गजल
ढिलो चाँडो मात्रै हो एकदिन सबको पालो आउँछ ।
जसरी जिन्दगिको सफरमा उकालोपछी ओरालो आउँछ ।।
लाखौं ताराको बिच बसोबास गर्ने जुनजस्ती प्रियालाई ।
यो लग्दो हो कि नाई गोरो गएपछी कालो आउँछ ।।
भाषण चपाएर मात्र जिन्दगी कटाउने नेता ज्यु हो ।
हेर कसरी मेहेनतको पैताला चढेर गोठालो आउँछ ।।
त्रिशुली नदिका जहाज र रेलकै कम्पन्नले होला ।
यता काठमाडौमा बेला बेला भुइँचालो आउँछ ।।
किन कालो पार्छौ मन मरिहत्ते किन के का लागी ।
संसार छोडिजाने बेला मात्रै सेतो टालो आउँछ ।।
गजलकार सौगात दिल साँउद
त्रिवेणि नगरपाली–३बाजुरा
हाल काठमाडौ