बितिसक्दा पनि कसैले चाँसो नदिएको बताएका छन् । पहिरो बग्न थालेको करिब दुई बर्ष पुरा भयो,पहिरोको अनुगमन गर्न स्थानिय जनप्रतिनिधि,स्थानिय सरकार,जिल्लाबाट प्रतिनिधित्व गर्ने माननियहरु आएको भएपनि पहिरोको रोकथाम तथा बैकल्पिक उपायको लागी कसैले केहि पनि समन्वय सहकार्य नगरेको स्थानियहरुले बताएका छन् । जब बर्षातको समयमा पहिरो बग्न सुरु हुन्छ,अनि मात्रै जनप्रतिनिधिका कान ठाडा हुन्छन्,अघिपछि पहिरोको रोकथामको लागी कहि कतै पनि कुरा उठाउदैनन्,जब बर्षात सुरु भई पहिरोले बितण्डा मच्चाउन थाल्छ अनि मात्रै जनप्रतिनिधि निद्राबाट उठ्नुहुन्छ? स्थानियले बताएका छन् । पहिरोबाट जनताहरुले ठुलो समसया पाइरहँदा सम्म पनि स्थानिय सरकार,जनप्रतिनिधि लगायत सांसदहरुले कुनै वास्ता नगरेको स्थानियहरुले आरोप लगाएका छन् । पहिरो रोकथामको लागी कहिँ कतै पहल गरेको भए यस्तो समस्या हुन्न थियो होला? चुनावको बेला ठुलाठुला भाषण गरेर आश्वासन दिने नेताहरु अहिले सम्म सुत्नु भएको छ । अब जनताले नै पानी छर्केर उठाउँनु पर्ने बाध्यता आएको स्थानियहरुले बताएका छन् । पहिरोले ठुलो बितण्डा गरीरहँदा पनि यहाँका जनप्रतिनिधि,स्थानिय सरकार र जिल्लाबाट प्रतिनिधित्व गर्ने माननिय सांसदहरु कानमा तेल हालेर सुतिरहेका हुँदा पहिरो बगेको दुई बर्ष बितिसक्दा पनि नरोकिएको स्थानियहरुले बताएका छन् ।

 

सडक अबरुद्ध हुँदा माथिल्लो क्षेत्रतिरका सबै स्थानिय बासी संगै छिमेकी जिल्ला हुम्ला,मुगुका नागरिकहरुलाई पनि समस्या भएको छ। बर्षातको समय हुँदा राति लगातार पानी पर्न थालेपछि माटो बिस्तारै भिजेर पहिरो बग्न सुरु भएको छ भने पहिरोले ठुलो धनजनको क्षती गर्दे आईरहेको छ । ।पहिरोको रोकथामको लागी बिभिन्न कार्य गरीएको भएपनि उक्त पहिरो अझै रोकिएको छैन् । पहिरो बग्न सुरु भएको करिब दुई बर्ष बित्यो पहिरोको दृश्य हेर्न सबै नेता कार्यकर्ताहरु लगायत बाजुराबाट प्रतिनिधित्व गर्ने सांसदहरुले पनि पहिरोको अवलोकन गरे तर पनि पहिरोको रोकथामको लागी कुनै पनि पहल नगर्दा समस्या भएको स्थानियले बताएका छन् ।पहिरोले सडकखण्ड अबरुद्ध हुनुका साथै मानिसहरुको आवतजावत पनि कष्ठकर बनेको छ।पहिरोको रोकथामको लागी कहिँ कतैबाट पनि पहल हुन नसकेको स्थानियहरुले बताएका छन् । पहिरोले जिल्ली बासीहरुको ठुलो धनजनको क्षृती समेत गरेको छ । पहिरो लगातार बग्न थालेपछि बैकल्पिक उपाय अपनाउनु पर्ने देखिएको छ भने यता जिल्ली माध्यामिक बिद्यालयलाई पनि अन्यन्त्र स्थानात्तरण गर्नु पर्ने देखिएको छ । पहिरो नरोकिएको खण्डमा बिद्यालय निकै जोखिममा रहेको हुँदा बैकल्पिक उपाय बाहेक अरु कुनै बिकल्प नरहेको बताइएको छ । उक्त विद्यालयलाई पहिरोले ठुलो क्षेती गर्ने भएकाले बैकल्पिक बाटो अपनाउनु पर्ने देखिएको छ ।

चुनावको बेला घरको दैलो दैलो पुगेर हात जोड्ने जनप्रतिनिधि,सांसदहरु पनि जिल्लाको समसइाको बिषमा चुइक्क बोल्दैनन्,चुनाव अघि ठुल्ठुला आश्वासन दिन्छन् जब चुनाव जितिसके पछि जिल्लाको आफ्नो गाउँको समसयाको बारेमा कहिँ आवाज उठाउँदैनन् स्थानियले आरोप लगाएका छन् । सडक अबरुद्ध हुँदा दैनिक यातायातका साधनहरु लगायत मानिसहरुको आवतजावतमा सकस भएको छ । जिल्ली पहिरोका कारण बडिमालिका ७ का वडाबासीहरुलाई निकै समस्या भएको छ । असारको महिनामा कामकाज गर्नमा समेत उक्त पहिरोले समस्या गर्दे आएको छ । साथै चुथी,रजातोली,ढम्कनेमा ब्यबसाय गर्दे आएका होटल ब्यबसायिहरुलाई पनि सामान ढुवानीमा समस्या भएको छ । पहिरोमा यात्रा गर्न पनि निकै असहज रहेको छ । ‘सडक अबरुद्ध भएपछि उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामाग्रीको ढुवानी गर्न समेत समस्या भएको छ । पहिरो बग्न थालेको लामो समय बितिसक्दा पनि पहिरोको रोकथामको लागी तथा पहिरोबाट पिडित परिवारको लागी कुनै राहतको समेत ब्यबस्था गर्न कसैले सकेको छैन् । दिन प्रतिदिन पहिरोले स्थानियहरुको खेतीयोग्य जमिन बगाउँदै लगेको छ ।

 

जिल्ली पहिरोले हरेक बर्षातको समयमा मार्तडी देखि कोल्टीसम्मको यातायात आवागमन बन्द हुने गरेको छ । पहिरो झनझन बढीबग्न थालेको र हल्का प्रयासले उक्त परिहो पन्छाउन नसकिने अनुमान गरीएको छ । हिँउदको समयमा केहि यपाय अपनाएर रोक्न सकिन्थ्यो तर अहिले बर्षातको समयमा कुनै बिकल्प नरहेको पाइन्छ। अझै पनि समयमै ध्यान नदिएको खण्डमा ठुलो बिपत्ती आइलाग्ने जस्तो देखिन्छ । मार्तडी कोल्टी सडकखण्डको बिचमै ठुलो पहिरो लाग्दा समस्या भएको हो । अहिले उक्त पहिरोमा यातायात आवागमन पुर्ण रुपमा बन्द रहेको छ । मानिसहरु भने हर प्रयासले वारपार गरीरहेका छन् । विगत दुई बर्ष देखि सधै बर्खायाममा दानचौर जिल्ली पहिराले नागरिकहरुलाई दुः ख दिदै आएको छ । पहिरोले भिमकाय आकार लिदै गएकोले थप बितण्डा गर्ने अनुमान गरीएको छ । जिल्ली पहिरोले गर्दा पुर्वि उत्तरि क्षेत्रका चारवटै पालिका बुढिनन्दा,हिमाली ,स्मातिकार्तिक र जगन्नाथ गाउँपालिका लगायत छिमेकी जिल्ला हुम्ला,कालिकोटका नागरिकहरुले समेत सास्ती भोग्नु परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!