चिरञ्जिवी खड्का बाजुरा :आसन्न नेपाली कांग्रेसको १४ औ माहाधिबेशन र ७ औ जिल्ला अधिबेशनका लागि महिला र युवा नेतृत्वको सम्भावना तथा चुनौतिहरुको बिषयमा लोकतान्त्रिक सचेतता नेपालले एक भर्चुअल माध्यमबाट बैठकका लागि आह्वाहन गरेको छ ।
असार २९ गते मंगलबार आयोजित भर्चुअल माध्यमबाट बैठक बसी १४ औँ माहाधिबेशनमायबा नेतृत्वको सम्भावना कत्तिको उपयुक्त छ र त्यसको बिचमा के कस्ता चुनौतीहरु छन भन्ने विषयमा भर्चुअल माध्यमबाट छलफल गर्ने भएको छ ।उक्त बैठकमा नेपाली कांग्रेसका नेता कार्यकर्ता भातृ संगठनहरुलाई उपस्थिति भै आफ्नो राय सल्लाह राखिदिन हुन अनुरोध समेत गरिएको छ ।भर्चुअल बैठक असाढ २९ गते बिहान साडे मध्यन्न्र बजे देखि सुरु हुने भएको छ ।
सो भर्चुवल बैठकमा प्रमुख आथित्यता पुर्व गृहमन्त्री एबम नेपाली कांग्रेसका नेता कृष्णप्रशाद सिटौलाको रहनेछ भने नेपाली काग्रेस केन्दिय सदस्य एन पि साँउद, पुष्पा भुसाल ,कमला पन्त, जिबन बहादुर शाही, माननीय बद्री प्रसाद पाण्डे, शुदुर पश्चिम विश्व बिद्यालयका उपकुलपती अमरराज जौसी, बिषय बिज्ञ प्राध्यापक अक्कलदेब मिश्र, महा–सचीब नेपाल संयोजक धना खतीवडा, लगायतका नेताहरुको उपस्थिती रहने नेपाल महिला सँघकी केन्द्रीय सदस्य महीला नेत्री जुना दानीले लोकतन्त्र बिहानी न्युज लाई जानकारी दिईन ।