दयाराम पण्डितबाजुरा, १७ भाद्र–खप्तड छेडेदह गाउँपालिका वडा ६ मैतोला निवासी बिरभान नाथ“सर” ३८ वर्षे शिक्षण पेशापूरा गरी गत महिना सेवाबाट निबृत्त हुनुुभयो । उहाँले अस्थायी र स्थायी गरी बाजुराका दुरदराजमा चार दशक भन्दा बढी समय गाउँ बस्तिका सामुदायिक बिद्यालयम ाअध्यापन गर्नुभयो ।
सयैं बालबालिकालाइ शिक्षा दिनुु भयो । १० वर्षको उमेरमा बिद्यालय गएका बिरभान सरल ेकक्षा एक देखि चार सम्म गाउँकै आटीचौर स्थित प्रावि स्कुलमा अध्ययन गर्नुभयो ।कक्षा पाँच पढ्नका लागि भानोदय मा.बि. नौविसमा गएर ५वर्ष डेरा गरी पढ्नुभयो ।
२०३८ सालमा माध्यामिक शिक्षा पूरा गर्नुभयो । एस.एल.सी.मा सेकेन्ड डिभिजन पास भएका नाथ सरको उच्च शिक्षा हाँसिल गर्ने रहर हुँदाहुँदै पनि जिल्ला मा शिक्षक अभाबका कारण एस.एल.सी. पछि जिल्लामै शिक्षण पेशामा समाहित हुनुपर्यो । बिरभान सर भन्नुहुन्छ शिक्षा अहिलेको जस्तो त्यतिबेला सर्वशुलभ थिएन ।
समुदयालाई आफ्ना बालवालिका पढाउनुपर्छ भन्ने धारणा नै थिएन । अझ दलित र महिलालाई त स्कुल जानुहुन्न भन्ने प्रम्परागत रुढिबादी मान्यता थियो । कतिले भन्थे छोरीलाई स्कुल पढाए बिग्रिन्छन् । दलितको हकमा त स्कुल जानुपर्छ पढ्नुपर्छ भन्ने सपना नै थिएन ।
पचासको दशकमा आईपुुग्दा पनि छोरीलाई स्कुल पढाउने प्रचलन थिएन । गाउँका मान्यजनकी छोरी उजा विष्टलाई २०५१ सालमा उनकै घरमा गई बुवालाई फकाएर स्कुलभर्ना गर्नुभयो । त्यसगरी २०५२ सालमा दल शार्कीकी छोरीलाई डोटी पढ्न पठाउनुु भयो । दलित र महिलालार्ई स्कुल पढाउन शुरु गरेपछि बल्ल गाउँलेले छोरीलाई पनिस्कुल पढाउनुपर्छ भन्ने चेतना आएको बताउनुहुन्छ ।
नाथ सरलाई आफ्नै गाउँको अनुुभव छ ,यता शार्कीकी छोरी पहिलो पटक जिल्ला बाहिर पढ्न पठाए पछि दलितका पनि आँखा खुलेर बालबालिका पढाउन थाले ।
२०२९ सालमा कक्षा तिनमा पढ्दा चालिस रुपैंयामा सेकेन्ड ह्यान्ड किताब साथीबाट किनेर पढेको अनुुभब सुनाउनु हुन्छ ।बाजुरामा शिक्षक नहुँदा छिमेकी जिल्ला बझाङ्ग, अछाम र डोटीबाट शिक्षक आउँथे । पञ्चायत कालमा बाल बालिकालाई स्कुल पढाउन ुपर्छ भन्ने लहर भने चलेको थियो । गाउँ गाउँबाट बालबालिकालाई तानेरै स्कुल भर्ना गर्ने अभियान चलेको थियो । त्यति बेला अहिलेको जस्तो पैंशाको सहजता थिएन । घरमा भएको अनाज,गरगहना र अचल सम्पत्ती पढाई खर्च बापत तिर्नु पथ्र्यो । स्कुल छोड्न ुपरेमा“ चालिसको माला,( चाँदीको माला )चार आनासुन वा बरपाथे तामाको ताउलो राजा समक्ष बुुझाउनु पथ्र्यो ।”
उक्त सम्पत्ति स्कुलमा बुुझाइ सकेपछि मात्र उसको नाम कट्टा गरिन्थ्यो । नाम कट्टान गरी गयल बसेमा राजाले डाण्थे (दण्डित गर्थे)। दण्डित गर्ने डरले पनि स्कुल भर्ना भएका बिद्यार्थीले अनिवार्य आउनु पथ्र्याे । गाउँका स्कुल गुुरुकुल शिक्षा जस्ता थिए । शिक्षा कार्यालयले अनुमती मात्र दिन्थ्यो ।
सबै कुरा गाउँले समुदायले बेहेर्नु पथ्र्यो । मानापाथी उठाएर अनि प्रायजसो भारतको काला पहाड गएर कुल्ली काम गर्ने त्याहाँ बाट कमाएर ल्याएको सम्पत्तिले शिक्षकको तलभ दिनुपथ्र्याे । आफ्ना बुवाले पनि नैताल बाट कमाई ल्याएको सम्पत्तिले पढाई खर्च ब्यहोरेको नाथ सरको अनुुभव छ ।
२०३७ सालमा बाजुरा जिल्लाको एस एल सीवोर्ड स्थापना भएको हो । सोही सालमा अछाम घर भएका एक जना बिद्यार्थी मिन वहादुर स्वार मात्र पास भए । एस एल सी बोर्ड मा एक जना मात्र पास भएपछि बल्लतल्ल पाएको बाजुरामा परीक्षा केन्द्र त्यो पनि सदरमुका मार्तडीमा । परिक्षाबोर्ड ( केन्द्रनै काटीने ) भन्ने खबर आयो । पछिल्लो वर्ष म लगायत ६० प्रतिशत बिद्यार्थी एस एल.सी.वोर्डमा पास भएपछि परीक्षा बोर्ड पनि बाजुरामै कायम रह्यो । त्यसपछि का साथीहरुले जिल्लामै एस.एल.सी. परीक्षा दिन पाए ।हामी पनि एस.एल. सी.पास। बोर्ड काटिने डर पनि हट्यो ,नाथ सर त्यो बेलाको खुशी अहिले पनि साँट्नुहुन्छ ।
गाउँमा पहिलो पटक एसएल सी पास भएपछि “बुवा धनबिरे नाथले छिमेकी गाउँ आटिचौरबाट उखुको खुदो, ( उखुको रस ताताएर बाक्लो बनाएको गुलियो तरल पदार्थ )ओली गाउँबाट भाँगो ल्याउनुुभयो । आमा बिन्दा देबी नाथले घरमा मार्सेका खाजा भुटेर मिठाईका रुपमा गाउँलेलाई भोज खुवाएको राम्रै अनुुभब सुनाउनुभयो । ”
एस.एल. सी.पास हुने बित्तिकै उनका लागि शिक्षकको जागिरमा तानातान भयो । शिक्षा कार्यालयको चिठी बोकेर २०३९ सालमा माशिक रु.३२५।–पाउने गरी जन विकास प्राबि चोलुमानाथ सरको शुरु नियुक्त भयो । चौमाशिक बुुझेको तलभ घर बुवाको हात दिनुुभयो । शुुरुको तलभ भन्दै घरमा आमाले बाबर (सेलरोटी)पकाउनुु भयो दही,बाबर र रुपैंया राखेर आमा बुवाले कुले देबताको पूजा गरेको सम्झना पनि उहाँलाई भरखर जस्तो लाग्छ।
नाथ सरले उक्त रुपैंया शिक्षा मै लगानी गर्ने सोच बनाउनुु भयो । घरको परिस्थिती एकातिर अर्कोतिर गाउँमा दशपास गर्नेलाई जागिर फालाफाल छ । किन पढिरहनु पर्यो ?भन्ने जनदवाब निउत्तिकै आयो ।अन्तत:नाथ सरले २०४० चैत्र १० गते देखि प्रावितह स्थायी शिक्षकमा दरिनुुभयो । त्यसपछि ग्रामिण भेगका दर्जनौं विद्यालयमा अध्ययपन गर्नु भयो । हप्तामा छ दिन पठनपाठन गर्ने , सनिवार विद्यालयको अन्य प्रशासनिक काम गर्नु दैनिकी भयो । उहाँले उच्च शिक्षा हाँसिल गर्न पाउनुु भएन । नाथ सर आफ्नी पत्नीलाई पनि मार्ग दर्शकका रुपमा लिनुहुन्छ । “श्रीमती जयन्ती देबी नाथले कानका सुन बेच्छु तपाइँ पढ्नुस् भन्थिन्।” तर,जागिर खार्ई सकेपछि टाढा गएर पढ्ने धोको धोकोमै रह्यो । नाथ सरले शिक्षाको लगानी बरु छोरा छोरीलाई गर्नुभयो ।
हाम्रो समुदायमा सामान्यतया सरकारी नौकरी खाएपछि सदरमुकाम ,तराई वा शहर केन्द्रीत बन्ने हुन्छ । तर नाथ सरलाइ हिमाल, पहाड, तराई र शहर जे भएपनि चार छोरा छोरीको शिक्षा–दिक्षा दिनु अनि समुदाय नै भएको बताउनु हुन्छ ।
एउटा प्राविको सामान्य जागिरले छोरा मोहननाथ लाई हाडजोर्नी विशेषज्ञ डाक्टर (एमएस )बनाउनु भयो भने तिन छोरा छोरीलाई स्नातकतह पास गराउनुभयो । जीवनको सबै भन्दा ठूलो सम्पत्ति यिनै छेरा छोरीलाई ठानन्हुन्छ ।नाथ सरका छोरा “डाक्टर मोन नाथ जिल्ला अस्पताल बाजुराको प्रमुखका रुपमा रहेर दर्जनौं दु:खि पीडित बिरामीका सारथी बने । हाल डाक्टर नाथभेरी अञ्चल अस्पताल नेपालगञ्जमा कार्यरत हुनुहुन्छ । बिरामीभन्यो की खाना छोडेर आउने डाक्टर मोहनलाई पनि बुवाकै सिको छ । कयौं हड्डी फुटेका विरामीको सल्यक्रिया गर्दै नयाँ जीवन दिन ब्यस्त छन् । ”
म त एक सामान्य शिक्षक थिएं बालबालिकालाई पढाएं । तर, छोरा मोहनले दुनियाका मान्छेको ज्यान वचाएकोले आफूलाइ भाग्मानी ठान्नुहुन्छ । पैंशाले मात्र शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने मान्यता नाथ सरलाइ छैन । सरकारी स्कुलमै पढेर पनि मेहनत गर्ने वानीको विकास गराउन सके छोराले मिहनत गरे भने थोरै लगानीमा पनि राम्रो शिक्षा आर्जन गर्न सकिदो रहेछ भन्ने उधाहरण डाक्टर मोहनले दिएको उहाँ प्ररणाका श्रोत हुनुहुन्छ । त्यसैले पैशा लगानी गर्नु भन्दा पनि छोराछोरीको जग राम्रा ेबनाउन संस्कार र शिक्षा आमाबाबुले नै दिनुपर्ने प्रेरणा नाथ सरको छ ।स्थानीय तह सरकार जनप्रतिनीधि भन्दापनि अभिभावक, शिक्षक ,बिद्यार्थी र जनसमुदाय यि चार वटा पक्ष सक्रिय भएमा शिक्षामा गुणस्तरीयता आउने बताउनु हुन्छ । त्यो जमानामा जस्तो चालिस रुपैंया तिरेर पुराना किताब किनेर पढौंला भन्नुु छैन शिक्षामा राज्यको लगानी पनि राम्रो छ । प्रबिधी र सञ्चारले पनि टपेकोछ प्रविधीसंग जुद्ध्न सके ब्यक्तीत्वबिकास गर्न अप्ठेरो नहुने बताउनुहुन्छ ।
जिल्लाका हरेक गाउँका बिद्यालयको अनुुभव बटुल्दै २०५१ साल मातिन कक्षा सम्म मात्र अध्यापन गरिने जाल्पा प्रा.बि. सुुदाडामा हाँजिर हुनुु भयो । त्यति वेला कक्षा तिन सम्म पढाई हुन्थ्यो प्रअ नाथ र समुदायको सक्रियता मा अहिले मावि कक्षा सञ्चालन भएको छ । पछिल्लो समयमा कोरोनामा सबै भन्दा बढि बालवालिका परेका छन् । शहर बजार तिर बढि प्रभावित भएपनि आफूूले स्वस्थ्य मापदण्ड अपनाएर निरन्तर बिद्यालय सञ्चालनमा ल्याएको र हाल सम्म गाउँमा कोही पनि कोरोनाका बिरामी नपरेका ेमाखुशी पनि छन् ।
गाउँमा शिक्षकले राजनीति गर्छन ्भन्ने आरोप लागि रहेको बेला उहाँभने राजनीतिमा पटक्कै ईच्छा नभएको बताउनु हुन्छ । ३२५ रुपैंयामा सरकारी शिक्षण पेशा माप्रबेश गरेका शिक्षक नाथ गत अषाढमा ५२६०० माशिक तलभ पाएर सेवानिवृत्त हुनुभयो ।
राजनीतिमा फोहरी खेल हुने हुँदा आफुलाइ त्यतापट्टी चाँसो नरहेको बताउनुहुन्छ । शिक्षकले आफ्नो पेशामादत्त चित्तभएर लाग्नुपर्छ । बांकी समय बाटो बनाउने । कुवा ईनार,धारा बाटो चर्पी सफा गराउने , कृषीवन समुहमा रहेर गाउँको विकासमा टेवा पुुर्याउने । शिक्षकले यस्तै कामगर्नु पर्छ ।अब लुटको जमाना छैन काम गरी खानुपर्छ मान्यता राख्ने शिक्षकनाथ घर समाज र देशका लागि एक प्रणाका श्रोत हुन् ।३९वर्ष सम्म दुुर्गमको शिक्षण पेशामा रही हालै सेवा निवृत्त भएका एक अनुुभवी“शिक्षक”बिर भाननाथ “सर” संगको कुराकानीमा आधारित ।