काठमाडौँ — नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।
सोमबार निधन भएका माओवादीका केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन मंगलबार जनकपुर पुगेका दाहाल फर्किएर एयरपोर्टबाटै सिधै कोटेश्वर पुगेका थिए ।
एमालेभित्रको विवाद मिलाउन कार्यदल सक्रिय रहेको बेला नेपाल र दाहालबीच भेटवार्ता भएको हो ।
छलफलमा एमाले विवादको विषयमा नेता नेपालको धारणा बुझेको उनको सचिवालयले जनाएको छ । नेपाल विपक्षी गठबन्धनमा रहँदै आएका छन् ।