युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
85 पटक पढिएको

मीन बहादुर खड्का– जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न ३ र ४ का स्थानीयले उपभोग गर्दै आईरहेको विद्युत सेवा अवरुद्ध बनेको छ । गत असोज ३१ गते बाट तीन दिन सम्म आएको अबिरल बर्षातका कारण विद्युतिय नहर पहिरोले भासिएपछी अवरुद्ध बनेको हो ।

लागातारको बर्षातका कारण गाउँपालिकाका अन्य ठाउँमा पनि ठूलो मानवीय क्षेती गरेको छ । गाउँपालिकामा रहेको बार्जुगाड खोलाको वहाव बढेपछि काठेपुल बगाउनुका साथै खेतीयोग्य जमिनको छेउछाउ समेत कटान गरेको छ ।
हरेक बर्ष बर्षातको समय सुरु भए लगत्तै विद्युत सेवा अवरुद्ध बन्दै आएको थियो । यो बर्ष पनि बर्षातको समय सुरु भएपछि पटकपटक सेवा अबरुद्ध बन्दै आएको बताइएको छ । बर्षातको समय सुरु हुने बित्तिकै सेवा अवरुद्ध बन्न थालेपछी बर्सेनि स्थानिय बासी अद्यारोमा बस्न बाध्य हुँदै आईरहेका छन् ।

बर्सेनि विद्युत सेवा अवरुद्ध बन्दै आएको भएता पनि पुन निर्माणमा सरोकारवाला क्षेत्रहरुले चासो नदेखाएको स्थानीयहरुको गुनासो रहेको छ । विद्युत सेवा संचालनमा आएको ७/८ बर्ष बितिसक्दा पनि अहिलेसम्म प्रभावकारी ढंगले सेवा उपभोग गर्न नपाएको स्थानीयहरुले दुखेसो पोख्दै आईरहेका छन् ।

बिधुतिय नहर ठाँउठाँउमा भासिएको करिब दुई बर्ष बितिसक्दा पनि, पुन निर्माणका लागि पहल गर्दा सरोकारवाला निकाय मौन बसेका छन् । नहर पुरै पुन निर्माण गर्नुपर्ने देखिन्छ । दुईवटा वडा बासिहरुले विद्युत उपभोग गर्दै आएका छन । दुईवटै वडाले विद्युत प्रती चासो देखाएको छैन । ठाउँठाँउमा पाइपहरु जडान गरेर विद्युत संचालनमा ल्याउने गरिएको थियो ।अहिलेसम्म ब्यवस्थापन समिति र सम्बन्धित वडा सरकार मुख दर्शक बनेका छन् कार्तिकमा पनि स्थानीय वासिहरु अध्यारोमै बस्न बाध्य भएका छन् । पाइप मात्र जडान गरेर पुन संचालनमा ल्याउने हो भनेपनि अझै दुई हप्ता लाग्न सक्छ । तर पुन संचालनका लागि पहल भने केही भएको देखिन्न एक स्थानीय युवा विद्यार्थी समिर खड्काले भने ।

बर्सेनि विद्युत सेवा अवरुद्ध हुने भएकोले स्थानीयले सास्ती खेप्दै आईरहेको उनको भनाई रहेको छ । विद्युत सेवा अवरुद्ध बनेपछि सरकारी कामकाजहरु थप्प बनेपछी सेवा ग्राही वडाबाट पाउनुपर्ने सेवा सुबिधाबाट समेत बन्चित हुँदै आएको अर्का स्थानीय राजेश सुनारले बताए ।

यो बिषयमा यता ब्यवस्थापन समितिलाई बुझ्न खोज्दा कोहि सम्पर्कमा आएका छैनन् । विद्युत सेवा अवरुद्ध बनेपछि मोनाईल फोन चार्ज गर्न नपाउदा संचारको समेत समस्या भएको बताइएको छ ।

तीन दिन सम्म आएको लगातारको अविरल बर्षाका कारण देशभरका अधिकान्स जिल्लाहरुमा ठूलो मानवीय क्षेती भएको छ । बिशेश गरेर सुदुरपक्षिमका भित्र्याउन लागेको अन्न बाली बारीमै नस्ट हुनुका साथै विभिन्न ठाउँहरुमा धनजनको क्षेती संगै कयौं परिवारहरु बिस्थापित बनेका छन् । सुदुरपश्चिम मात्र करिव २८ जना भन्दा बढीले वाडी पहिरोमा परेर ज्यान गुमाएका छन् । पहाडी जिल्लाहरुमा वाडी पहिरोका कारण विभिन्न ठाउँहरुमा विद्युत सेवा अबरुद्ध बन्नुका साथै संचार सेवा समेत अवरुद्ध बनेको छ । कतिपय ठाँउहरुमा विद्युत सेवा र संचार सेवा अहिलेसम्म पनि संचालनमा आउन सकेका छैनन् ।

बर्षातको समयमा त हरेको बर्ष क्षेती बेहोर्नु पथ्र्यो नै तर यो बर्ष कार्तिकको माहिना लागिसकेपछी पनि वाडी पहिरो बाट ठुलो मानवीय क्षेति भए संगै धेरैले ज्यान गुमाउनुका साथै थुप्रै परिवारहरु बिस्थापित बन्नु परेको छ । सबैभन्दा ठूलो क्षेती किसानहरुको भएको छ । पाकेर भित्र्याउन लागेको बाली भित्र्याउन नपाउदा किसानहरु निकै मार्कामा परेका छन् । बर्षभर खेतीयोग्य जमिनमा खेतीपाती गरेर दिन गुजारा गर्दै आएका किसानहरुमा कसरी दिन गुजारा गर्ने होला भन्ने चिन्ता व्यक्त गर्दै आईरहेका छन् ।अव किसानहरुको ध्यान सरकार प्रती केन्द्रित भएको देखिन्छ । सरकारले राहत उपलब्ध गरि दियो भने त हुन्थ्यो भन्ने आपेक्षा राख्दै आईरहेका छन् । सरकारको यो बिषयमा ध्यान नजाने हो भने भोकमरीका कारण ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुने सम्भावना उच्च रहेको छ । किसानहरुले भोकमरीमा  ठुलो सस्ती खेप्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!