युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
98 पटक पढिएको

काठमाडौँ : निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत/अल्पमत हेरेर निर्णय दिने तयारी गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

आयोगको कानुन महाशाखा स्रोतका अनुसार दुवै पक्षले बुझाएको सक्कल कागजातकै भरमा फैसला लिन आयोगलाई कठिनाइ परेको छ । ‘बैठकको तरिका र कागजातमा दुवै पक्षबाट आ–आफ्नो दाबी गरिए पनि पार्टीको विधानअनुसार दुवैको प्रक्रिया मिलेको देखिँदैन, त्यो अवस्थामा केन्द्रीय कार्यकारिणी समितिको बहुमत र अल्पमत नै हेर्नुपर्ने हुन्छ, स्रोतले भन्यो ।

जसपामा केन्द्रीय कार्यकारिणी समितिलाई लिएर पनि विवाद छ । दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले अलग–अलग समिति दाबी गरिरहेका छन । ‘हेड काउन्ट’ गर्नुपूर्व आयोगले कुन समिति आधिकारिक हो भन्ने निर्णय दिनुपर्ने हुन्छ । स्रोतका अनुसार बिहीबार हुने सुनुवाइपछि आयोगको इजलासले आधिकारिक केन्द्रीय कार्यकारिणी समिति कुन हो त्यसबारे निर्णय दिन सक्छ । त्यसपछि ३/४ दिनको समय दिएर समितिमा रहेकालाई आयोगमा उपस्थित गराएर ‘हेड काउन्ट’ गर्ने तयारी छ ।

आयोगले बिहीबारै दुवै पक्षको बहस टुंग्याउने लक्ष्य राखेको छ । दुवै पक्षका ३/३ जना कानुन व्यवसायीलाई आयोगले बहसका लागि बढीमा २/२ घण्टाको समय निर्धारण गरेको छ । आयोगका सचिव सुरेश अधिकारीले दुवै पक्षको कुरा सुनेर बिहीबारै केही आदेश आउन सक्ने बताए । जसपा दर्ताका बेला ५१ सदस्यीय कार्यकारिणी समिति आयोगको अभिलेखमा छ । यादव पक्षले त्यसैलाई मान्यता दिनुपर्ने माग गरेको छ । ठाकुर पक्षले भने पुस ७ को कार्यकारिणी समितिको बैठकले दिएको अधिकारअनुसार कार्यकारिणी समितिमा गरेको हेरफेरले मान्यता पाउनुपर्ने भनेको छ । त्यहीअनुसारका प्रमाण दुवै पक्षले आयोगमा पेस गरेका छन ।

पार्टीमा विवाद हुनुपूर्वका कागजातमा दुवै अध्यक्ष यादव र ठाकुरका हस्ताक्षर छन् तर पछि दुवैको एक्लाएक्लै हस्ताक्षरमा निर्णयहरू पठाइएको छ । पुरानो कार्यकारिणी समितिमा यादवको सहज बहुमत छ भने ठाकुरले हेरफेर गरेको समितिमा ठाकुर पक्ष बहुमतमा छ । आयोगबाट जुन कार्यकारिणी समितिले वैधानिकता पाउँछ, पार्टीको आधिकारिकता पनि त्यसैअनुसार हुने निश्चित छ ।

आयोग स्रोतका अनुसार ठाकुरले हेरफेर गरेको कार्यकारिणी समिति अझैसम्म आयोगमा अद्यावधिक भइसकेको छैन । आयोगले पुरानै कार्यकारिणी समितिलाई मान्यता दिएको खण्डमा यादव पक्षले जसपाको आधिकारिकता पाउने निश्चित छ । त्यस अवस्थामा आयोगले ठाकुर पक्षलाई नयाँ दल दर्ताको अवसर दिनेछ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रक्रिया निमिचिने गरी जसपाको आधिकारिकता विवादमा चाँडै निर्णय दिइने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!