मिन बहादुर खड्का/बाजुरा: जिल्लाको गौमुल गाँउपालिका वडा न. २ मा पहिरोले बुढिगंगा नदी थुनियको छ । लगातारको अविरल बर्षाका कारण सो गाँउपालिकाको वडा न. २ मा पहिरो गएपछी नदी थुनियको हो ।
थुनियको नदि एक्कासी खोलिन सक्ने र नदी छेउछाउका बस्ति बगाउन सक्ने सम्भावना बढी रहेको बाढी पूवानुमा माहाशाखाले जनाएको छ । गत बर्ष पनि सो नदिले नदि छेउछाउका बस्ति र खेतीयोग्य जमिन बगाएर ठुलो क्षती गरेको थियो । यो बर्ष पनि सो नदी छेउछाउका बस्ति र खेतीयोग्य जमिन उच्च जोखिममा रहेको बताइएको छ ।
यदी पुन: पनि सतर्क रहन नसकेमा गत बर्षको भन्दा बढी क्षती बेहार्नु पर्ने सम्भावना बढी रहेको माहाशाखाको भनाई रहेको छ । उत नदी जतिबेला पनि खोलिन सक्ने भएकाले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन मौसम बाढी पूर्वानुमान माहाशाखाको आग्रह गरेको छ ।