काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताको उपस्थिती रहेको छ । बुधबार बिहान सुरु भएको बैठकमा गठबन्धनका शीर्ष नेताहरुको उपस्थिती रहेको छ ।
बैठकमा कांग्रेस सभापति एबम बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का उपस्थिती भएका छन् । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अशोक राई उपस्थिती छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, एमालेको माधव नेपाल पक्षबाट डा. विजय पौडेल बैठकमा उपस्थिती छन् ।
बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, महामारी नियन्त्रणको प्रयासलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ। बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी नभएपनि आफ्नो पक्षको प्रतिनिधि पठाएका हुन् ।
असार २९ गते नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपनि आजसम्म मन्त्रिपरिषदले पूर्णता पाएको छैन । जनता समाजवादी पार्टीको विवाद सल्टिएसँगै उक्त पार्टी पनि सरकारमा सहभागी हुने तयारीमा छ ।
पछिल्लो समय पुष्पकमल दाहाल ’प्रचण्ड’ र देउवाको मन्त्रिमण्डल विस्तार गर्न र आन्तरिक गृहकार्यमा दौडधुप जारी छ । देउवा–प्रचण्डले माधव पक्षलाई समावेश गरेर मन्त्रिमण्डललाई पूर्णता दिन जोड गरेपनि माधव पक्षले अझै कुनै निर्णय दिन सकेको छैन ।