चिरञ्जिबी खड्का/बाजुरा– समाजमा ब्याप्त रहेको छाउपडी प्रथालाई अन्त्य गर्न गीत सँगीतले पनि ठुलो टेवा पुर्याएको छ । बुधवार छाउपडी नामक गीतको एक कार्यक्रमका साथ बिमोचन गरिएको छ । बडीमालिका नगरपालिकाको तालिम हलमा भएको बिमोचन कार्यकमको अध्यक्षता.सुदुर साहीत्य प्रतिस्ठानका अध्यक्ष तथा साहीत्यकार हर्क खडायतले गरेका थिए ।
औपचारिक रुपमा सँचालन भएको सो जनचेतना मुलक गीत बिमोचनको प्रमुख अतिथी खप्तड छेडेदह गाँउपालिका अध्यक्ष नर बहादुर रावत रहनु भएको हो । बिमोचन कार्यक्रममा बाल्दै गीतका गायक हर्क खडायतले समाजमा भएको छाउपडी प्रथालाई अन्त्य गर्न यो गीतले थप टेवा पुर्याउने बिस्वास रहेको बताएका छन ।
गीतको शब्द सर्जक राजेन्द्र शाह वि पि ले कार्यक्रममा बोल्दै समाजका यथार्थ परक शब्दहरु ठुलो मेहनतका साथ सँकलन गरेकोले यो गित निर्माणमा आर्थीक सहयोग गर्ने पिसविन बाजुरालाई धन्यबाद दिईका छन । गीत निर्माणमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्ण सबैलाई धन्यबाद प्रकट गरेका हुन ।
विमोचन कार्यक्रमका प्रमुख अतिथी रहनु भएका रावतले यो गीतले समाजमा कु सँस्कारको रुपमा जरा गाडि रहेको छाउपडी प्रथाको अन्त्य गर्न ठुलो भुमिका खेलेको बताउदै यस्ता सकारात्मक कामको लागि सम्बन्धित निकायलाई सहयोगका लागि अनुरोध गरेका छन ।साहित्यकार एवम अधिबक्ता समेत रहेका हर्क खडायत को स्वरमा सजीयको गितमा चर्चित गायिका रेखा जोशी र सर्मिला बि शीले स्वरमा साथ दियकी छन । सो गितमा निर्देशन भिम थापाले गरेका छन । गितको छायाँकन डि बी रैलेले गरेका हुन । गितमा अभिनय मनिसा कमारी रोकाया, हर्क खडायत ,करिस्मा रोकाया अँगे रोकाया लगायतले अभिनय र निसान्त रोकायाले न्यृत्य गरेको गितको शब्द सँकलन राजेन्द्र शाह बिपीले गरेका हुन भने गितमा सागित बिनोद बाजुरेलीले गरेका छन । भिडियाे हेर्न तलकाे लिङ्कमा क्लिक गर्नु हाेला । https://youtu.be/G0ksSDE-oek