बाजुरा –जिल्लाको बुढिगंगा नगरपालिका वडा न. १० बदेडा घर भएका युवा बिद्यार्थी रुगम रावल पछिल्लो समयमा अधिकांस बाजुरा बासिले रुचाउने व्यक्तिका नामले परिचित छन । बिद्यार्थी उमेरमा नै समाज सेवा र समाज परिवर्तन प्रति लगाव भएका रावललाई बिद्यार्थी नेताका रुपमा लिने गरिन्छ । असल सान्त र मिजामसिलो स्वभाव भएका रावललाई मिलनसार सक्षम कुशल र निदर युवा पुस्ताका रुपमा हेर्ने गरिन्छ । रावल भोलिको एक बाजुरा जिल्लाका आसलाग्दा हस्ति हुन भनेर पनि बाजुरेली बासिका मुखारबिन्दुबाट सुन्ने गरिन्छ । समाजमा पिछडिएका वर्गहरु र समाजमा रहेका बिकृति, बिसंगतिका बिरुद्ध र समाजमा पिछडिएका बर्गहरुले भोग्नु परेका समस्याहरुको समाधानका लागि बिभिन्न माध्यम मार्फत सम्वन्धित निकायलाई ध्यानकर्षण गराउदै आइरहेका छन् ।
समाज परिवर्तन र समाजमा पिछडिएका वर्गहरुको बिषयमा सानै देखि चासो राख्ने रावल हाल कैलाली बहुमुखी क्याम्पसमा धनगढीको बिबिए पहिलो सेमेस्टरमा अध्यनन् गरिरहेका छन् । रावललाई एकातिर पढाइको चिन्ता छ त एता अर्कोतिर समाजको कुनै पनि नागरिकहरुले खान लाउनको अभावमा बाच्नु नपरोस भनेर चिन्ता गरिरहने उनले कलेजकै साथिहरु संग एकछिन बाहिर घुम्न निस्किदा करिव १४० परिवार बादी समुदायका मानिसहरु बसोबास गर्दैे आइरहेको मुदायमा पुगेका थिए । राज्यको नजरमा पर्न नसकेका अझै गरिवीको रेखामुनी बाट माथि उठ्न नसकेका पर्खेउली थलो बाजुरा,अछाम ,डोटि लगाएत विभिन्न ठाउँबाट करिब १५ बर्ष पहिले त्यो ठाउँमा बसोबासको लागि आएका बाडी समुहको परिवारलाई भेटाउदा उनिहरुको जिवनशैली र उनिहरुका समस्याहरुलाई जस्ताको तस्तै आफ्ना शव्द सिर्जना मार्फतलेखेका छन् ।
यस्तो छ हेर्नुहोस उनले लेखेको लेख
एका बिहानै कैलाली बहुमुखी क्याम्पस धनगढीको बिबिए पहिलो सेमेस्टरका साथिहरु सङ्गै क्याम्पस प्रमुख धर्मराज उपाध्यय, बि.बि.ए कार्यक्रम संयोजक दिनेश पौडेल सर लगाएतको टोली सङ्गै धनगढीबाट कर्णाली नदिको चिसापानीको लागि निस्कियौ । अत्तरिया बाट दक्षिण तर्फ बाट जाने उक्त सडक खण्डको करिब २० किलोमिटर पर एउटा बादी समुदायको बारे अध्ययन गर्ने हाम्रो निर्णय थियो। लम्किचुहा नगरपालिका वडा न २ (थारु बस्तिको ) सडकको छेउमै रहेछ बादी समुदायको बस्ती। करिब १४० परिवार बादी समुदाय अझै विकसित तराई भित्रको गरिब गाउँ उदारण हुन । पर्खेउली थलो बाजुरा,अछाम ,डोटि लगाएत विभिन्न ठाउँबाट करिब १५ बर्ष पहिले त्यो ठाउँमा बसोबासको लागि आएका रहेछन। छेउमै सनन चल्ने चिल्ला गाडि हेर्दै आफ्ना दुख बिर्सने यो समुदायमा अहिले सम्म कोहि पनि उच्च शिक्षा हासिल गरेको मान्छे छैन।।
१४० परिवारको लागि त्यहाँको स्थानीय तहले एउटा खानेपानिको धारा निर्माण गरिएको रहेछ।। परम्परागत दैनिकी (माटाका भाडा जस्तै सुल्पा बनाउने) आदिको बिस्थापन भैसकेपछी आफ्नो हात मुख सङ्ग जोड्न प्राय जसो मजबुरि गरेर दैनिक चलाइरहेका गाउँबासी पाठ्यक्रममा तोकिएको स्थलगत अध्ययनको लागि गएको हाम्रो टोलिबाट उनिहरुले धेरै आश गरेका रहेछ्न। गाउको आर्थिक अवस्था के छ, शिक्षाको अवस्था केछ, बाल बिबाह , परम्परागत कुसंस्कार ,खेतिपातिको अवस्था बारे केही थान प्रश्नहरु गर्दै गर्दा उनिहरुको अनुहारमा देखिएको झल्कोले गर्दा मेरो मन खिन्न भएको थियो। कतिपय युबाहरु आफ्नो परिवार चलाउन भारतको दिल्ली ,मुम्बई लगाएतका शहरमा काम पुगेका रहेछन। छेउमै गुड्ने चिल्ला गाडी देखेर कतिका मन जल्दा हुन , कतिका आँसु झर्दा हुन अनि नजिकै बजारमा स्कुल देख्दा कति बालबालिकाका स्कुल पढ्ने सपना मनमा जाग्दा हुन।
स्थलगत भ्रमण पछि हाम्रो टोलि चिसापानी कर्णालीको लागि निस्कियो तर मेरो मन त्यही बादी समुदाय भित्र बसि रहयो। अझै धेरै कुरा जान्न खोज्दै थियो मेरो मन । गाडी यात्रामा साथिहरु रमाइलो गरिरहेका थिए तर मेरो मनले मेरा रमाइलो गरिरहेका साथीहरु सङ्ग त्यो समुदायका युबाहरुलाई देखिरहेको थियो। मेरो मनभित्र त्यहाँको स्थानीय देखि अहिलेको प्रदेश र केन्द्रिय सरकार प्रती घृणा पैदा हुँदै थियो। उक्त बादी समुदाय एक उदाहरण थियो ,हाम्रो देशमा अझै धेरै समुदाय त्यस्तै अवस्थामा छन जस्को खानलाई गाँस र लगाउन कपडा छैनन् । गरिबका नाममा बनेका आयोगमा धनीमानिको नियुक्तिले हाम्रो देशमा गरिब झन गरिब र धनी झन धनी बनिरहेका छन। पछाडि परेका समुदायको उद्दारको लागि सरकारले ठोस निर्णय गरोस् ।।
रुगम रावल
विद्यार्थी –ः कैलाली बहुमुखी क्याम्पस