युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
127 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,असार २८,बाजुराः जिल्ला बाजुरामा करिब १२५ गाउँबस्ती पहिरोको उच्च जोखिममा रहेका छन् ।  लगातारको वर्षातले बाजुराका करिब १२५ बढी गाउँ बस्ती बाढीपहिराको उच्च जोखिममा रहेका छन् ।  जिल्लाका  नौ वटै स्थानीय तहका करिब एक सय २५ बढी गाँउ बस्तीबाढीपहिरोको जोखिममा रहेको जिल्ला प्रशाशन कार्यालय बाजुराले जनाएको छ । अत्याधिक बर्षा हुन थालेपछि बाजुराबासीलाई बाढीपहिरोको चिन्ताले सताउन थालेको छ  । हिउँदको समयमा आनन्द सुत्न पाएका बाजुराका बासीहरुलाई जब बर्षातको समय सुरु भएपछि बाढीपहिरोको चिन्ताले सताउन थालेको हो । बाजुराका १२५ भन्दा बढी गाउँ बस्तीहरुमा बाढीपहिरोको निकै जोखिम रहेका कारण त्यहाँका नागरीकलाई बर्षायाम सुरु भएसंगै रातादिन चिन्ताले सताउन थालेको छ

जिल्लाका ९ वटै पालिकाका बिभिन्न गाउँबस्तीहरु पहिरोको जोखिममा रहेका छन् । २०७८/७९ सालमा बर्षातको समयमा आएको बाढीपहिरोले बाजुराका नौ वटै स्थानीय तहका अधिकांश गाउँ बस्ती बाढीपहिरोको उच्च जोखिममा छ । उक्त जोखिममा रहेका गाउँबस्तीहरुलाई अझै पनि कहिँकतै स्थानान्तरण गर्न सकिएको छैन् । जसले गर्दा ति गाउँबस्तीहरु अहिले यो बर्षातको समयमा निकै जोखिममा रहेका छन । वर्षा सुरु भएसँगै अहिले जिल्लाका १२५ बढी गाउँबस्तीहरु पहिरोको उच्च जोखिममा छन् । हिउँदको समयमा कम पानी पर्ने हुँदा बसोवास भइरहे पनि बर्षातको  समयमा बाढीपहिरोको जोखिम बढ्दा स्थानीयलाई कहाँ जाउ के, गरौं  भएको छ ।

बर्षातको समयमा लगातार पानी पर्ने हुँदा खोला, खोल्सा तथा नदी आसपासमा रहेका बस्ती जोखिममा हुँदा स्थानीयलाई वर्षेनि समस्या हुने गरेको छ । जिल्लामा धेरै परिवार उच्च जोखिममा भए पनि सरकारले बस्ती स्थानान्तरण गर्न कुनै पहल नगरेको स्थानीयको गुनासो रहेको छ ।स्थानिय सरकारले पनि खासै वास्ता नगरेको बाढीपहिरो पिडितहरुको गुनासो रहेको छ ।  बर्षातको समयमा  अधिकांश परिवारले घर छाड्ने गरे पनि स्थानीयलाई सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण हुन सकिएको छैन ।बर्षातको समयमा सधैजसो बाजुराबासी त्रासमै रात कटाउँन बाध्य रहेका छन् । जिल्लाका ९ वटै स्थानिय तहरुका गाउँबस्तीहरु पहिरोको उच्च जोखिममा रहेकोले त्यहाँका गाउँबस्तीहरुलाई कहिँकतै स्थानान्तरण गर्न नसक्दा हरेक बर्षातमा त्यहाँका नागरीक त्रासमै मनमा डर बोकेर बस्न बाध्य रहेका छन् । जिल्लाका बुढीगंगा,खप्तडछेडेदह,बडिमालिका गौमुल ,स्वामिकार्तिक गाउँपालिका का बस्तीहरु पहिरोको उच्च जोखिमा रहेका छन् ।

बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरु स्थानान्तरुणका लागि अनुगमन गर्न जिल्लाबाट सरकारी टोली गाउँमा पुगेपनि अहिले सम्म बस्ती स्थान्तारण नभएको र बर्षातको समयमा त्यहाँका बस्तीहरु पहिरोको उच्च जोखिममा रहि आएका छन् ।  मुक्तीकोटमा दलित बस्तीको तलमाथीबाट पहिरो आएको छ । त्यसै पहिरो आएको ठाउँमा करिब ३८० दलित घरपरिवार बसोबास गर्दै आएका छन् ।उक्त ठाउँ पहिरोको निकै जोखिममा रहेको छ ।त्यस्तै जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको गुईबन बस्ती पनि बाढीपहिरोको उच्च जोखिममा रहेको छ । उक्त बस्ती भने लामोसमय देखि बाढीपहिरोको उच्च जोखिममा रहेको छ । खप्तड छेडेदह गाँउपालिकामा मात्र दर्जन बस्ति पहिरोको जोखिममा रहेको रहेका छन । सो मध्यकै सबै भन्द बढि पहिरोको जोखीममा रहेको गुइवन बस्ती हो । २०४८ सालबाट सामान्य चिरा परेको गुईबन गाउँको भिर भासिदै गएपछि त्यहाँका करिब १ सय २० परिवार पहिरोको उच्च जोखीममा रहदै आएका छन ।बर्षातको समय सुरु भए पश्चात त्यहाँका नागरीकलाई पहिरोको चिन्ताले पिरोल्ने गर्छ,त्यहाँको उक्त पहिरो २०५६ साल देखी गाउँ नजिकै पुगेको त्यहाँका स्थानियहरुको भनाई रहेको छ । लामो समयदेखि पहिरोको उच्च जोखिममाा रहेका त्यहाँका नागरीक बर्षातको समयमा ठुलो बिपतको सामना गदै आईरहेका छन् ।

उक्त गाउँ पहिरोको उच्च जोखिमा रहेको भएपनि त्यसको स्थानान्तरणको लागी भने अझै कुनै पनि पहल हुन नसकेको त्यहाँका स्थानियहरुले बताएका छन् ।त्यस्तै बजेडी गाउँ पनि पहिरोको उच्च जोखिममा रहेको छ । २०५६ सालदेखि गुम्लागाउँ देखि आएको पहिरोले बजेडीको पुरै बस्ती पहिरोको उच्च जोखिममा रहेको छ  । पानी परेको बेला पहिरो धमाधम बग्न सुरु हुन थाल्दा स्थानियलाई चिन्ता थपिएको छ । पहिरोले कति जग्गा जमिन बगाउने हो,छुट्टै चिन्ता छ ,त्यसैमा खेतीयोग्य जमिनहरु पनि पहिरोले मासिदै गएका छन् । त्यहाँ पहिरो बगेको लामो समय बितिसक्दा पनि त्यहाँको बस्तीलाई कहिँकतै सार्न सकिएको छैन् । जसको असर बजैडी बासीहरुलाई परेको छ । त्यस्तै यता बुढीगंगाको अम्कोट बल्दे का गाउँबस्तीहरु पनि पहिरोको उच्च जोखिममा रहेका छन् । २०६४ सालमा आएको बाढीले त्यहाँका गाउँबस्ती बाढीपहिरोको चपेटामा परेका थिए । बर्खा लागेपछि पहिरो बग्न सुरु हुने भएकाले त्यहाँका नागरीकलाई कहाँ गएर बस्ने भन्ने चिन्ताले सताउँने गर्छ, बाढीपहिरोले त्यहाँका स्थानीयवासीको कतिपय कमाई खाने अधिकांश खेतियोग्य जमिनसमेत नदिमा मिसाएको छ  । खेती गर्ने जमिनमा अहिले नदी बग्न थालेको छ । बर्षातको समयमा बल्दे,अम्कोट बासीहरुले बाढीपहिरोको बितण्डा सहनु बाहेक अरु कुनै बिकल्प देखिदैन् । उक्त बस्ती स्थानान्तरण गर्नको लागी पनि कुनै पहल समेत भएको छैन् ।

जिल्लाका ९ वटै स्थानिय तहका करिब १२५ बढी गाउँबस्ती अहिले बाढी पहिरोको  चपेटामा रहेका छन् । अप्तड छेडेदहको गुईबन लगायत मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा,  घट्टेखोला धनाल्त, टुनीसैन चास्ला माडिखोला, छडिपाताल, गुम्लागाँउ उच्च जोखिममा छन् ।जिल्लाको गौमुल गाउँपालिकामा पनि कयौँ बस्तीहरु बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । गाउँपालिकामा करिब दुई दर्जनभन्दा बढी बस्तीहरू पहिरोको उच्च जोखिममा छन् ।माडीमा गाउँ भन्दा माथि जमिन फाटेर उक्त बस्ती पहिरोको जोखिममा रहेको छ त्यस्तै अन्द्राढी,टुनी, बाम्नी, शान्ति टोल र गैरीबाडा,बसाला, लगायतका बस्तीहरु उच्च जोखिमा रहेका छन् । गत बर्ष पनि गौमुलमा पहिरोबाट कयौ घरपरिवार बिस्थापित भएका थिए भने कतिपय स्थानयिका खेतीयोग्य जमिन पहिरोले बगनएको थियो । पालिकामा माडी र सिम, गताडी, मल्लोदुगन, पौदाली, कुहुडा पाटा, चल्लो काट्ना, आला, धल्काडा, कटीगाउँ, बेहरी, कोट, लगायतका बस्ती पनि उच्च् जोखिममा रहेका छन् ।पालिकामा यि बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्ने अबस्था देखिन्छ । गौमुल गाउँपालिकामा अन्य पालिकाको भन्दा अलि बढी बर्षा हुने भएकोले पनि त्यहाँका बढीजसो गाउँबस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।

त्रिबेणी नगरपालिकामा पनि कयौ बस्ती जोखिमा रहेका छन् । पालिकाको पन्ताली, ढडाली, बागापाटा, कालापानी, गिरिवाडा, नेपालीटोल, ताम्सु र नुवाकोट, गैरा र पन्धारा गाउँ, फल्नेतोला किम्नीको ढोड क्षेत्र पीपलसैन, लगायतका गाउँबस्तीहरु बाढीपहिरोको उच्च जोखिममाा रहेका छन् । त्यहाँका नागरीकलाई पनि बर्षातको समयमा निकै दुःख हुने गरेको छ । यता बडिमालिका नगरपालिकाको पाटामा ठुलो पहिरोले गाउँ पुरै बिस्थापित हुँने अवस्थामा हरेको छ। गाउँको दायाँ बाँया पट्टीको पहिरो रहेको छ। त्यस्तै पालिकाकै ढम्कने,रजातोली,जिल्ली,सिराडी,कोर्ध,घाँघर,मार्तडी आसपास क्षेत्र पहिरोको उच्च जोखिममा रहेका छन् । बडिमालिका ७ जिल्लीमा दुई बर्ष यता रोड माथिबाटै ठुलो पहिरो गएको छ । जसले गर्दा मार्तडी कोल्टी क्षेत्रको लागी यातायात सञ्चालनमा बर्षातको समयमा निकै समस्या हुने गरेको छ भने उक्त पहिरोबाट जिल्ली बासीका कतिपय जग्गा जमिन बगाएको छ त्यस्तै लक्ष्मी माध्यामिक बिद्यालय पहिरोको उच्च जोखिमा रहेको छ ।

बुढीनन्दा नगरपालिकामा पनि केहि बस्तीहरु जोखिममा रहेका छन् । पालिकाको साउने गाउँ, कोल्टी गाउँ, भुलेना, घोडाकोट,सिराडी, दैया, लाटोवस्ती र खारगडा, पहेलसेरा, लगायतका बस्ती उच्च जोखिमा रहेका छन् ति बस्तीहरुमा पनि बर्षातको समयमा निकै समस्या हुने गरेको छ । जिल्लाको जगन्नाथ र हिमाली गाउँपालिकामा भने अन्य पालिकाको तुलनामा कमै बस्तीहरु जोखिममा रहेका छन् ।हिमाली गाउँपालिका -३ युना र बौडी बस्ती जोखिममा रहेका छन। जिल्ला बाजुराका अधिकांस गाउँबस्तीहरु बाढीपहिरोको उच्च जोखिममा रहेको भएपनि अहिलेसम्म ब्यबस्थित तरीकाले कुनै पनि ठाउँका गाउँबस्तीहरु ब्यबस्थित हुन सकेका छैनन् । बर्षायाम सुरु भईसक्दा अब यहाँका नागरीकलाई बाढीपहिरोको चिन्ताले सताउन थालेको छ । कतिपय गाउँका स्थानियहरु अलिेसम्म पनि पालकै घरमुनि बस्दै आईरहेका छन् भने यो बर्षातको समयमा बाढीपहिरोबाट उच्च जोखिममा रहेका बस्तीका परिवार खुल्ला ठाउँमा गएर पालमुनि रात कटाउने गर्छन् ।पहिरोले बर्षातको समयमा तर्साउन थालेपछि स्थानियहरुलाई कता गएर जीउ जोगाउने भन्ने चिन्ताले सताउने गरेको छ ।

स्थानीय प्रदेश र सङघीय सरकारले जिल्लाका बस्ती स्थानान्तरणको काम नगरेपछि जिल्लाका जोखिम बस्तीका स्थानीयलाई बर्षातको समयमा चिन्तै चिन्ताले रात कटाउनुपर्ने बाध्यता रहेको छ ।स्थानीय तहले यहाँका बाढीपहिरोबाट प्रभावित भएका बस्तीको तथ्याङ्क सङ्कलनमा खासै ध्यान नदिदा बर्षेनी यहाँका नागरीकले पिडा भोग्दै आईरहेका छन् । जिल्ला बाजुरामा करिब ९५ प्रतिशत गाउँबस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् भने उनिहरुले सधैभर बर्षातको समयमा बिपत्तीको सामाना गर्नुपर्ने अबस्था रहेको छ । बर्षेनी जिल्ला बाजुरामा बाढीपहिरोले खेतीयोग्य जमिन बगाउँनुका साथै कतिपय घरपरिवार बिस्थापित गर्दे आएको छ ।हरेक बर्षातको समयमा बाजुराका स्थानियहरु बिस्थापित हुँर्दै आएका छन् । बाढीपहिरोको जोखिममा रहेका गाउँबस्तीहरुलाई अन्त स्थानान्तरण गर्न नसक्दा बर्षेनी यहाँका नागरीकहरु बिस्थापित हुँदै आएका छन् ।

फोटो ग्यालरी

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!