राम बहादुर दानी/बाजुरा: जिल्लाको बुढीगंगा नगरपालिका वडा नंं २ बजेडीमा पहिरोका कारण २५ घर परिवार विस्थापित भएका छन् । गत २३ गते देखि आएको अविरल बर्षका कारण बाढीले खेतहरु बगाएर ठुलो क्षति पुर्याएको छ ।
बजेडी गाँउको तल तिर पर्ने खेतियोग्य जमिन पहिरोले बगाउदा नजिकै रहेका घरहरु उच्च जोखिममा रहेको बजेडीबाट मदन जोशी (तुफानले) लोकतन्त्र विहानी न्युजलाई जानकारी दिए ।
सो ठाँउमा पटक पटक बर्षा याममा पहिरोले सताइ रहेको स्थानियहरुले जनाएका छन् । अविरल बर्षाक कारण बर्षेनी यसरी नै पहिरो आई रहदा त्यस क्षेत्रका स्थानियहरुले रात भरी जागराम बस्नु परेको बताए । असाढ २३ गते देखि आएको नियमित पानीले कति खेर के हुँन्छ भन्ने चिन्ताले रात भरी जागराम बस्नु परेको स्थानियहरु बताउछन् । यसरी बर्षेनी आएको पहिरोले यो बर्ष भने सो ठाँउका स्थानियहरुलाइ अन्यत्र स्थानतरण गर्नु पर्ने पाइएको छ । बजेडीको गाँउको मुनी रहेको करिव २० बिगाह जग्गा बगाएर नोक्सान पुर्याएको छ । एका तिर रोपि सकेको खेत नै बगायो त एका तिर घरहरु जोखिममा परेकाले अब के गर्ने के खाँने चिन्ता भएको स्थानिय मदन जोशीले लोकतन्त्र विहानी न्युजलाई बताए ।