काठमाडौँ : नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।श्रावण ६ बुधबारका दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनका विषयमा निर्णय लिन साउन २० गते बैठक बोलाउने निर्णय गरेको हो ।
प्रतिगमनविरुद्ध सुरु गरेको संघर्ष सफल भएकाले अब पार्टी निर्माणलाई प्राथामिकतामा राख्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘अब हामीले पार्टी निर्माणको प्रक्रियालाई प्राथामिकतामा राखेका छौं । त्यसअनुसार केन्द्रीय कमिटीको बैठक साउन २० गते बोलाउने निर्णय भएको छ । बैठकको तयारीका लागि १७ गते स्थायी कमिटी बैठक बस्ने निर्णय भएको छ,’ ।