चिरञ्जिवी खड्का/२५ असाढ : “म हिड्छु मेरो प्रदेश हिड्छ अभियान स्वास्थ्यका लागि हिडाई” भन्ने नारा लिएर जिल्लाका बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराले प्रेसर र सुगरको कार्यालय मै गएर चेकजाँच गरी रहेको छ । शुक्रबार बडीमालिका नगरपालिकाको कार्यालयका बाट चेकजाँच सुरु गरेको हो ।
नेपाल पकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल र नेपाल प्रेस युनियन जिल्ला साखा बाजुराका पुर्व सचिब राम बहादुर दानीबाट नगरपालिकाको कार्यालयमा जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराको चिकित्सकको टोली खटिएर चेकजाँच सुरु गरेको हो ।
जिल्लामा रहेका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीहरुको स्वास्थ्य चेकजाँच गर्ने जिल्ला जन स्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक बर्षको समाप्ती संगै कार्यालयमा बिहान देखि बेलुका सम्म काममा खटिएका कर्मचारीहरुलाई कामको बोझ बढेकोले मानसिक तनाव र प्रेसर बढ्ने भएकोले सुगरको समस्या देखिन सक्ने हुदा जिल्ला जन स्वस्थ्य कार्यालयले कार्यल मै गएर सेवा दिइ रहेको जिल्ला जन स्वास्थ्य कार्यालय बाजुराका जन स्वास्थ्य अधिकृत दया कृष्ण पन्तले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।