गजल
पहिला पहिला केही दिनलाई नाटकिय प्यार गर्छन ।
कसरी स्वार्थ लुत्ने भनेर पहिलानै बिचार गर्छन ।
मलाई यस्तो समाजमा जन्म दिनुभयो आमा जहाँ
आफ्नै छोरि बहिनि लाई दिनौदिन बलात्कार गर्छन ।
शान्ती अनि समिर्ध देश बनाउने सपना देख्नेहरु।
सत्तामा बसेर करोडौंको भ्रस्टाचार लगातार गर्छन ।
पीडितलाई न्याय पिडक लाई सजाय कसले दिन्छ ।
न्याय दिनेले नै कानुनको ब्यापार बारम्बार गर्छन ।
आफ्नै देशमा गरि खाने कुनै आधार नभए पछि ।
रोजगारीकालागि दैनिक लाखौं युबा सिमापार गर्छन ।
:
गजल
मलाई अब कत्ती छैन जिवन जिउने बिचार छैन।
जिउनु को के अर्थ जब जिउने कुनै आधार छैन।
दुस्मन मार्छु भन्दै आक्रोश पोख्दै पसल पुग्यो।
साहुले भने मित्र एहा मान्छे कात्ने तरबार छैन ।
म झुपडी मा बस्छु साग सिस्नु खान्छु रमाउन्छु।
तिमिलाई दिन म संग कुनै महङ्गो उपहार छैन।
बेमानी गर्नेहरू बाहिर नदेखिएका कहाँ हुन र।
भ्रष्टहरु पक्राउ गर्ने कुनै तेस्तो अख्तियार छैन।
यी ठुला बडा हरुले जस्तोसुकै अपराध गरेपनी।
फैसाला गर्ने कुनै अदालत छैन कारागार छैन।
मिन खड्का अधुरो सपना
बाजुरा खप्तद छेडेदह गा.पा वडा न ३
टुनिसैन