धनगढी: धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४२ जनाको नमूनाको परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै ११० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
हाल अस्पतालमा १७ जना संक्रमित उपचारत अवस्थामा रहेका छन् । सुचना अधीकारी श्रेष्ठका अनुसार ३ जना संक्रमित आईसीयूमा उपचारत रहेका छन् । सोही अस्पतालबाट ३ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ६ जना बिरामी अस्पतालमा भर्ना भएका छन् ।