युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
265 पटक पढिएको

बाजुरा–जिल्लाको दक्षिणी भेगमा पर्ने गौमुल गाउँपालिकाको वडा न ३ ढलकाँडामा मनाइने मैजाडो पर्व पछिल्लो समयमा दर्शकहरुले रुचाउने मेलाका रुपमा परिचित छ ।आज भन्दा करिव ५०० बर्ष अगाडि देखि नै मनाउदै आइरहेको उक्त पर्व दर्शकहरुको रुचिको बिषयमा मात्र नभई जिल्लामा मनाउदै आइरहेका विभिन्न चाड पर्वहरु मध्यको एक चर्चा कमाउन सफल पर्व हो ।उक्त पर्वले सो गाउँपालिकाको मौलिक पहिचान र त्यहाँको परमपरागत कला सस्किर्तिलाई जगेर्ना गर्नुका साथै सुदृरपश्चिमएली देउदा सस्कृतिलाई जगेर्ना गर्ने ठूलो टेवा पुर्याउदै आइरहेको छ । अझ भन्ने हो भने एसको प्रमुख उदेश्यनै स्थानीय कला सस्कृतिको सरक्षण गर्ने रहेको खुल्न गएको छ ।

यो बर्ष पनि बिभिन्न कार्यक्रमका विच मैजाडो पर्व समापन भएको छ । कालिका भगपति संरक्षण समितिको आयोजनामा बृहत लोक देउडा तथा साँस्कृतिक कार्यक्रमको आयोजना भएको थियो । साँस्कृतिक कार्यक्रम कालिका भगपति संरक्षण समितिका अध्यक्ष भरत बहादुर धामीकाे   अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यक्रमको प्रमुख अथिती साही वडाका अध्यक्ष मान बहाद्र बोहोरा रहनुभएको थियो ।साँस्कृतिक कार्यक्रममा कमिडी नित्य देउडा मार्फत गाउँपालिकाको पहिचान झल्किने सवै बिर्तान्तहरु प्रदशन गरिएको थियो ।यो संगै खुला देउडा प्रतियोगिता समेत संचालन गरिएको थियो ।साथै पछिल्लाे समयमा लाइभ देउडा क्षत्रमा चर्चा कमाएका बाजुराकाे हिमाली गाँपािलका स्थाइ घर भएका लाइभ देउडा खेलाडी संकर मल्ल र  बझाङका बिरेन्द्र बिष्ट बिच देउडा प्रतियोगिता समेत भएको थियो प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल देउडा खेलाडी संकर मल्ल भएका थिए  ।  रातिको समयमा सामान्यतया औपचारिक रुपमा संचालन भएको कार्यक्रममा दर्शकहरुको उपस्तिथिको मावल सामान्य महोत्सव को भन्दा कम थिएन ।

मेलामा जिल्ला भित्रका मात्र नभई जिल्ला बाहिरका पनि दर्शकहरु आउने गरेको पाइएको छ । नहिकैको छिमेकी जिल्ला बझाङबाट लाइभ देउडा खेलाडी सहित बर्षेनी दर्शकहरु मेला हेर्न आउने गरेको स्थानीयले बताएका छन ।मैजाडो पर्वले स्थानीयहरुको मात्र नभई टाढा टाढाबाट मेला हेर्न आउने दर्शकहरूको पनि मन जित्न सफल भएको स्थानीयको भनाई रहेको छ । कयौं पुस्ता अघि देखि मनाउदै आइरहेको मैजाडो पर्वले उक्त गाउँपालिकाको कला सस्किर्तिको पहिचान झल्काउनमा मद्धत गर्दै आइरहेकोले पर्वलाई थप प्रवद्धन गर्दै मनाउने गरेको पाइएको छ । मैजाडो पर्वका रुपमा चिनीने उक्त पर्वलाई पछिल्लो समयमा एतिहासिक  किसान पर्वका रुपमा भब्य तथा सभ्यताका साथ थप विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै आइरहेको बताइएको छ ।

बिशेष गरेर यो पर्व किन मनाउदै आईराख्नु भएको छ भनरे सोध्दा सोही वडाका वडा अध्यक्ष मान बहादुर बोहोराले १४१४ सालबाट सुरुवात भै पुर्खाहरुले पनि निरन्तरता दिदै आएको हुदा यसलाई हामिले थप प्रवद्धन गरि मनाउदै आइरहेको बताए । अध्यक्ष बोहोराका अनुसार प्राचीन कालमा मानिसहरु प्राय जसो देवता प्रती बढी बिश्वास गर्ने र देवताहरुमा पनि एक किसिमको कुनै न कुनै सत्यता हुने गरेको बताएका छन । राजाको पालामा मास्पाली,परिकोट,गदारा, दय, बोरावाडी ,धमेना गरि ७ राठीहरु बस्दै आइरहेका थिए । त्यतिबेला राजाको पालामा राजाले आफ्नो हुकुमी शासन चलाउने गरेका थिए । त्यही बेला चाङसुमा बस्ने राजाले ती सात राठिहरुको सम्पती हरप्न खोज्दा सवै मिलेर राजालाई त्यहाबाट धपाएका थिए । उनले भने अहिले जहाँ कालिका भगपतिको मन्दिर रहेको छ । त्यही ठाँउमा त्यतीवेला एउटा ढुङ्गा रहेछ । त्या ढुङ्गालाई फुटाउन खोज्दा आज फुटाएपनि भोलिपल्ट फेरी अघिल्लो दिन जत्रो थियो त्यत्रै भैहाल्ने रहेछ । निरन्तर फुटाएपनो फेरि त्यत्रै हुने भएपछि ७ वटै राठीहरु एकै ठाउँमा जम्मा भएर हुमपाट गरि गाईको गौतले संगै हात धुएपछि त्यो भन्दा पछि त्यही गौत फेरि दुधमा परिणत भएछ । गाइको गौत दुधमा परिणत भएपछी देवता सत भएको भन्दै धर्म आजका दिन सम्म पनि रहदै आइरहेको उनले बताए ।

उनका अनुसार प्राचिन समयमा मानिसहरु आफ्नो काम भन्दा पनि देवताको चाख्री गर्ने देवताको श्रणनमा पर्यो भने सोचेको पूरा हुन्छ घर परिवारमा शान्ति हुन्छ भन्ने बिश्वास रहदै आइरहेका थिए । त्यही बिश्वास हालसम्म पनि रहदै आइरहेको पाइन्छ । यो पर्वलाई प्रत्यक पुस्ताले तिरन्तर मनाउदै आएको हुदा यसको थप प्रवद्धनका लागि वडाको तहबाट भरपुर सहयोग गरिरहेको अध्यक्ष बोहोराको भनाई छ ।

सुदुरपश्चिमएली देउडा सस्कृतिको संरक्षण गर्नका लागी खुला देउडा प्रतियोगिता र लोक सस्किर्तिको जगेर्नाका लागि सास्कृतिक कार्यक्रमको आयोजना गरेको कालिका भगपती संरक्षण समितिका अध्यक्ष भरत बहादुर धामीले   बताए । उनका अनुसार प्रत्येक बर्ष अनिवार्य रुपमा मनाउदै आइरहेको पाइएको छ । १४१४ साल देखि परमपरागत रितिरिवाजका रुपमा मनाउदै आईरहेकोले आफुहरुले पनि निरन्तरता दिदै आईरहेको उनको भनाई छ । उनका अनुसार मैजाडो पर्वका दिन मासपाला,धल्काँडा त्यसै गरि अन्य दुई ठाउँका गरिव ३०० हल गोरुहरुलाई प्रत्यक गाउँको छुट्टाछुट्टै एकै ठाउँमा जम्मा गरि पिडो खुवाउने र जोत्ने काम सिद्धिएको भन्ने संकेत हुने बताए  । स्थानियहरुका अनुसार येहि दिनका मिति बाट त्यहा जोत्ने नपाउने अर्को पटक जोत्दा देवताले दिन दिनुपर्ने र अनि मात्र जोत्ने चलन रहेको बताइएको छ । प्रमपरादेखि नै मनाउदै आइरहेको हुदा यसलाई छोड्न नहुने भन्ने धार्मिक बिश्वास राख्दै आएको बताए । स्थानीयका अनुसार यो मनाउन छोड्यो भने देवताले दोस्छ र घर परिवारमा अशान्ति हुने भन्ने बिश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!